नेभिगेशन
समाज

सस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरण विषयक २ दिने अन्तरक्रिया सञ्चालन


हुम्लाको सिमकोट गाउँपालिका वडा नम्ब पाँच तल्लो गाउँमा शुक्रबार संस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरण विषय सम्बन्धि अन्तरक्रिया कार्यक्रम सञ्चालन भएको छ । माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा वडा नम्बर पाँचका वडाध्यक्ष चिन रावतको अध्यक्षतामा र सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध)को प्रमुख आथित्यमा सस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरण विषयक अन्तरक्रिया आजबाट सञ्चालन भएर भोली सम्पन्न हुने भएको छ । 
जिल्लामा पछिल्लो पुस्ताका युवाहरुले आफ्नो पुरानो संस्कृति रहनसहन, भेषभुषा विर्सदै आधुनिकतामा बढी मोहित हुन थालेपछि उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी प्राप्त भएको छ । पुराना पुस्ताका केही बुढापाखाले मात्रै आफ्नो संस्कृतिलाई निरन्तरता दिदै आएको भएपनि अहिलेका युवा पुस्ताले पुरानो संस्कृति प्रति चासो नराख्नु दुखत विषय भएको सिमकोट गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । हाम्रो संस्कृति, रितिरिवाजलाई जर्गेना गर्नुका साथै अहिलेका पुस्ताले आफ्नो मुल संस्कारलाई छोड्न नहुने बताउनुभयो । साथै समय अनुसारको सम्पतीको पुस्तान्तरण हुँदै गएको बताइएको छ । भने पुरानो इतिहास खोतलेर अहिलेका पुस्ताले आफुभन्दा पछिल्ला पुस्तालाई आफ्नो संस्कार सिकाउन जरुरी रहेको अध्यक्ष भण्डारीले बताउनुभयो । यहाँका युवा पुस्ताहरु यस प्रति जागरुक हुन आवश्यक रहेको छ । 
त्यसैगरी आफ्नो गोत्र, सात पुस्तासम्मको जिजुबाजेको पहिचान युवा पुस्ताले थाहा पाइराख्नका लागि यो कार्यक्रम सञ्चालन भएको हो । यस्तै शुक्रबार भएको उक्त कार्यक्रममा सिमकोट गाउँपालिका उपाध्यक्ष शुसिला रोकायाले विकास भौतिक मात्रै नभएर आर्थिक, सामाजिक, धार्मिक क्षेत्रको पहिचानका साथै सँगसँगै लैजानुपनि विकास भएको बताउनुभयो । हाम्रो समाजमा हिजो के भएको थियो, आज के भइरहेको छ, भोलीका दिनमा के हुन्छ भन्ने तर्फ युवा पुस्ताले ध्यानकेन्द्रित राख्नु पर्ने उपाध्यक्ष रोकायाको भनाई थियो । 
आर्थिक वर्ष २०८०।०८१ लाई यो कार्यक्रम लक्षित गरेर वडा नम्बर पाँचमा लागु गर्ने भनिएपनि यो आर्थिक वर्षबाट सुरु भएको वडा नम्बर पाँचका वडाध्यक्ष रावतले बताउनुभयो । दुई दिने अन्तरक्रिया कार्यक्रमपछि वडा नम्बर पाँचमा पुस्ता अभिलेखिकरण स्थापना गर्नुका साथै यो कार्यक्रमले सक्रात्मक सन्देश दिने अपेक्षा समेत गरिएको छ । वडा नम्बर पाँचका विभिन्न टोल टोलका युवा र बुढापाखा राखेर पुस्ता पहिचान गरिने भएको वडाध्यक्ष रावतले बताउनुभयो । सस्कृति जर्गेना तथा पुस्ता अभिलेखिकरणका लागि रु पाँच लाख रुपैयाँ छुट्याइएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै