नेभिगेशन
समाज

 बोक्चेगौडा सडक चार दिन खुल्ने, खुलालु–लालीघाट पाँच दिन बन्द हुने

       सिमकोट । कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर एकको बोक्चेगौडा सडक चार दिन खुला हुने भएको छ । नेपाली सेनाले निर्माण गर्दै आएको बोक्चेगौडा सडक जेठ २४ गतेदेखि २७ गतेसम्म सञ्चालनमा आउने भएको छ । स्तरोन्नति कार्य भइरहेको उक्त सडक खण्ड केही दिनका लागि सवारी आवागमनको व्यवस्थापन मिलाइएको छ । बोक्चेगौडा, भिईगौडा र याङ्चु भिर क्षेत्रमा जेठ २४ देखि २७ गतेसम्म सडक खुला राखिनेछ । कर्णाली कोरिडोर अन्तर्गतको बोक्चेगौडा सडक विस विस दिनको अन्तरालमा खुला हुँदै आएको छ । 
बन्द गरिएको सडकमा नागरिकलाई दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न र आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सहज बनाउन चार दिनका लागि सडक सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । 
यस्तै, कालिकोटस्थित खुलालु–लालीघाट सडक खण्ड भने जेठ २० देखि २४ गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ । आरसीसी ढलानको कार्य गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले  बताउनुभयो ।
यस अवधिमा उत्तरतर्फ बाजुरा, हुम्ला, मुगुबाट आउने सवारीलाई लालीघाटसम्म र दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामबाट आउने सवारीलाई कालेखोलासम्म मात्र आवागमनको अनुमति दिइनेछ । दुवै खण्ड एकै पटक खोल्ने वा बन्द गर्ने समन्वय नभएकोप्रति अदानचुली गाउँपालिका–५ का वडाध्यक्ष कमल बहादुर छन्त्यालले  गुनासो गर्नुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।