नेभिगेशन
समाज

सार्वजनिक विदामा पनि सिमकोटका २१ सामुदायिक विद्यालयमा पठनपाठन

सिमकोट । 
हुम्लाको सिमकोट गाउँपालिकाले सार्वजनिक विदाको दिनपनि विद्यालय सञ्चालन गरेको छ । गएको चैत २० गतेदेखि काठमाण्डौँ केन्द्रित २९ दिनसम्मको शिक्षक आन्दोलनले विद्यार्थीको पठनपाठनलाई प्रभावित बनाएको भन्दै गाउँपालिकाले सार्वजनिक विदाको दिनमा समेत पठनपाठन गर्ने निर्णय गरेको थियो । आज बुद्ध जयन्ती तथा उभौली पर्व देशभरका विद्यालय र सरकारी कार्यालय बन्द रहेका बेला सिमकोटका २१ वटा सामुदायिक विद्यालयमा पठनपाठन भएको गाउँपालिका शिक्षा शाखाका प्रमुख कृष्ण अधिकारीले बताउनुभयो ।
२९ दिन शिक्षक आन्दोलन भएपनि अन्य दिन शनिबार परेकाले प्रत्येक्ष २३ दिन शिक्षण सिमकाई क्रियाकलापमा बाधा पुगेको हुँदा त्यसको पुर्तिका लागि वैशाख १८ गते शिक्षक आन्दोलन परिचालन समितिले गरेको निर्णय अनुसार सार्वजनिक विद्यालयको दिनमा पठनपाठन गरिएको शिक्षा शाखाका प्रमुख अधिकारीले बताउनुभयो । 
जिल्लाका अन्य ६ वटा स्थानीय तहमा पठनपाठन नभएको भएपनि सिमकोट गाउँपालिकाले शिक्षण क्षति पुरा गर्न सार्वजनिक विदाको दिनमा पनि पठनपाठन गर्ने भएको छ । अघिल्लो शनिबार एकदिन र अव २१ दिन सार्वजनिक विदाको समयमा पनि पठनपाठन हुने भएको छ । सिमकोट गाउँपालिकामा सात माध्यामिक, १४ आधारभूत विद्यालय रहेका छन् भने प्रत्येक सामुदायिक विद्यालयमा बालविकास रहेका छन् । गाउँपालिकाको आठ वटै वडामा रहेका सामुदायिक विद्यालयका चार हजार एक सय २६ जना विद्यार्थीले सोमबार सार्वजनिक विदाको दिनमा पढ्न पाएको उहाँले बताउनुभयो । यस्तै गाउँपालिकाभरीका सामुदायिक विद्यालयमा संघिय अनुदान, राहत, स्थायी, अस्थायी लगायतका गरी दुई १५ जना शिक्षकशिक्षिका रहेका छन् । 
सोमबार सार्वजनिक विदाको दिनमा पनि सबै विद्यार्थीको सहभागीता रहेको मानसरोवर माध्यामिक विद्यालयका अमर बहादुर शाहीले बताउनुभयो । शिक्षक आन्दोलनले विद्यार्थीको पढाइमा बाधा पुगेपछि सार्वजनिक विदा नभनेर विद्यार्थीलाई नियमीत पठनपाठन गर्नुका साथै विद्यार्थीलाई पनि सार्वजनि विदाका दिनमा पनि विद्यालय उपस्थित हुन जानकारी गराएसँगै पठनपाठन भएको प्रधानध्यापक शाहीले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै