नेभिगेशन
समाज

कैलाश मानसरोवर दर्शनका लागि पर्यटक हुम्ला आउन सुरु

सिमकोट । पवित्र धार्मिक तीर्थस्थल कैलाश मानसरोवर दर्शनका लागि भारतीय पर्यटक हुम्ला आउन सुरु भएको छ । शनिबार भारतीय र एनआएन गरी १२ विदेशी पर्यटक मासरोवर कैलाश दर्शन गर्न जानका लागि हुम्लामा पुगेका छन् । 
   शनिबार आएका १२ जना विदेशी पर्यटक यो वर्षका पहिलो पर्यटक भएको सिमकोट विमानस्थलमा ट्याक्स उठाउन खटिएका गाउँपालिका चौथो सहायक राजश्व संकलक दिपेन्द्र भण्डारीले बताउनुभयो । राजश्व संकलक भण्डारीले यो वर्षका पहिलो पर्यटक आउन सुरु गरेको उहाँले बताउनुभयो । 
    काठमाण्डौँ हुँदै केरुङ्ग नाकाको रुट भन्दा हुम्लाक ो रुट कैलाश मानसरोवर दर्शनका लागि छोटो भएकाले यताबाट विदेशी पर्यटक आउने गरेको उहाँले बताउनुभयो । राजश्व संकलक भण्डारीका अनुसार भारतीय पर्यटकबाट रु एघार सय र एनआरएनबाट रु पन्ध्र सय प्रति पर्यटकबाट संकलन गर्ने गरेको बताउनुभयो ।
    हुम्ला पुगेका विदेशी पर्यटक एक दिन सिमकोट बास बसेर पछिललो दिन सिमकोटबाट चीनसँगको सिमानाका हिल्सा हुँदै कैलाश मानसरोवर दर्शनका लागि जाने गरेका छन् । गत वर्षको तुलनामा यो वर्ष कैलाश मानसरोवर दर्शनका लागि हुम्लाको रुट भएर बढी विदेशी पर्यटक आउने अपेक्षा समेत गरिएको छ । शनिबार हुम्ला पुगेका विदेशी पर्यटक समिट एयरमार्फत हुम्ला पुगेका हुन् । उनीहरु सिमकोटदेखि हिल्सासम्म गाडीमार्फत यात्रा गर्ने भएका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन