नेभिगेशन
समाज

बाल कचहरीमार्फत सम्बन्धित सरोकारवाला निकायलाई आफ्नो हक अधिकार माग्दै हुम्लाका बालबालिका

  सिमकोट । गुडनेवर इन्टरनेश्नल संस्था हुम्लाको आर्थिक सहयोग, किर्डाक नेपाल, आधार विकास नेपालको सहकार्य, सिमकोट गाउँपालिकाको समन्वय र रेडियो कर्णाली आवाजको आयोजनामा बाल कचहरी मार्फत सिमकोट गाउँपालिकास्थित रहेका बालबालिकाले आफ्नो हक अधिकारका साथै लगानी वृद्धिसहित बालअधिकार सुनिश्चित गर्न माग गरेका थिए । सिमकोट गाउँपालिका भित्र रहेका सतप्रतिशत बालबालिका विद्यालय भर्ना नभएको मानसरोवर माध्यामिक विद्यालयका विद्यार्थी नरेश शाहीले सोही गाउँपालिका अध्यक्ष विजय भण्डारीलाई प्रश्न गर्नुभएको थियो । 
   यस्तै बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थी कर्टिना बोहराले बाल कचहरी कार्यक्रमका प्रमुख अथिती सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी अथिती प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेलाई आफुहरु जस्तो विद्यार्थीले अझैपनि घरमा गृहकार्य गर्नका लागि विद्युतको समस्या भोग्नुपरेको बताउनुभयो । पालिकाले विद्यालयमा व्यवस्थित खानेपानी, सेनेटरी प्याड, छात्रामैत्री शौचालयको अभाव रहेको जिज्ञासा समेत राखेका थिए । यस्ता आधारभूत आवश्यकता कहिले पूरा हुन्छ भन्ने प्रश्न समेत गरेका थिए । 
   अर्का बालमन्दिर माध्यामिक विद्यालयमा अध्ययनगर्दै आएका विद्यार्थी प्रतिक्षा बोहराले विद्यालय क्षेत्रलाई नेपाल सरकारले २०६८ सालमा शान्ति क्षेत्र घोषणा गरेपनि बालमन्दिर माध्यामिक विद्यालय आसपासका गाडीका हर्न, ग्यारेज लगायतले पठनपाठनले समस्या बनाएको सम्बन्धित पक्षलाई चार पटक समाधानका लागि आग्रह गर्दा पनि अझै समस्या नहटेको बताउनुभयो । 
   मानसरोवर माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका हरि बुढाले जाति भेदभाव छुवाछुत, छाउपडी प्रथा अन्धविश्वास अझै कायमै रहेको बताउनुभयो । त्यसैगरी मालमन्दिर माध्यामिक विद्यालयमा अध्ययन गर्दै आएका अर्का विद्यार्थीले पनि श्रद्धा सुनारले जिल्लामा बालबालिका माथि यौन दुरव्यवहार, हिंसा लगायतका घट्ना घटेपनि गाउँघरमै मिलोमतो गरिने गरेको बताउनुभयो । बालश्रम, छाउपडी प्रथा, लैंगिक हिंसा, अपाङ्गमैत्री विद्यालय निर्माण, जातीय छुवाछुत, खानेपानी समस्या, सेनेटरी प्याडजस्ता विषयमा प्रश्न उठेका थिए । 
    कचहरीमा उठेका प्रश्नको सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले, आफ्नो कुल बजेटको ५० प्रतिशत बढी शिक्षा, स्वास्थ्य क्षेत्रमा समेट्नुका साथै नीति तथा कार्यक्रममा बालबालिका सम्बन्धी बनेका नीति र बाल केन्द्रित बजेट भएको बताउनुभयो । गाउँपालिकाले आफ्नो सक्दो बजेट, गाउँपालिकाको विकास, शुसान, बालअधिकार, लगायतका क्षेत्रमा काम गरिरहेको गाउँपालिका अध्यक्ष भण्डारीले बताउनुभयो । बालबालिकाको शिक्षाका लागि स्थानीय तहमार्फत पहल गरी शिक्षाको पहुँचमा पु¥याउने, विद्यालयमा खानेपानी शौचालयका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । 
    स्थानीय तहमा भएका सानातिना मुद्दाको समाभान गर्ने निकाय सम्बन्धित स्थानीय तह भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । यति बालबालिका क्षेत्रमा बालहिंसा, बालदुरव्यवहार, यौन हिंसा लगायतका घट्ना यदि समाजमा घटेका छन् भने जिल्ला प्रहरी कार्यालयमा खबर गर्न र त्यस लग्गतै कारबाही प्रक्रिया अगाडी बढ्ने प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । 
     विद्यार्थीले उठाएका प्रश्नको जवाफ दिदै प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले, नेपाल सरकारले कानुनमा विभिन्न कानुनका संयन्त्र बनाएको बताउनुभयो । यदी विद्यार्थीले उठाएका प्रश्न अनुसार समाजमा घटेका छन् । भने कानुनी दायरामा ल्याउनु बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।