नेभिगेशन
समाज

मनसुन अवधिमा सर्तकर्ता अपनाउन हुम्लीवासीलाई प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय हुम्लाले एक सूचना जारी गर्दै यस वर्षको मनसुन सुरु भएसँगै यहाँका जिल्लावासीलाई सुरक्षित रहन आग्रह गरेको छ । मनसुन सक्रिय भएसँगै वर्षाका कारण जिल्लाभर बाढी, पहिरो र डुबानलगायत विपत् जोखिमका घटना बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय हुम्लाले उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जल तथा मौसम विज्ञान  विभागले गरेको जानकारी अनुसार हुम्ला जिल्ला सहित कर्णाली र सुदुरपश्चिम प्रदेश भर धेरै÷भारी वर्षाको पूर्वानुमान अनुसार बाढी पहिरोको उच्च जोखिममा रहेकोले जोखिमबाट सुरक्षित रहन विशेष सतर्कता अपनाउन जिल्लाबासीलाई आग्रह गरेको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताउनुभयो । 
मनसुनजन्य विपत्बाट हुन सक्ने सम्भावित जोखिम तथा धनजनको क्षति रोक्न र खोज, उद्धार तथा राहत वितरण कार्यलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन र सुरक्षा निकाय सक्रियका साथै तयारी अवस्थामा रहेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जनाएको छ । सम्भावित मनसुनजन्य जोखिमबाट सुरक्षित रहन नदी किनार, खोला–खोल्सा, खहरे नजिकका बस्तीमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।
जिल्लामा कहीँ कतै विपद्को अवस्था उत्पन्न भएमा नजिकैको प्रहरी इकाई, वा स्थानीय विपद् व्यवस्थापन समितिका पदाधिकारीलाई तत्काललै सूचना गर्नुका साथै आफु पनि सहभागी भई ९८५८३१७७७७ र ९८५८३१५५५५ फोन नम्बरमा जानकारी गराउन हुन जिल्ला प्रशासनले आग्रह समेत गरेको छ । 
स्थानीय तहहरूलाई विपद्को समयमा आफू सँग भएको श्रोत साधनलाई तयारी अवस्थामा राखी आवश्यकता अनुसार आम नागरिकलाई सर्तकर्ता अपनाउन पहल गर्न समेत प्रजिअ पाण्डेयले आग्रह गर्नुभएको छ । 
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वअनुमान महाशाखाबाट यस वर्ष सरदर भन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । मनसुनका कारण यस वर्ष चार लाख पचास हजार भन्दा धेरै घरपरिवार झण्डै बिस लाख व्यक्ति प्रभावित हुने भनिएको छ । सोही कारण हिमाली जिल्ला हुम्लामा मनसुन सुरु नहुँदै ठूलो क्षति भएका कारण उच्च सतर्क रहन आग्रह गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन