नेभिगेशन
समाज

सिमकोटमा ट्याक्टर पल्टिदा चालक घाईते

लामा हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका गाउँपालिका–६ को मानसरोवर माध्यामिक विद्यालय नजिकको सडकमा ट्याक्टर दुर्घटना भएको छ । मङ्गबार दिउँसो ग १ त ७०६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । ट्याक्टरमा एक जना चालक मात्रै सवार रहेका थिए । 
मङ्गबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका–४ निवासी २२ वर्षीया तारा सुनार गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंखर पोखरेलले बताउनुभयो । सडकबाट ट्याक्टर पल्टिएर मानसरोवर माध्यामिक विद्यालयको प्राङगाणमाको छेउमा रहेको छ । दाउरा लोड गरेर बजार क्षेत्र आउने क्रममा ट्याक्टर पल्टिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । 
चालक गम्भीर घाईते भएको अबस्थामा सोही विद्यालयका शिक्षक विद्यार्थीले जिल्ला अस्पतालमा उद्धार गरेको जानकारी प्राप्त भएको छ । घाईतेको अवस्था जटिल रहेको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सडकमा ढुङ्गा राखेको कारण साँघुरो सडकमा ट्याक्टर गुड्दै गर्दा पल्टिएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन