नेभिगेशन
समाज

हुम्लाको उनापानीको औलवस्तिमा भिषण आगलागी आठ घर जले आगो अझै नियन्त्रणमा आउन सकेन्

सिमकोट  ।   हुम्लाको मध्ये भेगमा रहेको सर्केगाड गाउँपालिका–३ उनापानीको औलवस्तिमा भिषण आगलागी भएको छ । आइतबार राती उनापानीको औलवस्ति आठवटा घरमा आगलागी हुँदा विहान पाँच बजेसम्म नियन्त्रणमा आउन नसकेको बताइएको छ । राती एघार बजेतिर आगलागी हुँदा आठवटा घर जलेर पूर्ण रुपमा नष्ट भएका छन् । राती एघार बजे विर्ख रावतको घरको गोठबाट आगलागी भएर सल्केको आगोले धन बहादुर रातव र जनक रावतको घर जलेर नष्ट भएपछि अरु छिमेकीका बाँकी पाँच घरमा आगो सल्केर नष्ट भएको पिडित धन बहादुर रावतले बताउनुभयो । 


   आगो के कति कति कारणले लागेको कुनै जानकारी नभएको र सुरुमा आगलागी हुने गोठ विर्ख रावतका परिवार सबै लेखको वस्तिमा बस्ने र कसरी आगलागी भएको हो भन्ने थाहा नभएको रावतले बताउनुभयो । आइतबार आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् । सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राती दुई बजे घट्नास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । 


    उनापानीको औल वस्तिमा आगलागी हुँदा विजन फडेरा, धन बहादुर रावत, जनक रावत, विर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुल्ली फडेराको घर जलेर नष्ट भएका छन् । अन्य छिमेकीका घरमा आगलागी हुन् नदिएको बताइएको छ । आगलागी हुँदा घरमा भएका अन्नपात, भाडाकुडा, लिउ फेरुवा, नागरीकता, घरको लालपुर्जा, अन्य कागजात सहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको छ ।

पिडित धन बहादुर रावतका अनुसार आफ्नो घरमा भएको रु दुई लाख विस हजार नगद समेत जलेको दुख पोख्नुभयो । अन्य पिडितका घरमा भएको नगद समेत जलेको गुनासो पोख्नुभयो । उहाँले भन्नुभयो, खुट्टामा लगाउने चप्पल समेत जलेर नष्ट भएको छ । भएको जतिका सबै सम्पति जलेका छन् । मानविय क्षति कुनै भएको छैन् । अहिले सबै आगो नियन्त्रणमा लागि परेकाले क्षतिको विवरण आउन नसकेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सडक निर्माणका क्रममा घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु, पिडितले न्याय नपाउदासम्म अदानचुलीका सबै सडक बन्द

सडक निर्माणका क्रममा घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु, पिडितले न्याय नपाउदासम्म अदानचुलीका सबै सडक बन्द

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
भर्खरै