नेभिगेशन
समाज

सिमकोटमा ट्याक्टर पल्टिदा चालक घाईते

लामा हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका गाउँपालिका–६ को मानसरोवर माध्यामिक विद्यालय नजिकको सडकमा ट्याक्टर दुर्घटना भएको छ । मङ्गबार दिउँसो ग १ त ७०६७ नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक घाइते भएका हुन् । ट्याक्टरमा एक जना चालक मात्रै सवार रहेका थिए । 
मङ्गबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा सिमकोट गाउँपालिका–४ निवासी २२ वर्षीया तारा सुनार गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंखर पोखरेलले बताउनुभयो । सडकबाट ट्याक्टर पल्टिएर मानसरोवर माध्यामिक विद्यालयको प्राङगाणमाको छेउमा रहेको छ । दाउरा लोड गरेर बजार क्षेत्र आउने क्रममा ट्याक्टर पल्टिएको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । 
चालक गम्भीर घाईते भएको अबस्थामा सोही विद्यालयका शिक्षक विद्यार्थीले जिल्ला अस्पतालमा उद्धार गरेको जानकारी प्राप्त भएको छ । घाईतेको अवस्था जटिल रहेको र उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सडकमा ढुङ्गा राखेको कारण साँघुरो सडकमा ट्याक्टर गुड्दै गर्दा पल्टिएको हो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।