नेभिगेशन
समाज

दुर्गम गाउँमा पुगेर राष्ट्रिय परिचयपत्र संकलन कार्य सुरु

सिमकोट । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको टोली हुम्लाको दुर्गम ग्रामीण गाउँवस्तिहरुमा पुगेर राष्ट्रिय परिचयपत्र संकलन सुरु गरेको छ । जनताको घर दैलोमै पुगेर सेवा दिने मनसायले उक्त टोली घर–आँगनमै पुगेर राष्ट्रिय परिचय–पत्र संकलन कार्य जारी भइरहेको बताइएको छ । 

    वैशाख २८ गते आइतबारदेखि जिल्लाको दक्षिण भेगमा रहेको ताँजकोट गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र संकलन कार्य सुरु गरेको राष्ट्रिय परिचयपत्र विवरण दर्ता अप्रेटर राजाबाबु आशाले बताउनुभयो । आफुसहित दुई जनाको टोली हुम्लामा खटिएको अप्रेटर आशाले बताउनुभयो । ताँजकोट गाउँपालिकामा पहिलो दिन २१ ज्नाको राष्ट्रिय परिचयपत्र संकलन कार्य गरिएको हो । भने दोस्रो दिन सोमबार ३२ जनाको संकलन भएको हो । आज कार्टेज सकिएका कारण कमैलाई वितरण गरिएको छ । भोली कार्जेट आइपुग्यो भने अझ धेरैलाई संकलन सकिने उहाँले बताउनुभयो । कम्प्युटरमा कार्टेज सकिएपछि भोली आइपुगेपछि धमाधम राष्ट्रिय परिचय पत्र संकलन गर्ने काम अगाडी बढ्ने भएको आशाले बताउनुभयो । 

    सामाजिक सुरक्षा भत्ता लिन र बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएपछि अहिले घर–आँगनै पुगेर राष्ट्रिय परिचयपत्र कार्य जारी रहेको छ । दक्षिण भेगका नागरीकलाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि एक दिनको गाडी यात्रा गरेर सदरमुकाम पुग्नु पर्दा धेरै खर्च लाग्ने गथ्र्यो । खर्चका कारण राष्ट्रिय परिचयपत्र नबनाएको भएपनि अहिले गाउँमै शिविर सञ्चालन भएपछि धेरै सहज भएको ताँजकोट–५ का दिपा ऐडीले बताउनुभयो । अहिले शिविर चल्दा आफु मात्रै नभएर आफु जस्तै महिला, अरु जेष्ट नागरीक, अपाङग्ता, लगायतलाई धेरै राहत भएको ऐडीले बताउनुभयो । सदरमुकाम सिमकोट पुग्न एक दिन लाग्ने र गाडीमा खर्च धेरै लाथ्यो अहिले त्यो खर्च बचेको उहाँले सुनाउनुभयो । 

     घर आगँगनमै राष्ट्रिय परिचयपत्र संकलन हुनेभएपछि ताँजकोटबासि खुसी भएको सोही वडाका अर्का स्थानीय जगत बहादुर रोकायाले बताउनुभयो । गाउँमै राष्ट्रिय परिचयपत्र बनाउन पाउँदा यहाँका स्थानीय धेरै नै उत्साहित भएको रोकायाले बताउनुभयो । अहिले वडा–पाँच चलिरहेको शिविर प्रत्येक वडामा सञ्चालन भएर त्यसपछि अदानचुली, चंखेली, सर्केगाड, खार्पुनाथ, सिमकोट हुँदै उत्तरी नाम्खा गाउँपालिका सम्मप राष्ट्रिय परिचयपत्र संकलन लागि पुग्ने भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । अहिले बैंक खाता लगायत सबै क्षेत्रमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँका नागरीकलाई धेरै सहज भएको छ । गाउँमै पुगेको उक्त शिविरमा राष्ट्रिय परिचयपत्र बनाउँदा जाँदा नागरीकताको फोटोकपी, विवा दर्ताको प्रमाणपत्र, वडाको सिफारिस अनिवार्य गरिएको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै