नेभिगेशन
समाज

  हुम्लामा असी प्रतिशत धान रोपाइ सम्पन्न

सिमकोट ।  कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा असी प्रतिशत धान रोपाइ सम्पन्न भएको छ । धान खेतीका लागि जिल्लामा सोचे अनुसार पान्ी नपरेका कारण यो वर्ष विगतका भन्दा कम रोपाइ सम्पन्न भएको छ । 


हुम्लाको बढी धान उत्पादन हुने क्षेत्र चंखेली र सर्केगाउँपालिका रहेका छन् । जिल्लाका अन्य स्थानीय तहका केही पानी बढी हुने गाउँघरमा पनि धान उत्पादन हुँदै आएको छ । यतिबेला जिल्लाका सबै स्थानीय तहमा रहेका धान उत्पादन हुने स्थानमा रोपाइँ सम्पन्न भएको कृषि विकास कार्यालय हुम्लाले जनाएको छ । 


    जिल्लाको विशेष गरी धान उत्पादन हुने चंखेली, सर्केगाड, खार्पुनाथ, ताँजकोट लगायतका गाउँपालिकामा सम्पन्न भएको छ । सिचाइँको सुविधा भएको क्षेत्रमा अली बढी धान उत्पादन हुन्छ भने सिचाइँ सुविधा कम भएको क्षेत्रमा उत्पादन हुनुका साथै सोही अनुसार रोपाइँ हुँदै आएको छ । यस वर्ष धान रोपाइँ गर्नका लागि सकसानले सोचेअनुसारको पानी नपर्दा ८० प्रतिशत जिल्लाभर सम्पन्न भएको कृषि विकास कार्यालय हुम्लाका प्रमुख चुडामणी पन्तले बताउनुभयो । 


   जिल्लाको चंखेली गाउँपालिकाको दार्मामा यसवर्ष सतप्रतिश धान रोपाइँ सम्पन्न भएको यहाँका किसानले बताएका छन् । यस्तै सर्केगार्ड गाउँपालिका–३ को उनापानी गाउँमा पनि गाउँभरि सतप्रतिशत रोपाई कार्य सम्पन्न भएको यहाँका किसानले बताउने गरेका छन् । सिचाइँको सुविधा भएको भए अझ बढी उत्पादन हुने यहाँका किसानको भनाई छ । 


    जिल्लाभर मार्सी धान खेती हुने गरेको र अधिकांश खेतमा सिँचाइ सुविधा पुगेको कारण समयमै रोपाइँ सम्पन्न भएपनि सोचेअनुसारको रोपाइँ हुन नसकेको बताइएको छ । हुम्ला जिल्लामा एक हजार हेक्टर जग्गामा धान खेती हुने गरेको छ । हुम्ला जिल्लामा धान खेती नाम्खा गाउँपालिका बाहेक अन्य सबै गाउँपालिकामा हुने गर्छ । चार सय पाँच सय हेक्टरमा धान रोपाइँ हुँदै आएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन