नेभिगेशन
समाज

हुम्लामा रहेको सर्वदलीय संयन्त्र ब्यक्तीहरुले आगलागी पिडितलाइ तिनै वटा सरकारलाई राहत तथा उद्धारको आग्रह

सिमकोट । हुम्लामा रहेको सर्वदलीय संयन्त्रको आज बसेको बैठकले आइतबार राती सर्केगाड गाउँपालिका वडा नम्बर तीन उनापानी गाउँको औलवस्तिमा आगलागी पिडितलाई राहत तथा उद्धारका कार्यक्रमा लाग्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गरेको छ ।

मंगलबार विहान नेकपा माओवाद्यी केन्द्र जिल्ला पार्टी सचिव धर्मराज बोहराको संयोजकत्वमा नेकपा एमाले जिल्ला पार्टी अध्यक्ष ज्ञामी बुमी, उपाध्यक्ष प्रकाश बहादुर शाही, नेपाली कांग्रेस जिल्ला पार्टी उपसभापति कैलाश भण्डारी, बसन्त रोकाया, नेकपा एमाले जिल्ला पार्टी सचिव तीर्थराज बोहरा, नेकपा माओवादी केन्द्रका ताक्लाजिम्मेत लामा, उद्योग बाणिज्य संघ हुम्लाका अध्यक्ष राम बहादुर भण्डारी, पत्रकार महासंघका जिल्ला अध्यक्ष राजन रावत, नेपाल रेडक्रस सोसाइटी हुम्लाका मन्त्री अर्जुन बोहरा लगायतको उपस्थितमा तत्काल राहत, उद्धारका लागि स्थानीय सकार, प्रदेश सकार, संघिय सरकारलाई आग्रहका लागि छलफल गरिएको नेकपा एमाले जिल्ला पार्टी उपाध्यक्ष प्रकाश बहादुर शाहीले बताउनुभयो । मंगलबार विहान हुम्लामा भइरहेका विपतजोखिमलाई न्यूनिकरण र परिआएका विपद्लाई तत्काल राहत कसरी पुर्याउन सकिन्छ भन्ने विषयमा समेत छलफल भएको हो ।

आज विहानको छलफलले यहाँका राजनितिक दल, नागरीक समाज, रेडक्रस, उद्योग बाणिज्य संघ, पत्रकार महासंघ लगायतको संयुक्त छलफलले पुर्नस्थापना,राहत, उद्धारका साथै पुननिर्माणका विषयमा छलफल गरेको थियो । आइतबार राती सर्केगाड गाउँपालिका वडा नम्बर तीन उनापानीमा आठ घर जलेर पूर्णरुपमा नष्ट भएका छन् । पिडितहरुले राहत र तत्काल बसोबासका लागि पहल गरि दिन सम्बन्धित पक्षलाई आग्रह समेत गरेका छन् । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन