नेभिगेशन
समाज

    हुम्लीको विकास अधिकारमा जनताको सञ्चार माध्याम बनेको रेडियो कर्णाली १४ वर्षमा प्रवेश

सिमकोट ।       हुम्लामा २०६९ साल असार एक गते दिउँसो एक बजे स्थापना भएको रेडियो कर्णाली आवाज आजबाट चौध वर्षमा प्रवेश गरेको छ । रेडियो सञ्चालक समितिका सदस्य नाग्म्याल तामाङको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम आइतबार विहान आठ बजे केक काटेर वार्षिक उत्सवक मनाइएको थियो । 


रेडियोको बार्षिक उत्सवका अवसरमा आईतबार बिहान केक काटेर एक कार्यक्रमको आयोजना गरि बार्षिक उत्सव मनाईएको हो । निक्कै उतारचढापका बिच रेडियोले सञ्चार क्षेत्रमा उल्लेखनीय कार्य गर्नुका साथे अझै निष्पक्ष र स्वतन्त्र हुनु पर्ने वार्षिक उत्सव कार्यक्रममा सहभागी विभिन्न वक्ताहरुले सुझाव दिनुभएको थियो । 


यस रेडियो कर्णाली आवाजको वार्षिक उत्सवका अवसरमा सिमकोट गाउपालिका अध्यक्ष विजय भण्डारी, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावल, प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेय, सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकाया, प्रहरी नायव उपरिक्षक शंकर पोखरेल, काँग्रेस उपसभापति बसन्त रोकाया, एमाले अध्यक्ष ज्ञानी बुमी, माओवादी केन्द्रका सचिव धर्मराज बोहरा, उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारी, पत्रकार महासंघका अध्यक्ष राजन रावत, प्रेश युनियनका अध्यक्ष राज शाही, प्रेश सेन्टरका भक्ताराज ऐडी लगायतले शुभकामना दिनुभएको थियो ।  


वार्षिक उत्सव कार्यक्रममा चौध वर्षसम्म आइपुग्दा रेडियो कर्णाली आवाजले यहाँका जनताको आवाज मुखरित गर्नुका साथै विभिन्न समयमा गरेका कार्यको रेडियोका स्टेसन म्यानेजर नवराज महताराले भिडियो, अडियो प्रतिबेदन पनि प्रस्तुत गर्नुभएको थियो । 
यस्तै कार्यक्रम अध्यक्ष तथा रेडियो सञ्चालक समितिका सदस्य नाग्म्याल तामाङले हुम्ला जस्तो दुर्गम जिल्लामा रेडियोले महत्वपूर्ण भूमिका खेलेको बताउँनु भयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।