नेभिगेशन
समाज

हप्ता दिनदेखि साँता गाउँ अन्धकार, सम्बन्धित पक्षको ध्यान पुगेन्

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ साँतामा हप्ता दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा यहाँका नागरीक अन्धकारमा बस्दै आएका छन् । हप्ता दिनदेखि अवरुद्ध भएको विद्युत सेवा सुचारुका लागि सम्बन्धित कार्यालय हेल्दुम वितरण केन्द्र सिमकोटलाई जानकारी गराउँदा कुनै वास्ता नगरेको यहाँका स्थानीयवासिको गुनासो छ । 

   विद्युतको अनियमीतले यहाँका नागरीकलाई थप समस्या बनाएको बलभद्र आधारभूत विद्यालयका शिक्षक पेमाथुकाथ तामाङले बताउनुभयो । नियमीत रुपमा नआउने विद्युत सेवा, कहिले आधा लाइन आउने त कहिले अत्यधिक भोल्टेज आउने समस्याका साथै घरमा जडान गरिएका बल्बहरु जरेर नष्ट हुने गरेको शिक्षक तामाङले बताउनुभयो । विहान बेलुकाको समयमा आधा लाइन मात्रै विद्युत उपलब्ध हुँदै आएको छ । यसले गर्दा बल्बहरु फिउज मात्रै जानुका साथै मोबाइल, ल्याप्टप लगायतका विद्युतीय सामग्री चार्ज गर्न नमिल्ने भएको यहाँका स्थानीयको गुनासो छ ।

    विद्युत सेवा नहुँदा साँताका प्रत्येक घर, विद्यालय, स्वास्थ्यचौकी सहित अन्य सार्वजनिक सेवामा प्रभावित बनाउनुका साथै समस्या बनाएको छ । विद्युत नहुँदा अनलाइन कक्षा तथा ई पुस्तकालय सञ्चालन गर्न नसकिएको जानकारी प्राप्त भएको छ । कम्प्युटरबाट हुने सबै काम पनि ठप्प छ । विद्यार्थीहरूको रातीको समयमा गृहकार्यमा थप प्रभावित बनाइरहेको छ । विद्युत सेवा नहुँदा यहाँका नागरीकले पुरानै सल्लाहको दियालोका भरमा रात कटाउँदै आउनु परेको गुनासो पोखेका छन् । 

    विद्युत सेवा अवरुद्ध भएको विषयमा नेपाल विद्युत प्राधिकरण र हेल्दुम वितरण केन्द्रका कार्यालय प्रमुखलाई यहाँका स्थानीयले जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको बताइएको छ । 

   यता नेपाल विद्युत प्राधिकरण सिमकोटका कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार आफुलाई विद्युत अवरुभ भएको विषयमा कुनै जानकारी नआएको बताउनुभयो । तर साँता गाउँमा विद्युत सेवा अवरुद्ध भएको विषयमा प्राधिविक पठाएर अवरुद्ध भएको सेवा तत्काल मर्मत गर्नुका साथै सेवा सुचारका लागि प्रक्रिया बढाईने प्रमुख शाहले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै