नेभिगेशन
समाज

मर्यादित महिनावारी स्वच्छता सम्बन्धि सिमकोटमा देउडा प्रतियोगीता

हुम्लाको सदरमुकाम सिमकोटमा विहिबार महिनावारी स्वच्छता सम्बन्धि देउडा गीतमार्फत सचेतना कार्यक्रम गरिएको छ । सिमकोट गाउँपालिका वडा नम्बर पाँच तल्लो गाउँमा रहेको चौपाडीमा विहिबार देउडा आयोजना गरी यस सम्बन्धि सचेतना गराइएको जानकारी प्राप्त भएको छ । सुस्वाको आर्थिक सहयोगमा र सांस्कृतिक संरक्षण समाजको समन्वयमा सिमकोट तल्लो गाउँको चौपाडीमा देउडा गीत मार्फत महिनावारी स्वच्छता सम्बन्धि सचेतना गराइएको सिमकोट गाउँपालिका सुस्वाका देव भण्डारीले बताउनुभयो ।
आजै भएको उक्त कार्यक्रममा सिमकोट तल्लो गाउँ, माथिल्लो गाउँ, ठेहे, लगायतका महिलाहरुको सहभागीता रहेको थियो । महिनावारी स्वच्छता सम्बन्धि भएको देउडा आयोजनामा सहभागी महिलाले आफुहरुको पिर, व्यथा, छाउँ हुँदा घरबाहिर बस्नु परेको लगायतका गीत समेटेर सवाल जवाफ दिएको सांस्कृति संरक्षण समाजका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । सांस्कृत संरक्षण समाज हुम्लाका सल्लाहकार तुलसिंह रावतको अध्यक्षतामा र सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वर्ष बहादुर फडेराको प्रमुख आथित्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो । सुस्वाले महिनावारी सम्बन्धि सिमकोट गाउँपालिकामा रहेका प्रत्येक वडामा कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी प्राप्त छ । यस्तै आजै भएको उक्त कार्यक्रममा सहभागी महिलाहरुलाई प्रतिसप्रधा नगरी सबै टिमका प्रत्येक महिलालाई  सरसफाइका सामग्री एक एक पिस प्याड र एक एक चक्की साबुन सहयोग गरिएको भण्डारीले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।