नेभिगेशन
सिमकोट

६१ जनाको स्वाब संकलन

काठमाण्डौबाट हुम्लाको सिमकोट सिमकोट भित्रीएका ६१ जना नागरीकको सिमकोट गाउँपालिकाले पिसीआर विधिबाट स्वाब संकलन गरेको छ ।

नेपाल सरकारले पिसिआर तथा आरडिटिका स्वास्थ्य सामाग्री नपठाए पछि सिमकोट गाउँपालिकाले दुई हजार पिसीआर आफै खरिद गरेर छ ।

सिमकोट गाउँपालिकाले यस अघी ८ सय २५ जनाको स्वाव संकलन गरी कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा चेक जाँचका लागी पठाएको थियो भने सबैको रिर्पोट नेगेटिभ आएको थियो ।

पछिल्लो समय लकडाउन (बन्दाबन्दी) खुकुलो भएसँगै मानिसहरूको चहलपहल जिल्ला सदरमुकाम सिमकोटमा बढ्न थाले पछि सिमकोट गाउँ पालिकाले आफ्ना नागरीको जिउज्यान सुरक्षाका लागी आफै पिसिआर किटहरु खरिद गरी जिल्ला बाहिरबाट आएका नागरिकको स्वाव संकलन गरेको हो ।

शनिबार मात्रै जिल्ला सदरमुकाम सिमकोटमा होमक्वारेन्टिनमा बसेका सिमकोट गाउँपालिकाका नागरिक र जिल्ला सदरमुकाम सिमकोटमा स्थापना भएका सरकारी कार्यालयका कर्मचारीलाई निश्ल्करुपमा पिसिआर विधिबाट स्वाव संकलन गरेको सिमकोट गाउँ पालिका स्वास्थ्य शाखा संयोजक दानबहादुर बोहोराले जानकारी दिए ।

शनिवार संकलन गरिएका स्वावहरु आईतबार कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा पठाइने र चेक जाँच गर्दा यसको रिपोर्ट आउन ४÷५ लाग्ने भएको संयोजक बोहोराले बताए ।

सिमकोट गाउँपालिकाले ३५ जना जिल्ला सदरमुकाम सिमकोटमा होम क्वारेन्टिनमा बसेका व्यक्तीको स्वाव संकलन गरेको हो भने बाँकी २६ जना आजै नेपालगन्ज सुर्खेतबाट आएका व्यक्तीको स्वाव संकलन गरेको हो ।

सिमकोट गाउँपालिकाले निशुल्करुपमा पिसिआर विधिबाट शनिवार मात्रै स्वाव संकलन गरिएका व्यक्ती मध्य १८ महिला ४३ पुरुष रहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग  सम्वन्धि अभियान सुरु

नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु

जिल्ला सदरमुकाम सिमकोट समेत रहेको सिमकोट गाउँपालिकाले आजबाट नसर्ने रोगको पहिचानका लागि एक महिने े स्क्रिनिङ्ग सम्वन्धि अभियान सुरु गरेको । उक्त अभियान सिमकोट गाउँपालिकाका आठ वटै वडामा...
सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिका स्वास्थ्य शाखाको अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन

सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आफ्नो अर्धवार्षिक प्रगती समिक्षा गोष्ठी सम्पन्न गरेको छ । गाउँपालिकाको पालिका स्तरीय अर्धवार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न भएको हो । सिमकोट गाउँपालिकामा रहेका ४...
विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

विभिन्न चार वटा निर्णय गर्दै सिमकोटका विपद व्यवस्थापन समिति बैठक सम्पन्न

सिमकोट गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक बसेको छ । सिमकोट गाउापालिकाले अहिले सम्म विपदका घटनाका विवरण संकलनका बारेमा जानकारी गराएको थियो । आउने दिनमा कसरी विपदमा रहेर काम...
भर्खरै