नेभिगेशन
समाज

सुरक्षीत आप्रवासन (सामी) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


जिल्ला सदरमुकाम सिमकोटमा सुरक्षित आप्रवासन (सामी) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा एक दिने कार्यक्रम सम्पन्न भएको छ । हुम्ला लगायत प्रदेशका विभिन्न जिल्लामा रहेका नागरीक वैदैशिक रोजगार तथा अध्ययनको शिलशिलामा जाने र फिर्ता हुनेहरुका लागि कसरी सहज हुन्छ भन्ने लगायतका विषयमा जानकारी गराइएको थियो । सुरक्षीत आप्रवासन (सामी)का पाँच वटा उद्ेश्य अनुसार रहेर सिमकोट माथिल्लो बजारको मानसरोवर होटलमा कार्यक्रम गरिएको थियो । यसका सुचनामा पहुँच पुर्याउने लक्ष, न्यायमा पहुँच पुर्याउने, मनोपरामर्श सेवा, वृत्तिय सारक्षता कक्ष र सिप तालिमका विषय रहेका थिए । भने यसै सेरोफोरमा रहेर अन्तरक्रिया कार्यक्रम भएको थियो । कर्णाली प्रदेशका पन्ध्र स्थानमा यो कार्यक्रम लागु समेत भएको छ भने हुम्लाका दुई वटा सिमकोट र सर्केगाड गाउँपालिकामा लागु भएको छ । यो कार्यक्रमका लागि यसपछि चंखेली गाउँपालिकामा पनि लागु हुने भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लेखा अधिकृत धनप्रसाद शर्माले बताउनुभयो । कर्णाली प्रदेशबाट वार्षिक ६ दशमलब सात प्रतिशत रेमिट्यान्स बचत हुदै आएको उहाँले बताउनुभयो । कर्णाली प्रदेशबाट आर्थिक २०८०।०८१ मा २४ हजार एक सय ७५ जनाको श्रम स्वीकृत भएको छ । भने हुम्लाबाट चार सय ९९ जनाको श्रम स्वीकृत भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लेखा अधिकृत धनप्रसाद शर्माको अध्यक्षतामा र शिवराज शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको सोही मन्त्रालयका शाखा अधिकृत विपना पौडेलले बताउनुभयो । यस्तै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावत, उपाध्यक्ष ज्ञान बहादुर सिंह, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, सहित सातवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन