नेभिगेशन
समाज

 सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम  सम्पन्न

सिमकोट । जिल्लाको खार्पुनाथ गाउँपालिकाले आइतबार सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय तहले सुशासन र पारदर्शिताको पाटोलाई चासो नै नदिएका बेला हुम्लाको खार्पुनाथ गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि निति योजना तथा सुझाव संलनको कार्यक्रम सम्पन्न गरेको छ । 
गाउँपालिकाले आफ्नो सार्वजनिक सुनुवाई तथा अर्धवार्षिक समीक्षा गर्ने भनेर सदरमुकाममा रहेका सञ्चार माध्यमबाट सुचना सार्वजनिक गरेपनि नागरीकको निकै कम उपस्थित रहेको थियो ।  
यस आर्थिक वर्षमा खापुनार्थ गाउँपालिकाले सञ्चालन गरेका विषयगत समिति अन्तर्गतका सबै गतिविधि प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीले प्रस्तुत गर्नुभएको थियो । गाउँपालिकामा कुल विनियोजित रु ३९ करोड ८३ लाख ८४ हजार आठ सय १२ रुपैयाँ रकम थियो भने हालसम्म १९ करोड २७ लाख ९ (नौँ) हजार एक सय १३ रुपैयाँ अर्थात ४८.३७ प्रतिशत खर्च भएको छ । बाँकि रकम २० करोड ५६ लाख ७५ हजार छ सय २८ रुपैयाँ  खर्च गर्न बाँकि रहेको प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो ।खार्पुनाथ गाउँपालिकाको बेरुजु आर्थिक वर्ष २०८०÷८१ मा मलेप को रिपोर्ट अनुसार ० दशमल ७१ प्रतिशत कायम भै जिल्लामा कम बेरुजु भएर कर्णाली प्रदेशको पाँचौ स्थानमा रहेको छ । 
यस्तै २०७९÷८० मा बेरुजु छ करोड ५६ ला ३३ हजार कायम रहेकोछ भने २०८०÷८१ को बेरुजु रु ६१ लाख ८५ हजार रहेको छ । स्थानीय तहको सुरुवाती २०७४ साल देखिको कुल बेरुजुको रकम रु ७ करोड १८ लाख १८ हजार रहेको छ । भने यो सबै बेरुजु रकम असुली गर्नु पर्ने नभएतापनि यसमा अधिकांस रकम असुली गर्नु पर्ने देखिएको छ । बेरुजु मध्येको केही रकम निलमा झार्नका लागि आवश्यक कागजात नपुगेको हुँदा पेश गर्नु पर्ने भएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताउनुभयो । 
खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले सार्वजनिक सुनुवाइको महत्वलाई औंल्याउदै हामी जनताको आवाजलाई सुन्न र समावेशी भएका योजनाहरू तयार गर्न यो कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । यसले जनतासँगको सीधा संवादलाई सुदृढ पार्ने काम गर्ने अध्यक्ष रावलले बताउनुभयो । 
जसका लागि कार्यक्रम आयोजना गरिएको हो उनीहरू नै उपस्थित नहुने योजना माग्ने बेला निवेदान ल्याएर अध्यक्ष, उपाध्यक्ष , प्र्रमुख प्रशासकीय अधिकृत भेट्ने र योजना माग्गे सार्वजनिक सुनुवाइमा उपस्थित न्यून हुने प्रवृति राम्रो नभएको नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाहील बताउनुभयो ।
यस्तै कार्यक्रममा सहभागीहरूले गाउँपालिकाको विभिन्न योजनाहरूको बारेमा विचार, सुझाव, सल्लाह दिनुका साथै प्रश्न समेत गरेका थिए । विशेष गरी स्थानीय पूर्वाधार, स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रका सुधारका लागि विभिन्न सुझाव र प्रतिक्रिया दिएका थिए ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावल, उपाध्यक्ष ज्ञान बहादुर सिंह, एकदेखि पाँचसम्मका वडाध्यक्ष, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय नागरिक लगायत सञ्चारकर्मीहरुको समेत सहभागीता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्

ऐटन रावल रेडियो कर्णाली आवाजका रिर्पोटर हुन् । रेडियोको कार्यक्रम उत्पादन तथा सञ्चालन, समाचार लेखन तथा बाचनको कामका अलावा । रेडियोको प्राविधक काममा समेत लागिरहनु भएको छ । 

भर्खरै