नेभिगेशन
समाज

बैदेशिक रोजगार सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिमकोट । बैदेशिक रोजगारमा जाने नेपाली नागरीकका लागि सुरक्षित आप्रवास सम्बन्धि जिल्ला स्थित सञ्चारकर्मीहरु अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिकामा रहेको रोजगार शाखाले हुम्लामा रहेका सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष सुरेश परियारको अध्यक्षतामा र रेडियो प्रशारक संघका जिल्ला अध्यक्ष जनक बहादुर शाहीको प्रमुख आथित्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔ भन्ने सम्बन्धि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको सिमकोट गाउँपालिका रोजगार शाखाका प्रमुख अदन भण्डारीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रमुख भण्डारीले अहिले वैदेशिक रोजगारीमा जाने युवाहरुले सहि तथ्यांक बुझेर मात्र गए कसैले दुःख नपाउने बताउनुभयो । 
वैदेशिक रोजगारीका लागि आर्थिक कारोबार गर्दा प्रमाणको आधारमा मात्र लेनदेन गर्न सुझाव दिनुभएको हो । स्थानीय सरकारले अब सामी कार्यक्रमलाई सहजिकरण गदै अगाडि बढन लागेको छ । वैदेशिक रोजगार सम्बन्धि सामी कार्यक्रम हुम्लाको सिमकोट र सर्केगाड गाउँपालिकामा मात्रै लागु भएको छ । यो कार्यक्रम अन्य पाँचवटा स्थानीय तहमा पनि लागु हुने भएको छ । 
देशमा बेरोजगारी यसको मुख्य कारण युवाहरु विदेश पलायन हुने गरेका छन् । अब मिडिया मार्फत  सबैलाई जानकारी दिन यदि विदेश जान लागिरहेका छन् भने अवश्य श्रमस्वकृति लिएर मात्र जाने भनेकोले जनचेतना जगाउने कार्यक्रम गर्न आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाल सरकार र स्वीस सरकार बीच भएको दिवपक्षीय समझौता अनुरुप श्रम रोजगार जान आग्रह गरिएको छ । 
अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीका लागि जानुभन्दा पहिला श्रममन्त्रालयबाट श्रमस्कृति लिएर जान र भरपर्दो विश्वाससिलो मेन पावर बाट मात्र जना सुझाव दिनुभएको छ । यदि वैदेशिक रोजगारीका क्रममा कसैलाई मृत्यु भयो र कुनै रोग लागेमा उपचार गर्न र कानुनी प्रक्रिया बाट अगाडि बढाउन सजिलो हुने उहाँले बताउनुभयो । वैदेशिक रोजगारी जानुअघि बैकिङ्ग कारोबार वा प्रमाणको आधारमा मात्र आर्थिक लेनदेन गर्न सुझाव दिनुभएको थियो । अहिले सिमकोट गाउँपालिकाबाट आधिकारी रुपमा वैदेशिक रोजगारमा जानेको संख्या शून्य रहेको छ । तर हुम्लाबाट चार सय ६२ जनाले स्वीकृत लिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।