नेभिगेशन
समाज

जेष्ठ नागरीक जिल्ला संघद्धारा मनोरञ्जनात्मक तथा पुस्ता हस्तान्तरण कार्यक्रम सुरु


हुम्लाको सदरमुकाम सिमकोटमा नेष्ठ नागरीक जिल्ला संघले शनिबार वृद्धवृद्धाका लागि मनोरञ्जनात्मक तथा पुस्ता हस्तान्तरण कार्यक्रम गरेको छ । सिमकोट गाउँपालिका वडा नम्बर पाँचमा रहेका विभिन्न उमेर समुहका जेष्ठ नागरीकहरुलाई उनीहरुको हक अधिकार, राज्यले दिएको सेवा सुविधा जानकारी सम्बन्ध लगायतका विषयमा सुचित गराइएको थियो । जेष्ठ नागरीकहरुलाई आयुर्वेद हुम्लाले दुई प्रकारका महानारायण तेल र ३५ प्रकारले बनेको चोयनप्रास औषधि समेत सहयोग गरेको थियो । आजै भएको उक्त कार्यक्रममा उपस्थित जेष्ठ नागरीकलाई जिल्ला प्रशासन, स्वास्थ्य सेवा कार्यालय, आर्येवेद कार्यालयले उनीलाई आफुले दिने सेवा सुविधाका विषयमा जानकारी समेत गराएका थिए । यस्तै स्वास्थ्य सेवा कार्यालयले साठी वर्ष भन्दा माथि उमेर जेष्ठ नागरीकलाई आफुले दिने औषधि उपचारमा पचास प्रतिशत छुट, ७० देखि ७९ उमेरका लाई ७५ प्रतिशत र ८० वर्षमाथिका साथै निशुल्क औषधि उपचार गर्दै आएको सोही कार्यालयका प्रमुख प्रतिक्षा भारतीले बताउनुभएको थियो । आर्थिक वर्ष २०८०।०८१ मा स्वास्थ्य सेवा कार्यालय हुम्लाले जिल्लाभरका ४५ जनालाई उपचार तथा औषधि वितरणमा रु सात लाख पैतालीस हजार खर्च भएको छ । भने आर्थिक वर्ष २०८१।०८२ मा ६४ जना जेष्ठ नागरीकलाई उपचारका साथै रु पाँच लाख पचपन्न हजार खर्च भएको प्रमुख भारतीले बताउनुभयो । यो सेवा सुविधामा सेवा लिने जेष्ठ नागरीक वर्षेनी बढ्दै गएका छन् । जेष्ठ नागरीक जिल्ला संघ हुम्लाले पहिलो पटक यो कार्यक्रम गरेको सोही संघका सचिव अर्जुन बोहराले बताउनुभयो । उक्त कार्यक्रम जेष्ठ नागरीक संघ हुम्लाका अध्यक्ष अदानसिंह रावतको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख शिवराज शर्माको प्रमुख आथित्यमा सम्पन्न भएको थियो । आजै भएको उक्त कार्यक्रममा वडा नम्वर पाँच वडाध्यक्ष चीन रावत, सामाजिक विकास कार्यालयका प्रमुख हर्कबहादुर बस्नेत, आयुर्वेद प्रमुख चाहना शर्मा, न्यायधिस शम्भू बराल लगायत एक सय जनाभन्दा बढी जेष्ठ नागरीकहरुको उपस्थित रहेको थियो । यो कार्यक्रम भोली आइतबार वडा नम्बर ६ माथिल्लो गाउँका जेष्ठ नागरीकहरुलाई दिइने भएको छ । साथै विभिन्न मनोरञ्जनात्मक कार्यक्रम भएको थियो । उक्त कार्यक्रमको आर्थिक सहयोग सामाजिक विकास कार्यालयले गरेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन