नेभिगेशन
समाज

हुम्लामा रहेको सर्वदलीय संयन्त्र ब्यक्तीहरुले आगलागी पिडितलाइ तिनै वटा सरकारलाई राहत तथा उद्धारको आग्रह

सिमकोट । हुम्लामा रहेको सर्वदलीय संयन्त्रको आज बसेको बैठकले आइतबार राती सर्केगाड गाउँपालिका वडा नम्बर तीन उनापानी गाउँको औलवस्तिमा आगलागी पिडितलाई राहत तथा उद्धारका कार्यक्रमा लाग्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।

मंगलबार विहान नेकपा माओवाद्यी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहराको संयोजकत्वमा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही, नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति कैलाश भण्डारी, बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, नेकपा माओवादी केन्द्रका ताक्लाजिम्मेत लामा, उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत, नेपाल रेडक्रस सोसाइटी हुम्लाका मन्त्री अर्जुन बोहरा लगायतको उपस्थितमा तत्काल राहत, उद्धारका लागि स्थानीय सकार, प्रदेश सकार, संघिय सरकारलाई आग्रहका लागि छलफल गरिएको नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो । मंगलबार विहान हुम्लामा भइरहेका विपतजोखिमलाई न्यूनिकरण र परिआएका विपद्लाई तत्काल राहत कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको हो ।

आज विहानको छलफलले यहाँका राजनितिक दल, नागरीक समाज, रेडक्रस, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ लगायतको संयुक्त छलफलले पुर्नस्थापना,राहत, उद्धारका साथै पुननिर्माणका विषयमा छलफल गरेको थियो । आइतबार राती सर्केगाड गाउँपालिका वडा नम्बर तीन उनापानीमा आठ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । पिडितहरुले राहत र तत्काल बसोबासका लागि पहल गरि दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।