नेभिगेशन
समाज

मनसुन अवधिमा सर्तकर्ता अपनाउन हुम्लीवासीलाई प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय हुम्लाले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै यहाँका जिल्लावासीलाई सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान  विभागले गरेको जानकारी अनुसार हुम्ला जिल्ला सहित कर्णाली र सुदुरपश्चिम प्रदेश भर धेरै÷भारी वर्षाको पूर्वानुमान अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेकोले जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 
मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रियका साथै तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । सम्भावित मनसुनजन्य जोखिमबाट सुरक्षित रहन नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्लामा कहीँ कतै विपद्को अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी इकाई, वा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई तत्काललै सूचना गर्नुका साथै आफु पनि सहभागी भई ९८५८३१७७७७ र ९८५८३१५५५५ फोन नम्बरमा जानकारी गराउन हुन जिल्ला प्रशासनले आग्रह समेत गरेको छ । 
स्थानीय तहहरूलाई विपद्को समयमा आफू सँग भएको श्रोत साधनलाई तयारी अवस्थामा राखी आवश्यकता अनुसार आम नागरिकलाई सर्तकर्ता अपनाउन पहल गर्न समेत प्रजिअ पाण्डेयले आग्रह गर्नुभएको छ । 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वअनुमान महाशाखाबाट यस वर्ष सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुनका कारण यस वर्ष चार लाख पचास हजार भन्दा धेरै घरपरिवार झण्डै बिस लाख व्यक्ति प्रभावित हुने भनिएको छ । सोही कारण हिमाली जिल्ला हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क रहन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

साउने पूर्णिमालाई लक्षित गरी सिमकोटमा शान्ति सुरक्षा र सरसफाइ अभियान कडा पारिने

हुम्लाको सदरमुकाम सिमकोटमा मनाइने स्थानीय पर्व साउने पूर्णिमा तथा जनैपूर्णिमालाई व्यवस्थित, सभ्य र सुरक्षित बनाउन शान्ति सुरक्षा तथा सरसफाइका गतिविधि कडा पारिने भएको छ । सिमकोट गाउँपालिकाको आयोजनामा...
कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

कर्णाली नदीमा बेपक्ता भएका बालबालिकाको स्थानिय परम्परा अनुसार दाहसंस्कार

बिहीबार खार्पुनाथ गाउँपालिकाको वडा नम्बर १ सुनाखाडामा कर्णाली नदीमा बेपक्ता भएका बृषबहादुर शाहीकी करिब ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका करिब १२ वर्षीय छोरा प्रशान्त रावलको...
अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

अदानचुली जोड्ने सडकमा ढुङ्गा लागेर कामदारको मृत्युः ठेकदार कम्पनीद्धारा दश लाख दिने सहमती 

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
भर्खरै