नेभिगेशन
समाज

हुम्ला ६७ औँ स्थानमा साक्षर जिल्ला घोषणा, अझै १४ सय निरक्षर

सिमकोट । हिमाली जिल्ला हुम्ला शुक्रबार एक कार्यक्रमका विच साक्षर जिल्ला घोषा गरिएको छ । साक्षरता हाम्रो गौरव, साक्षर जिल्ला हाम्रो उपब्धि भन्ने नाराका साथ शुक्रबार हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो । हुम्लामा १५ देखि ६० वर्ष उमेर समूहका नागरिकहरूको साक्षरता दर ९६ दशमलव ४ प्रतिशत मापदण्ड पूरा भएपछि हुम्लालाई साक्षर जिल्ला घोषणा गरिएको शिक्षा विकास तथा समन्वय इकाइ हुम्लाका कार्यालय प्रमुख योगेश आलेमगरले बताउनुभयो । नेपालको ६७ औँ र कर्णाली प्रदेशको आठौँ जिल्लामा साक्षर जिल्ला घोषित भएको छ । १५–६० वर्ष उमेर समुहका ३५ हजार तीन सय ५४ जनामध्ये ३३ हजार ९ सय ५४ जना साक्षर भएको प्रमुख आलेमगरले बताउनुभयो । 

   प्रमुख आलेका अनुसार नाम्खाका ९६.१६, सिमकोटका ९५.६, खार्पुनाथका ९५.५, सर्केगाडका ९५.७४, चङ्खेलीका ९५.२४, अदानचुलीका ९५.२८ र ताँजाकोट गाउँपालिकाका ९८.२८ प्रतिशत नागरिक साक्षर भएका छन् । 

    हुम्लामा अझै एक हजार चार सय चालीस जना निरक्षर रहेका छन् । स्थानीय तह अन्तर्गत निराक्षर हुने संख्या ताजाकोट गाउँपालिकामा ६६ जना, अदानचुलीमा १ सय ९२ जना, चंखेलीमा १ सय ९२ जना, सर्केगाडमा ३ सय १४ जना, खार्पुनाथमा १ सय ९४ जना, सदरमुकाम सिमकोट ३ सय ७१ जना र नाम्खा गाउँपालिकामा १ सय ११ जना गरि १ हजार ४ सय ४० जना अझै निरक्षर रहेका छन् । 

   जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको अध्यक्षतामा र पूर्व प्रतिनिधिसभा सदस्य तथा जिल्ला इन्चार्ज छिमिदोर्जे लामा (आशाकार)को प्रमुख आथित्यमा हुम्ला साक्षर जिल्ला घोषणा भएको हो । साक्षर जिल्ला घोषणा कार्यक्रममा सिमकोट खार्पुनाथ अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादर रावल, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, जिल्ला अदालतका न्यायधिश शम्बु बराल, नेपाली कांग्रेसका उपासभापति कैलाश भण्डारी, नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाही, नेकपा माओवादी केन्द्रका ताक्लाजिम्केत लामा, राप्रपा जिल्ला अध्यक्ष विकास महत, रास्वपा लक्षण ऐडी लगायत विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिको सहभागीता रहेको थियो ।

    साक्षर जिल्ला घोषणाका लागि सामाजिक विकास कार्यालय, गुडनेवर, किर्डाक, आधार लगायतका संस्थाले समेत सहयोग गरेको सोही कार्यालयका प्रमुख हर्क बहादुर बस्नेतले बताउनुभयो । यस्तै जिल्ला स्थित तीन वटा सामुदायिक रेडियो, पत्रकार महासंघ लगायत २० वटा विभिन्न कार्यालयहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।