नेभिगेशन
समाज

सार्वजनिक विदामा पनि सिमकोटका २१ सामुदायिक विद्यालयमा पठनपाठन

सिमकोट । 
हुम्लाको सिमकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनपनि विद्यालय सञ्चालन गरेको छ । गएको चैत २० गतेदेखि काठमाण्डौँ केन्द्रित २९ दिनसम्मको शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठनलाई प्रभावित बनाएको भन्दै गाउँपालिकाले सार्वजनिक विदाको दिनमा समेत पठनपाठन गर्ने निर्णय गरेको थियो । आज बुद्ध जयन्ती तथा उभौली पर्व देशभरका विद्यालय र सरकारी कार्यालय बन्द रहेका बेला सिमकोटका २१ वटा सामुदायिक विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो ।
२९ दिन शिक्षक आन्दोलन भएपनि अन्य दिन शनिबार परेकाले प्रत्येक्ष २३ दिन शिक्षण सिमकाई क्रियाकलापमा बाधा पुगेको हुँदा त्यसको पुर्तिका लागि वैशाख १८ गते शिक्षक आन्दोलन परिचालन समितिले गरेको निर्णय अनुसार सार्वजनिक विद्यालयको दिनमा पठनपाठन गरिएको शिक्षा शाखाका प्रमुख अधिकारीले बताउनुभयो । 
जिल्लाका अन्य ६ वटा स्थानीय तहमा पठनपाठन नभएको भएपनि सिमकोट गाउँपालिकाले शिक्षण क्षति पुरा गर्न सार्वजनिक विदाको दिनमा पनि पठनपाठन गर्ने भएको छ । अघिल्लो शनिबार एकदिन र अव २१ दिन सार्वजनिक विदाको समयमा पनि पठनपाठन हुने भएको छ । सिमकोट गाउँपालिकामा सात माध्यामिक, १४ आधारभूत विद्यालय रहेका छन् भने प्रत्येक सामुदायिक विद्यालयमा बालविकास रहेका छन् । गाउँपालिकाको आठ वटै वडामा रहेका सामुदायिक विद्यालयका चार हजार एक सय २६ जना विद्यार्थीले सोमबार सार्वजनिक विदाको दिनमा पढ्न पाएको उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाभरीका सामुदायिक विद्यालयमा संघिय अनुदान, राहत, स्थायी, अस्थायी लगायतका गरी दुई १५ जना शिक्षकशिक्षिका रहेका छन् । 
सोमबार सार्वजनिक विदाको दिनमा पनि सबै विद्यार्थीको सहभागीता रहेको मानसरोवर माध्यामिक विद्यालयका अमर बहादुर शाहीले बताउनुभयो । शिक्षक आन्दोलनले विद्यार्थीको पढाइमा बाधा पुगेपछि सार्वजनिक विदा नभनेर विद्यार्थीलाई नियमीत पठनपाठन गर्नुका साथै विद्यार्थीलाई पनि सार्वजनि विदाका दिनमा पनि विद्यालय उपस्थित हुन जानकारी गराएसँगै पठनपाठन भएको प्रधानध्यापक शाहीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन