नेभिगेशन
समाज

बैदेशिक रोजगार सम्बन्धि सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

सिमकोट । बैदेशिक रोजगारमा जाने नेपाली नागरीकका लागि सुरक्षित आप्रवास सम्बन्धि जिल्ला स्थित सञ्चारकर्मीहरु अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सिमकोट गाउँपालिकामा रहेको रोजगार शाखाले हुम्लामा रहेका सञ्चारकर्मीहरुसँग एक कार्यक्रमको आयोजना गरी अन्तरक्रिया कार्यक्रम गरेको हो । नेपाल पत्रकार महासंघका वरिष्ठ उपाध्यक्ष सुरेश परियारको अध्यक्षतामा र रेडियो प्रशारक संघका जिल्ला अध्यक्ष जनक बहादुर शाहीको प्रमुख आथित्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । 
स्वदेशमा नै रोजगारी गरौं वैदेशिक रोजगारीमा जाने नै भए सहि सुचना लिएर र सीप सिकेर मात्र जाऔ भन्ने सम्बन्धि सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सम्पन्न भएको सिमकोट गाउँपालिका रोजगार शाखाका प्रमुख अदन भण्डारीले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा प्रमुख भण्डारीले अहिले वैदेशिक रोजगारीमा जाने युवाहरुले सहि तथ्यांक बुझेर मात्र गए कसैले दुःख नपाउने बताउनुभयो । 
वैदेशिक रोजगारीका लागि आर्थिक कारोबार गर्दा प्रमाणको आधारमा मात्र लेनदेन गर्न सुझाव दिनुभएको हो । स्थानीय सरकारले अब सामी कार्यक्रमलाई सहजिकरण गदै अगाडि बढन लागेको छ । वैदेशिक रोजगार सम्बन्धि सामी कार्यक्रम हुम्लाको सिमकोट र सर्केगाड गाउँपालिकामा मात्रै लागु भएको छ । यो कार्यक्रम अन्य पाँचवटा स्थानीय तहमा पनि लागु हुने भएको छ । 
देशमा बेरोजगारी यसको मुख्य कारण युवाहरु विदेश पलायन हुने गरेका छन् । अब मिडिया मार्फत  सबैलाई जानकारी दिन यदि विदेश जान लागिरहेका छन् भने अवश्य श्रमस्वकृति लिएर मात्र जाने भनेकोले जनचेतना जगाउने कार्यक्रम गर्न आवश्यकता रहेको उहाँले बताउनुभयो । नेपाल सरकार र स्वीस सरकार बीच भएको दिवपक्षीय समझौता अनुरुप श्रम रोजगार जान आग्रह गरिएको छ । 
अन्तरक्रिया कार्यक्रममा वैदेशिक रोजगारीका लागि जानुभन्दा पहिला श्रममन्त्रालयबाट श्रमस्कृति लिएर जान र भरपर्दो विश्वाससिलो मेन पावर बाट मात्र जना सुझाव दिनुभएको छ । यदि वैदेशिक रोजगारीका क्रममा कसैलाई मृत्यु भयो र कुनै रोग लागेमा उपचार गर्न र कानुनी प्रक्रिया बाट अगाडि बढाउन सजिलो हुने उहाँले बताउनुभयो । वैदेशिक रोजगारी जानुअघि बैकिङ्ग कारोबार वा प्रमाणको आधारमा मात्र आर्थिक लेनदेन गर्न सुझाव दिनुभएको थियो । अहिले सिमकोट गाउँपालिकाबाट आधिकारी रुपमा वैदेशिक रोजगारमा जानेको संख्या शून्य रहेको छ । तर हुम्लाबाट चार सय ६२ जनाले स्वीकृत लिएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै