नेभिगेशन
समाज

जेष्ठ नागरीक जिल्ला संघद्धारा मनोरञ्जनात्मक तथा पुस्ता हस्तान्तरण कार्यक्रम सुरु


हुम्लाको सदरमुकाम सिमकोटमा नेष्ठ नागरीक जिल्ला संघले शनिबार वृद्धवृद्धाका लागि मनोरञ्जनात्मक तथा पुस्ता हस्तान्तरण कार्यक्रम गरेको छ । सिमकोट गाउँपालिका वडा नम्बर पाँचमा रहेका विभिन्न उमेर समुहका जेष्ठ नागरीकहरुलाई उनीहरुको हक अधिकार, राज्यले दिएको सेवा सुविधा जानकारी सम्बन्ध लगायतका विषयमा सुचित गराइएको थियो । जेष्ठ नागरीकहरुलाई आयुर्वेद हुम्लाले दुई प्रकारका महानारायण तेल र ३५ प्रकारले बनेको चोयनप्रास औषधि समेत सहयोग गरेको थियो । आजै भएको उक्त कार्यक्रममा उपस्थित जेष्ठ नागरीकलाई जिल्ला प्रशासन, स्वास्थ्य सेवा कार्यालय, आर्येवेद कार्यालयले उनीलाई आफुले दिने सेवा सुविधाका विषयमा जानकारी समेत गराएका थिए । यस्तै स्वास्थ्य सेवा कार्यालयले साठी वर्ष भन्दा माथि उमेर जेष्ठ नागरीकलाई आफुले दिने औषधि उपचारमा पचास प्रतिशत छुट, ७० देखि ७९ उमेरका लाई ७५ प्रतिशत र ८० वर्षमाथिका साथै निशुल्क औषधि उपचार गर्दै आएको सोही कार्यालयका प्रमुख प्रतिक्षा भारतीले बताउनुभएको थियो । आर्थिक वर्ष २०८०।०८१ मा स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाभरका ४५ जनालाई उपचार तथा औषधि वितरणमा रु सात लाख पैतालीस हजार खर्च भएको छ । भने आर्थिक वर्ष २०८१।०८२ मा ६४ जना जेष्ठ नागरीकलाई उपचारका साथै रु पाँच लाख पचपन्न हजार खर्च भएको प्रमुख भारतीले बताउनुभयो । यो सेवा सुविधामा सेवा लिने जेष्ठ नागरीक वर्षेनी बढ्दै गएका छन् । जेष्ठ नागरीक जिल्ला संघ हुम्लाले पहिलो पटक यो कार्यक्रम गरेको सोही संघका सचिव अर्जुन बोहराले बताउनुभयो । उक्त कार्यक्रम जेष्ठ नागरीक संघ हुम्लाका अध्यक्ष अदानसिंह रावतको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । आजै भएको उक्त कार्यक्रममा वडा नम्वर पाँच वडाध्यक्ष चीन रावत, सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत, आयुर्वेद प्रमुख चाहना शर्मा, न्यायधिस शम्भू बराल लगायत एक सय जनाभन्दा बढी जेष्ठ नागरीकहरुको उपस्थित रहेको थियो । यो कार्यक्रम भोली आइतबार वडा नम्बर ६ माथिल्लो गाउँका जेष्ठ नागरीकहरुलाई दिइने भएको छ । साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको आर्थिक सहयोग सामाजिक विकास कार्यालयले गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।