नेभिगेशन
समाज

जातीय विभेद भयो भन्दै शिक्षक विरुद्ध जिल्ला प्रहरीमा उजुरी

नेपाललाई वि.सं २०६३ जेठ २१ गते छुवाछूत भेदभाव मुक्त राष्ट्र घोषणा गरिएको भएपनि हुम्लाको सिमकोट गाउँपालिका–७ डाडाफयमा रहेको कैलाश माध्यामिक विद्यालयले जातीय विभेद गरेको दलित समुदायका विद्यार्थीको गुनासो छ । जेठ २१ गते जातीय उन्मुलन दिवस मनाउने अघिल्लो दिन आफुहरु माथि भेदभाव भएको कैलाश माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका दलित विद्यार्थीहरुको गुनासो छ । मंगलबार विद्यालय प्राङ्गाडमा फुटबल खेल्ने क्रममा दलित र गैरदलित विद्यार्थी विच विवाद भएको थियो । दुई पक्ष विवाद हुँदा दलितका विद्यार्थीलाई शिक्षकले अपहेलना गरेको उनीहरुको गुनासो छ । शिक्षकले आफुहरुलाई अपाच्य शब्द बोल्दै स्कुल ड्रेस सर्ट नै च्याति दिएको दलितका विद्यार्थी सन्देश सुनारको गुनासो छ । आफुहरु दलित भएकै कारण विद्यालयमा भेदभाव सहनु परेको छ । कक्षा कोठामा समेत जातीय भेदभाव हुने गरेको विद्यार्थी सुनारको गुनासो छ । मङ्गलबार भएको विवाद बुधबार विद्यालयमा मिलापत्र गरिसकेपछि पनि आफुहरुले जातीय विभेद सहन परेको अर्का विद्यार्थी सम्झना सुनारको गुनासो छ । विद्यालय प्रशासनले मंगलबार भएको विवाद बुधबार मिलापत्र गरेको भएपनि विहिबार दलितका विद्यार्थी सदरमुकाम सिमकोट पुगेको आफुलाई थाहा नभएको सोही विद्यालयका प्रभानध्यापक मेज बुढाले बताउनुभयो । दलित र गैरदलितका विद्यार्थी विच विवाद भएको तर अन्य कुराका साथै विभेद गर्ने शिक्षकका विषयमा आफुलाई जानकारी नभएको प्रधानध्यापक बुढाको भनाई छ । जातीय विभेद भयो भनेर जिल्ला प्रहरी कार्यालय सदरमुकाम सिमकोटमा उजुरी दिन पुगेका विद्यार्थी भने आफुहरुले विगतदेखि सहदै आएको हुनाले अब यस्ता विभेद नसहने उनीहरुको भनाई छ । जातीय विभेद भएको भन्दै कैलाश माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक विरुद्ध जिल्ला प्रहरी कार्यालयमा मुद्दा दायर गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुबै पक्षलाई झिकाएर छलफल गरिसकेपछि थाहा हुने जानकारी प्राप्त भएको छ । बिहिबार दलितका कोही पनि विद्यार्थी विद्यालय नगएर उनीहरु सदरमुकाम पुगेका छन् । विद्यालयमा वर्षौदेखि जातीय विभेद सहदै आएका कारण विभेद गर्ने शिक्षकलाई कारबाही नहुँदासम्म विद्यालय नजाने अर्का विद्यार्थी हिक्मत सुनारले बताउनुभयो । आफुहरु झण्डै ३० जना दलित समुदायका विद्यार्थी कोही पनि विद्यालय नगएको उनीहरुको भनाई छ । उनीहरु सबै विद्यालय छोडेर सिमकोट पुगेका छन् । आफुहरुलाई भोलीदेखि विद्यालय नै शिक्षकले नआउ भनेपछि आफुहरु आफ्नो हक अधिकारका लागि सदरमुकाम सिमकोट पुगेको सुनारको भनाई छ । अब विद्यालय जाने पनि कसरी विद्यालय गएपछि विभेद हुन्छ । त्यहीँ माथि सरले नै नआउ भन्नु भएको छ । अब कसरी विद्यालय जानु । विद्यालय मात्रै नभएर बाटो हिड्दा पनि भेदभाव हुन्छ । बाटो हिड्नपनि डर लाग्छ । पिट्छु भन्छन् गैरदलितहरु विद्यार्थी हिक्मतको गुनासो छ । नेपालमा लोकतन्त्रको स्थापना र पुनर्बहालीसँगै सबै किसिमका विभेद अन्त्य गर्न पटक–पटक सार्वजनिक घोषणा भएका छन् । नेपाल छुवाछूत मुक्त राष्ट्र घोषणा भएको १८ वर्ष बित्यो । जातीय विभेदलाई कानुनी रूपमा दण्डनीय बनाइएको छ । संविधानमै छुवाछूत तथा भेदभावविरुद्धको हकको व्यवस्था छ । तर, दलित समुदायमाथि हुने भेदभावको घटना अझै रोकिएको छैन । यसकै एक प्रतिनिधि घटना हो डाडाफयाको कैलाश माध्यामिक विद्यालयमा दलित विद्यार्थीहरुसङ्ग विभेद गरिएको छ । उसो ति शिक्षकका छोराले समेत आफुहरुलाई तल्लो जात भएकै कारण हक जमाउनुका साथै हेपाहका साथै पिट्ने गरेको उनीहरुको गुनासो छ । शिक्षकका छोरा कैलाश माध्यामिक विद्यालयमा अध्ययन नगर्ने भएपनि उनी के कति कस्को रिसिभिले आफुहरुलाई दमन गर्दै आएको दलित विद्यार्थीको गुनासो छ । यता आफुले जातीय विभेद नभएर दलित र गैरदलितका विद्यार्थी विच विवाद भएपछि उनीहरुलाई सम्झाएर फुटबल खेलिरहेका सबैलाई एक एक लठ्ठली हानेको शिक्षक हरीबहादुर शाहीले बताउनुभयो । विद्यालयमा दलित र गैरदलितका विद्यार्थी विच फुटबल खेल्ने क्रममा विवाद भएको हो आफुले त्यो विवाद साम्य बनाउन दुबै पक्षलाई सम्झाएको शिक्षक शाहीको भनाई छ । तर आफु जस्तो शिक्षकले कसरी जातीय विभेद गर्नु सक्छु भन्दै आफ्नो साछी गाउँले, विद्यालय परिवार सबै भएको शिक्षक शाहीको भनाई छ । दलित समुदायका विद्यार्थीले आक्रोस र अरुको उक्साहटको भरमा लागेर आफ्नो बदनाम गर्न खोजेको उहाँको भनाई छ । दलितका विद्यार्थीले आफ्नो हक अधिकार छ भन्दैमा अरुको हक अधिकारमा हनन हुने कुरा गर्न नहुने शिक्षक शाहीको भनाई छ । फुटबल खेल्दा दुई पक्ष विच विवाद हुँदा आफ्नो छोरा उनीहरुको झगडा शान्त गर्न पुग्दा उनीहरु जातीय विभेद भयो भनेर दोस लगाएको शिक्षक शाहीको भनाई छ । विद्यालय परिसर बाहिर विवाद साम्य बनाउन आफ्नो छोरा पुगेको हो । बुधबार बिद्यालय परिसर बाहिर विवाद भएको थियोे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
वाल विवाह र वालश्रम विरुद्द सडक नाटक र देउडा प्रतियोगिता सम्पन्न 

वाल विवाह र वालश्रम विरुद्द सडक नाटक र देउडा प्रतियोगिता सम्पन्न 

कार्यक्रम गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा किर्डाक नेपाल द्वारा सञ्चालित एकीकृत सामुदायिक विकास परियोजनाको सहकार्यमा आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष लोकराज बुढाले जानकारी दिनुभयो ।
हुम्ला र बाजुराको सिमा विवाद थप पेचिलो बन्दै,आक्रोसित दुवैतर्फका स्थानीय वासिन्दा सिमा क्षेत्रमा

हुम्ला र बाजुराको सिमा विवाद थप पेचिलो बन्दै,आक्रोसित दुवैतर्फका स्थानीय वासिन्दा सिमा क्षेत्रमा

हुम्ला र बाजुराको सिमानामा पर्ने लाम्पाटा, च्याचौर, रानीसैन लगायतका क्षेत्रमा देखिएको विवाद थप पेचिलो बन्दै गएको छ । दुवै जिल्लाका नागरिक र सरकारले आप्mनो दावी गर्दै दलबलसहित सम्बन्धित...
एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई किर्डाक नेपालको प्रोत्साहन सहयोग

एसईईमा उत्कृष्ट नतिजा ल्याउने दुई विद्यार्थीलाई किर्डाक नेपालको प्रोत्साहन सहयोग

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल हुम्लाले सञ्चालन गर्दै आएको नियमित कार्यक्रम अन्तर्गत हुम्लाका दुई जना उत्कृष्ट विद्यार्थीलाई प्रोत्साहन स्वरुप नगद सहयोग गरिएको छ ।
आइतबार सिमकोटमा सञ्चालित घुम्ती शिविरबाट १ सय २८ जना लावाम्भीत, १७ जनाको रिफर

आइतबार सिमकोटमा सञ्चालित घुम्ती शिविरबाट १ सय २८ जना लावाम्भीत, १७ जनाको रिफर

जिल्ला अस्पताल सिमकोटमा सञ्चालित स्वास्थ्य तथा अपाङ्गता परिक्षण घुम्ती शिविर सञ्चालन गरिएको छ । आइतबार जिल्ला अस्पताल हुम्लामा सञ्चालन गरिएको उक्त शिविरबाट एक सय २८ जना लाभान्वित भएका...
भर्खरै