नेभिगेशन
समाज

मर्यादित महिनावारी स्वच्छता सम्बन्धि सिमकोटमा देउडा प्रतियोगीता

हुम्लाको सदरमुकाम सिमकोटमा विहिबार महिनावारी स्वच्छता सम्बन्धि देउडा गीतमार्फत सचेतना कार्यक्रम गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर पाँच तल्लो गाउँमा रहेको चौपाडीमा विहिबार देउडा आयोजना गरी यस सम्बन्धि सचेतना गराइएको जानकारी प्राप्त भएको छ । सुस्वाको आर्थिक सहयोगमा र सांस्कृतिक संरक्षण समाजको समन्वयमा सिमकोट तल्लो गाउँको चौपाडीमा देउडा गीत मार्फत महिनावारी स्वच्छता सम्बन्धि सचेतना गराइएको सिमकोट गाउँपालिका सुस्वाका देव भण्डारीले बताउनुभयो ।
आजै भएको उक्त कार्यक्रममा सिमकोट तल्लो गाउँ, माथिल्लो गाउँ, ठेहे, लगायतका महिलाहरुको सहभागीता रहेको थियो । महिनावारी स्वच्छता सम्बन्धि भएको देउडा आयोजनामा सहभागी महिलाले आफुहरुको पिर, व्यथा, छाउँ हुँदा घरबाहिर बस्नु परेको लगायतका गीत समेटेर सवाल जवाफ दिएको सांस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । सांस्कृत संरक्षण समाज हुम्लाका सल्लाहकार तुलसिंह रावतको अध्यक्षतामा र सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वर्ष बहादुर फडेराको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुस्वाले महिनावारी सम्बन्धि सिमकोट गाउँपालिकामा रहेका प्रत्येक वडामा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी प्राप्त छ । यस्तै आजै भएको उक्त कार्यक्रममा सहभागी महिलाहरुलाई प्रतिसप्रधा नगरी सबै टिमका प्रत्येक महिलालाई  सरसफाइका सामग्री एक एक पिस प्याड र एक एक चक्की साबुन सहयोग गरिएको भण्डारीले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन