नेभिगेशन
समाज

 समता फाउण्डेशनद्धारा यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालबालिका सवालसम्बन्धि सरोकारवाला निकायसँग छलफल

सिमकोट ।  २०६५ सालमा स्थापना यतादेखि दलित तथा सिमान्तकृत समदायका क्षेत्रमा काम गर्दै आएको समता फाउण्डेशनले हुम्लाको सदरमुकाम सिमकोटमा सम्बन्धित सरोकारवाला निकायसँग यौन तथा प्रजनन स्वास्थ्य अधिकार र बालबालिकाका सवालका विषयमा एक दिने अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । हाम्रो जस्तो समाजमा जातीय विभेद र छुवाछुतको गहिरो जरा छ । दलित समुदायमाथिको अन्याय, अपमान, र अवसरको अभावका कारण हजारौं व्यक्तिको आत्मसम्मानमाथि आघात पुगिरहेको बेला समता फाउण्डेशनले यसको न्युनिकरणका लागि कर्णाली प्रदेशका नौ वटा जिल्लापछि दशौँ जिल्लामा यो कार्यक्रम सञ्चालन भएको हो । 
समता फाउण्डेशनले अहिले पनि जातीय विभेद अन्त्य गर्न अनुसन्धान, नीति निर्माण, र जनचेतना कार्यक्रममार्फत दलित समुदायको सशक्तीकरणमा केन्द्रीत रही काम गर्दै आइरहेको समता फाउण्डेशनका अध्यक्ष डाक्टर मदन पौडेलले बताउनुभयो । यसको मुख्य उद्देश्य दलित समुदायको सामाजिक, आर्थिक र राजनीतिक अधिकार सुनिश्चित गर्नु रहेको उहाँले बताउनुभयो । समता फाउण्डेशनले संविधान निर्माणदेखि दलित अधिकारका कानुनी सुधारसम्मको यात्रामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको अध्यक्ष पौडेलले बताउनुभयो । समता फाउण्डेशनले दलित मानवअधिकारकर्मीहरूलाई प्रशिक्षित गरी घटनाबारे पैरवी गर्न सशक्त बनाएको बताइएको छ । 
जातीय विभेदका घटनाहरूमा पीडितलाई न्याय दिलाउन कानुनी सहायता र परामर्श प्रदान गर्दै आएको छ । समता फाउण्डेशनले २०७७ सालदेखि ‘दलित मानव अधिकार पुस्तक’ प्रकाशित गर्दै जातीय भेदभावका घटनाहरूको विवरण प्रस्तुत गर्दै स्थानीय र संघीय तहमा पैरवी गर्नका लागि श्रोत सामग्री उपलब्ध गराउँदै आएको उहाँले बताउनुभयो । समता फाउण्डेशनले जातीय भेदभाव र सामाजिक असमानता विरुद्धको लडाइँलाई निरन्तर चलाउँदै, समानता र समावेशी समाज निर्माणको लक्ष्यमा प्रभावकारी भूमिका खेल्दै आएको छ ।
मंगलबार भएको सरोकारवाला निकायसँगको उक्त कार्यक्रममा विभिन्न सञ्चारकर्मी, राजनितिक दलका नेताहरुले हुमलामा अझै बालविवाह, जातिय विभेद, छुवाछुत, बहुविवाह, बालश्रम, यथावत नै रहेको बताएका छन् । यसका यहाँका स्थानीय सरकार विभिन्न संस्था, सरोकारवाला निकाय लागि परेपनि त्यति न्यूनिकरण हुन नसकेको बताएका थिए । 
समता फाण्डेशनका अध्यक्ष मदन पौडेलको अध्यक्षतामा, सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरो)को प्रमुख आथित्यमा र सिमकोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत वर्ष बहादुर फडेरा कार्कीको विशेष आथित्यमा सम्पन्न भएको छ । साथै आजे भएको कार्यक्रम नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति बसन्त भण्डारी, नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, नेकपा माओवादीका नेता कैलाश रोकाया, जिल्ला अस्पतालका सिनियर अनमी सरीता बोहरा, लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थित रहेको थियो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
भतिजको कुटाईबाट काकाको मृत्यृ

भतिजको कुटाईबाट काकाको मृत्यृ

सर्केगाड गाउँपालिका वडा नम्बर ६ स्थित गिउसीका २८ वर्षीय पुसे लवाडलाई कुटपिट गरि मृत्यु भएको आरोपमा प्रहरीले मृतकका भतिज ३५ वर्षीय नन्दलाल लवाडलाई माघ २४ गते प्रहरीले पक्राउ...
हुम्लामा दोस्रो पटक हिमपात

हुम्लामा दोस्रो पटक हिमपात

गएको वर्ष कार्तिक,मंसिर, पुष महिनाबाट सुरु हुने हिमपात यस वर्ष माघ महिनाबाट हिमपात हुन थालेका हो । गत माघ ९ गते पहिलो पटक हुम्लामा हिमपात भएको थियो भने...
निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचनमा आचार संहिता उंलघनको अनुगमन गर्ने जिम्मा सहायक प्रमुख जिल्ला अधिकारीलाई

निर्वाचन आयोगले निर्वाचनका क्रममा दलहरुबाट हुनसक्ने निर्वाचन आचारसंहिता उल्लंघनका विषयमा अनुगमन गर्न सहायक प्रमुख जिल्ला अधिकारीलाई आचारसंहिता अनुगमन अधिकृतका रुपमा तोक्ने निर्णय गरेको छ ।
हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

हुम्लामा यो वर्षको पहिलो हिमपात, किसान खुसी

शुक्रबार राती देखी हुम्लामा हिमपात भएको छ । गएको असोज महिना यतादेखी हुम्लामा पानी परेको थिएन । लामो समयको हिमपातले हुम्लाका किसानहरू खुसी भएका छन् । हिमपातले खडेरीले...
भर्खरै