नेभिगेशन
समाज

सम्भावित विपद जोखिम पूर्व तयारीका लागि कृतिम अभ्यास सम्पन्न

    सिमकोट ।  पुनर्वासमा सम्भावित विपद् जोखिम पूर्व तयारी तथा प्रतिकार्यका बारेमा पुनर्वास जिल्ला बिपद ब्याबस्थापन समितीले सोमबार जिल्ला बिपद ब्यवस्थापनको टोली,नेपाली सेना नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल रेडक्रस बिच संयुक्त अभ्यासमूलक अनुशिक्षण गरेको छ । बर्षायाम मा आपतकालिन अवस्थामा पुनर्वास  हुम्लाका स्थानिय  बस्तिहरू बाढीको जोखिममा बाट बच्न बिशेष गरी यस क्षेत्रमा असार, साउन, भदौ र असोज महिनामा अत्यधिक वर्षा हुने गर्दछ । जसका कारण  हुम्ला जिल्लामा बाढीले विगत वर्षहरूमा धेरैनैै क्षति पु¥याएको थियो । अभ्यास कार्यक्रममा पुनर्वासमा सबैभन्दा बढि बाढीको जोखिममा रहेका बस्तीका बसिन्दाहरु बिच बाढीबाट हुने सम्भावित क्षति जोगाउन गरिने पूर्व तयारी तथा विपद् पछिको प्रतिकार्यका बारेमा अभ्यास केन्द्रित गरिएको थियो । 


 संयुक्त अभ्यासमूलक अनुशिक्षण जनधनको क्षतिबाट बचाउन गरिने प्रयास, मृतक तथा घाइतेहरूको उद्धार तथा राहत, उपचार प्रणाली, सूचना संकलन तथा अद्यावधिक, समुदाय परिचालन सहितका विषय ‘नाटकीय’ शैलीमा प्रस्तुत गरिएको जिल्ला बिपद ब्यवस्थापन समितिका अध्यक्ष नाराय पाण्डेले बताउनु भएको छ ।  प्राय  पुनर्वास हुम्ला जिल्लाकोे अधिकांश भूभाग हरु बाढीको जोखिममा रहेको छ । तसर्थ नदी तथा खोला तटीय क्षेत्रहरु बाढीको समयमा उच्च जोखिममा रहने भएकोले उक्त विपद् व्यवस्थापन अभ्यास ले केही हद सम्म क्षति न्यूनीकरणमा टेवा पुग्ने  जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भएको छ ।  विपद् प्रतिकार्यमा क्रममा खटिने नेपाल रेडक्रस , नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सक्रिय मनसुन अगावै विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा राख्न सञ्चालन गरिएको यस्तो अभ्यासले प्रभावकारी परिचालनका लागि तयारीको संकेत दिएको छ । 
विपद्का घटना हुदा कुनै पनि नागरिकले कसरी सुरक्षित हुने र तत्काल व्यवस्थापनका लागि कसलाई कहाँ खबर गर्ने भन्ने विषयमा अभ्यास प्रदर्शनीबाट स्थानीय लाई सचेत गरिएको हो । 
कुनै पनि स्थानमा विपदका घटनाहरू भएको जानकारी प्राप्त हुनासाथ तत्काल परिचालित हुने भनेकै सुरक्षा निकाय रहेको हुनाले अभ्यासमूलक अनुशिक्षणमा विपद पछि सुरक्षाफौजबाट हुने खोज तथा उद्धारका कार्यमा बढी समय दिइएको थियो । नेपालको भौगोलिक बनावट तथा जलवायु परिवर्तनका कारण बाढी र पहिरोको बिपदबाट हुन सक्ने सम्भावित क्षति न्यूनीकरण गर्न प्रतिकार्यटोली प्रभावकारी रुपमा परिचालित हुनुपर्ने कुरालाई मध्यनजर गर्दै मनसुनजन्य विपद विरुद्ध खटिने प्रतिकार्य टोलीसंग स्थानियको साथ सहयोग र हातेमालोको आवश्यकता औल्याउदै आपतकालीन खोज, उद्धार तथा राहत वितरण गर्ने कार्य प्रभावकारी रूपमा अघि बढाउन स्थानियको भुमिका अहम रहने भएकाले  जिल्ला बिपद ब्याबस्थापन समिती अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी ले सबैमा सहयोगका लागि अपिल गरे । 
 विगतका समयमा बाढी र पहिरोबाट यहाँ ठुलो जनधनको क्षति भएको र मनसुन पूर्णतया सक्रिय हुने समय भएको बेला यस्ता घटना विरुद्ध प्रतिकार्यका लागि तयारी अवस्थामा रहन संयुक्त अभ्यासमूलक अनुशिक्षण प्रभावकारी हुने जिल्ला रेक्रस सोसाइटी का सभापती गण्श महतले बताउनु भएको हो । हरेक विपद्को समयमा सुरक्षा निकायको भुमिका नै पहिलो स्थानमा उभिएको छ । हुनसक्ने खतरा र त्यसको प्रभावकारी खोज, उद्धार, राहत, समन्वयलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले समय समयमा कृतिम घटना अभ्यासको आयोजना महत्तो पण भएको र जिल्लाको ग्रमिण भेगका स्थानिय लाई संचार माध्याम एक महत्तो रहेको कारण लोक कल्याणकारी बिज्ञपन प्रचार प्रसामा जोड दिनु प्रर्ने नेपाल पत्रकार महासंघ उपाध्यक्ष सुरेस परियारले  बताए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

हेल्थ अश मेडिकल सेन्टरको आयोजनामा सर्केगाड गाउँपालिका–८ को रादेउ र रोडिकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा...
हुम्ला  पुर्ण खोप जिल्ला घोषणा

हुम्ला पुर्ण खोप जिल्ला घोषणा

जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन...
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।
भर्खरै