नेभिगेशन
समाज

 बोक्चेगौडा सडक चार दिन खुल्ने, खुलालु–लालीघाट पाँच दिन बन्द हुने

       सिमकोट । कर्णाली करिडोर अन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर एकको बोक्चेगौडा सडक चार दिन खुला हुने भएको छ । नेपाली सेनाले निर्माण गर्दै आएको बोक्चेगौडा सडक जेठ २४ गतेदेखि २७ गतेसम्म सञ्चालनमा आउने भएको छ । स्तरोन्नति कार्य भइरहेको उक्त सडक खण्ड केही दिनका लागि सवारी आवागमनको व्यवस्थापन मिलाइएको छ । बोक्चेगौडा, भिईगौडा र याङ्चु भिर क्षेत्रमा जेठ २४ देखि २७ गतेसम्म सडक खुला राखिनेछ । कर्णाली कोरिडोर अन्तर्गतको बोक्चेगौडा सडक विस विस दिनको अन्तरालमा खुला हुँदै आएको छ । 
बन्द गरिएको सडकमा नागरिकलाई दैनिक उपभोग्य सामग्री आपूर्ति गर्न र आर्थिक वर्षको अन्त्यसम्म निर्माण कार्य सहज बनाउन चार दिनका लागि सडक सञ्चालन गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । 
यस्तै, कालिकोटस्थित खुलालु–लालीघाट सडक खण्ड भने जेठ २० देखि २४ गतेसम्म पूर्ण रूपमा बन्द हुने भएको छ । आरसीसी ढलानको कार्य गर्नुपर्ने भएकाले उक्त निर्णय गरिएको कालिकोटका सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले  बताउनुभयो ।
यस अवधिमा उत्तरतर्फ बाजुरा, हुम्ला, मुगुबाट आउने सवारीलाई लालीघाटसम्म र दक्षिणतर्फ सुर्खेत, दैलेख, अछामबाट आउने सवारीलाई कालेखोलासम्म मात्र आवागमनको अनुमति दिइनेछ । दुवै खण्ड एकै पटक खोल्ने वा बन्द गर्ने समन्वय नभएकोप्रति अदानचुली गाउँपालिका–५ का वडाध्यक्ष कमल बहादुर छन्त्यालले  गुनासो गर्नुभयो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन