नेभिगेशन
समाज

कैलाश मानसरोवर दर्शनका लागि पर्यटक हुम्ला आउन सुरु

सिमकोट । पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन सुरु भएको छ । शनिबार भारतीय र एनआएन गरी १२ विदेशी पर्यटक मासरोवर कैलाश दर्शन गर्न जानका लागि हुम्लामा पुगेका छन् । 
   शनिबार आएका १२ जना विदेशी पर्यटक यो वर्षका पहिलो पर्यटक भएको सिमकोट विमानस्थलमा ट्याक्स उठाउन खटिएका गाउँपालिका चौथो सहायक राजश्व संकलक दिपेन्द्र भण्डारीले बताउनुभयो । राजश्व संकलक भण्डारीले यो वर्षका पहिलो पर्यटक आउन सुरु गरेको उहाँले बताउनुभयो । 
    काठमाण्डौँ हुँदै केरुङ्ग नाकाको रुट भन्दा हुम्लाक ो रुट कैलाश मानसरोवर दर्शनका लागि छोटो भएकाले यताबाट विदेशी पर्यटक आउने गरेको उहाँले बताउनुभयो । राजश्व संकलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट रु एघार सय र एनआरएनबाट रु पन्ध्र सय प्रति पर्यटकबाट संकलन गर्ने गरेको बताउनुभयो ।
    हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर पछिललो दिन सिमकोटबाट चीनसँगको सिमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको रुट भएर बढी विदेशी पर्यटक आउने अपेक्षा समेत गरिएको छ । शनिबार हुम्ला पुगेका विदेशी पर्यटक समिट एयरमार्फत हुम्ला पुगेका हुन् । उनीहरु सिमकोटदेखि हिल्सासम्म गाडीमार्फत यात्रा गर्ने भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।