नेभिगेशन
समाज

सुरक्षीत आप्रवासन (सामी) सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न


जिल्ला सदरमुकाम सिमकोटमा सुरक्षित आप्रवासन (सामी) सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेशको आयोजनामा एक दिने कार्यक्रम सम्पन्न भएको छ । हुम्ला लगायत प्रदेशका विभिन्न जिल्लामा रहेका नागरीक वैदैशिक रोजगार तथा अध्ययनको शिलशिलामा जाने र फिर्ता हुनेहरुका लागि कसरी सहज हुन्छ भन्ने लगायतका विषयमा जानकारी गराइएको थियो । सुरक्षीत आप्रवासन (सामी)का पाँच वटा उद्ेश्य अनुसार रहेर सिमकोट माथिल्लो बजारको मानसरोवर होटलमा कार्यक्रम गरिएको थियो । यसका सुचनामा पहुँच पुर्याउने लक्ष, न्यायमा पहुँच पुर्याउने, मनोपरामर्श सेवा, वृत्तिय सारक्षता कक्ष र सिप तालिमका विषय रहेका थिए । भने यसै सेरोफोरमा रहेर अन्तरक्रिया कार्यक्रम भएको थियो । कर्णाली प्रदेशका पन्ध्र स्थानमा यो कार्यक्रम लागु समेत भएको छ भने हुम्लाका दुई वटा सिमकोट र सर्केगाड गाउँपालिकामा लागु भएको छ । यो कार्यक्रमका लागि यसपछि चंखेली गाउँपालिकामा पनि लागु हुने भएको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लेखा अधिकृत धनप्रसाद शर्माले बताउनुभयो । कर्णाली प्रदेशबाट वार्षिक ६ दशमलब सात प्रतिशत रेमिट्यान्स बचत हुदै आएको उहाँले बताउनुभयो । कर्णाली प्रदेशबाट आर्थिक २०८०।०८१ मा २४ हजार एक सय ७५ जनाको श्रम स्वीकृत भएको छ । भने हुम्लाबाट चार सय ९९ जनाको श्रम स्वीकृत भएको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका लेखा अधिकृत धनप्रसाद शर्माको अध्यक्षतामा र शिवराज शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको सोही मन्त्रालयका शाखा अधिकृत विपना पौडेलले बताउनुभयो । यस्तै सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावत, उपाध्यक्ष ज्ञान बहादुर सिंह, चंखेली गाउँपालिका अध्यक्ष प्यारीलाल शाही, अदानचुली गाउँपालिका अध्यक्ष मोहन विक्रम सिंह, उपाध्यक्ष कर्ण रोकाया, सहित सातवटै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सहभागीता रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।