नेभिगेशन
समाज

  हुम्लामा असी प्रतिशत धान रोपाइ सम्पन्न

सिमकोट ।  कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा असी प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । धान खेतीका लागि जिल्लामा सोचे अनुसार पान्ी नपरेका कारण यो वर्ष विगतका भन्दा कम रोपाइ सम्पन्न भएको छ । 


हुम्लाको बढी धान उत्पादन हुने क्षेत्र चंखेली र सर्केगाउँपालिका रहेका छन् । जिल्लाका अन्य स्थानीय तहका केही पानी बढी हुने गाउँघरमा पनि धान उत्पादन हुँदै आएको छ । यतिबेला जिल्लाका सबै स्थानीय तहमा रहेका धान उत्पादन हुने स्थानमा रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । 


    जिल्लाको विशेष गरी धान उत्पादन हुने चंखेली, सर्केगाड, खार्पुनाथ, ताँजकोट लगायतका गाउँपालिकामा सम्पन्न भएको छ । सिचाइँको सुविधा भएको क्षेत्रमा अली बढी धान उत्पादन हुन्छ भने सिचाइँ सुविधा कम भएको क्षेत्रमा उत्पादन हुनुका साथै सोही अनुसार रोपाइँ हुँदै आएको छ । यस वर्ष धान रोपाइँ गर्नका लागि सकसानले सोचेअनुसारको पानी नपर्दा ८० प्रतिशत जिल्लाभर सम्पन्न भएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणी पन्तले बताउनुभयो । 


   जिल्लाको चंखेली गाउँपालिकाको दार्मामा यसवर्ष सतप्रतिश धान रोपाइँ सम्पन्न भएको यहाँका किसानले बताएका छन् । यस्तै सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँमा पनि गाउँभरि सतप्रतिशत रोपाई कार्य सम्पन्न भएको यहाँका किसानले बताउने गरेका छन् । सिचाइँको सुविधा भएको भए अझ बढी उत्पादन हुने यहाँका किसानको भनाई छ । 


    जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिँचाइ सुविधा पुगेको कारण समयमै रोपाइँ सम्पन्न भएपनि सोचेअनुसारको रोपाइँ हुन नसकेको बताइएको छ । हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकामा हुने गर्छ । चार सय पाँच सय हेक्टरमा धान रोपाइँ हुँदै आएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।