सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले रेडियो ककर्णाली आवाजले बालबालिकाहरुको सुरक्षीत भविश्य निर्काणका लागि सरोकारवाला निकायको भूमिका र दायित्व विषय बाल कचहरी कार्यक्रममा यहाँका जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता व्यक्त गर्दै आगामी असार दश गतेबाट अध्यक्षसँग बालबालिका कार्यक्रम लागु हुने जनाएका छन् ।
विद्यार्थीले बाल बचहरी कार्यक्रममा खार्पुनाथ गाउँपालिकामा वडा एकदेखि पाँचसम्म रहेका सबै बालबालिकाले आफ्नो जिज्ञासा, गुनासो अध्यक्षसँग राख्न पाउने भएकाले असार दश गते आउने निती तथा कार्यक्रममा अध्यक्षसँग बालबालिका कार्यक्रम ल्याउन माग गरेका थिए । भने प्रत्येक विद्यालयमा स्वास्थयकर्मी राख्न, पाठ्यपुस्तक समयमै पुर्याउन, वडा चार नल्लाका विद्यार्थी सीता मावि र वडा नम्बर पाँच ताक्ला, बाम्टा र दुर्पाका विद्यार्थी मान्धारा माविमा पढ्नका लागि जादा टाढा भएको गुनासो विद्यार्थीले राखेका थिए ।
विद्यालय पढ्न जादा बाटोमा डरत्रास पैदा हुने विद्यार्थीको गुनासो छ । बालिकालाई टाढाको बाटोमा खार्पुनाथ सडकसँग जोडिएपछि थप डर पैदा हुने गरेको उनीहरुको भनाई थियो । बाल कचहरीमा विद्यार्थीले राखेका डरत्रासका विषयमा याङ्चु प्रहरी चौकी २४ सै घण्टा आफ्नो डेयुटिमा रहनुका साथै बालिका लगायत जो कोही महिलामाथि दुरव्यवहार भएको खण्डमा मौखिक र लिखितका आधारमा कारबाहीका लागि प्रतिवद्ध रहेको याङ्चु प्रहरी चौकीका इन्चार्ज रामदत्त पन्तले बताउनुभयो । विद्यार्थीहरुले राखेका अधिकांस माग गाउँपालिकाका जनप्रतिनिधिहरुले आजै पुरा गरेका छन् । खार्पुनाथ गाउँपालिका–४ सीता कक्षा दशमा अध्ययनरत विद्यार्थी एञ्जीला रावलले राखेको जिज्ञासा बालबालिकासँग अध्यक्ष कार्यक्रम लागु हुने वडा नम्बर पाँचका वडाध्यक्ष भरजङ शाहीले बताउनुभयो । खार्पुनाथ गाउँपालिकाले बनाएका निति नियम लागु गर्नका लागि बालबालिको भूमिका महत्व हुने भएकाले आफ्ना अभिभावहरुलाई अध्ययन गर्न लगाउनु पर्ने बताउँदै प्रमुख प्रशासकीय अधिृकत विष्णु बहादुर शाहीले यसरी बताउनुभयो ।
विद्यार्थीले राखेका जिज्ञासाका प्रतिवद्धताका साथ पुरा भएर अगाडी बढ्ने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्ण बहादुर रावलले बताउनुभयो । मानधारा माध्यामिक विद्यालयमा अध्ययरत विद्यार्थी आफ्नो ऐच्छिक विषयमा पाठ्यपुस्तक अझै नपुगेको जिज्ञासा राखेका थिए । त्यो तत्काल शिक्षा शाखालाई भनेर पुरा गर्ने अधयक्ष रावलले बताउनुभयो । गाउँपालिकामा जातीय विभेद, बालश्रम, बालविवाह अन्त्य गर्ने अध्यक्ष रावलको भनाई थियो । गाउँपालिकामा रहेका पाचवटै वडामा करारमा स्वास्थ्यकर्मी राख्ने अध्यक्ष रावलको भनाई थियो । यसैगरी बाल कचहरी कार्यक्रमका अध्यक्ष तथा कर्णाली कर्णाली आवाजका सञ्चालक समितिका सदस्य कल बहादुर हमालले बालबालिकाका क्षेत्रमा काम गर्दै आएको पालिकाले अझै बालहित, बालजिज्ञासाका विषयमा राखेका सम्बोधन गर्ने भएको हुँदा जनप्रतिनिधिलाई धन्यवाद दिदै भन्नुभयो ।
गुड नेवर्स इन्टरनेश्नल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको सह आयोजकका साथै रेडियो कर्णाली आवाजको आयोजनामा खार्पुनाथ गाउँपालिकाको याङ्चु बजारमा बाल कचहरी कार्यक्रम म्न्नि भएको छ । आजै भएको कार्यक्रममा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष ज्ञान बहादुर सिंह, वडा नम्बर एकका वडाध्यक्ष जय बहादुर शाही, दुई चन्द्र रावल, तीनका च्यागा बोहरा, चारका रंमती शाही, सीता माविका प्रधानध्यापक जुनराज हमाल,मान्धारा माविका शिक्षक, नेपाल पत्रकार महासंघका अध्यक्ष राजन रावत, इन्सेक प्रतिनिधि नन्द सिंह, रेडियो कैलाशका छपाल लामा लगायत मान्धारा मावि र सीता माविका विद्यार्थी लगायतको उपस्थित रहेको थियो । बाल कचहरी कार्यक्रम रेडियो कर्णाली आवाजका स्टेशन म्यानेजर नवराज महताराले सञ्चालन गर्नुभएको थियो ।