नेभिगेशन
समाज

सस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरण विषयक २ दिने अन्तरक्रिया सञ्चालन


हुम्लाको सिमकोट गाउँपालिका वडा नम्ब पाँच तल्लो गाउँमा शुक्रबार संस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरण विषय सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा वडा नम्बर पाँचका वडाध्यक्ष चिन रावतको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को प्रमुख आथित्यमा सस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरण विषयक अन्तरक्रिया आजबाट सञ्चालन भएर भोली सम्पन्न हुने भएको छ । 
जिल्लामा पछिल्लो पुस्ताका युवाहरुले आफ्नो पुरानो संस्कृति रहनसहन, भेषभुषा विर्सदै आधुनिकतामा बढी मोहित हुन थालेपछि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ । पुराना पुस्ताका केही बुढापाखाले मात्रै आफ्नो संस्कृतिलाई निरन्तरता दिदै आएको भएपनि अहिलेका युवा पुस्ताले पुरानो संस्कृति प्रति चासो नराख्नु दुखत विषय भएको सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । हाम्रो संस्कृति, रितिरिवाजलाई जर्गेना गर्नुका साथै अहिलेका पुस्ताले आफ्नो मुल संस्कारलाई छोड्न नहुने बताउनुभयो । साथै समय अनुसारको सम्पतीको पुस्तान्तरण हुँदै गएको बताइएको छ । भने पुरानो इतिहास खोतलेर अहिलेका पुस्ताले आफुभन्दा पछिल्ला पुस्तालाई आफ्नो संस्कार सिकाउन जरुरी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । यहाँका युवा पुस्ताहरु यस प्रति जागरुक हुन आवश्यक रहेको छ । 
त्यसैगरी आफ्नो गोत्र, सात पुस्तासम्मको जिजुबाजेको पहिचान युवा पुस्ताले थाहा पाइराख्नका लागि यो कार्यक्रम सञ्चालन भएको हो । यस्तै शुक्रबार भएको उक्त कार्यक्रममा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले विकास भौतिक मात्रै नभएर आर्थिक, सामाजिक, धार्मिक क्षेत्रको पहिचानका साथै सँगसँगै लैजानुपनि विकास भएको बताउनुभयो । हाम्रो समाजमा हिजो के भएको थियो, आज के भइरहेको छ, भोलीका दिनमा के हुन्छ भन्ने तर्फ युवा पुस्ताले ध्यानकेन्द्रित राख्नु पर्ने उपाध्यक्ष रोकायाको भनाई थियो । 
आर्थिक वर्ष २०८०।०८१ लाई यो कार्यक्रम लक्षित गरेर वडा नम्बर पाँचमा लागु गर्ने भनिएपनि यो आर्थिक वर्षबाट सुरु भएको वडा नम्बर पाँचका वडाध्यक्ष रावतले बताउनुभयो । दुई दिने अन्तरक्रिया कार्यक्रमपछि वडा नम्बर पाँचमा पुस्ता अभिलेखिकरण स्थापना गर्नुका साथै यो कार्यक्रमले सक्रात्मक सन्देश दिने अपेक्षा समेत गरिएको छ । वडा नम्बर पाँचका विभिन्न टोल टोलका युवा र बुढापाखा राखेर पुस्ता पहिचान गरिने भएको वडाध्यक्ष रावतले बताउनुभयो । सस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरणका लागि रु पाँच लाख रुपैयाँ छुट्याइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।