नेभिगेशन
समाज

हप्ता दिनदेखि साँता गाउँ अन्धकार, सम्बन्धित पक्षको ध्यान पुगेन्

सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका–८ साँतामा हप्ता दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा यहाँका नागरीक अन्धकारमा बस्दै आएका छन् । हप्ता दिनदेखि अवरुद्ध भएको विद्युत सेवा सुचारुका लागि सम्बन्धित कार्यालय हेल्दुम वितरण केन्द्र सिमकोटलाई जानकारी गराउँदा कुनै वास्ता नगरेको यहाँका स्थानीयवासिको गुनासो छ । 

   विद्युतको अनियमीतले यहाँका नागरीकलाई थप समस्या बनाएको बलभद्र आधारभूत विद्यालयका शिक्षक पेमाथुकाथ तामाङले बताउनुभयो । नियमीत रुपमा नआउने विद्युत सेवा, कहिले आधा लाइन आउने त कहिले अत्यधिक भोल्टेज आउने समस्याका साथै घरमा जडान गरिएका बल्बहरु जरेर नष्ट हुने गरेको शिक्षक तामाङले बताउनुभयो । विहान बेलुकाको समयमा आधा लाइन मात्रै विद्युत उपलब्ध हुँदै आएको छ । यसले गर्दा बल्बहरु फिउज मात्रै जानुका साथै मोबाइल, ल्याप्टप लगायतका विद्युतीय सामग्री चार्ज गर्न नमिल्ने भएको यहाँका स्थानीयको गुनासो छ ।

    विद्युत सेवा नहुँदा साँताका प्रत्येक घर, विद्यालय, स्वास्थ्यचौकी सहित अन्य सार्वजनिक सेवामा प्रभावित बनाउनुका साथै समस्या बनाएको छ । विद्युत नहुँदा अनलाइन कक्षा तथा ई पुस्तकालय सञ्चालन गर्न नसकिएको जानकारी प्राप्त भएको छ । कम्प्युटरबाट हुने सबै काम पनि ठप्प छ । विद्यार्थीहरूको रातीको समयमा गृहकार्यमा थप प्रभावित बनाइरहेको छ । विद्युत सेवा नहुँदा यहाँका नागरीकले पुरानै सल्लाहको दियालोका भरमा रात कटाउँदै आउनु परेको गुनासो पोखेका छन् । 

    विद्युत सेवा अवरुद्ध भएको विषयमा नेपाल विद्युत प्राधिकरण र हेल्दुम वितरण केन्द्रका कार्यालय प्रमुखलाई यहाँका स्थानीयले जानकारी गराउँदा पनि कुनै सुनुवाई नभएको बताइएको छ । 

   यता नेपाल विद्युत प्राधिकरण सिमकोटका कार्यालय प्रमुख जितेन्द्र शाहका अनुसार आफुलाई विद्युत अवरुभ भएको विषयमा कुनै जानकारी नआएको बताउनुभयो । तर साँता गाउँमा विद्युत सेवा अवरुद्ध भएको विषयमा प्राधिविक पठाएर अवरुद्ध भएको सेवा तत्काल मर्मत गर्नुका साथै सेवा सुचारका लागि प्रक्रिया बढाईने प्रमुख शाहले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सडक निर्माणका क्रममा घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु, पिडितले न्याय नपाउदासम्म अदानचुलीका सबै सडक बन्द

सडक निर्माणका क्रममा घाइते भएका बुढाको उपचारका क्रममा मृत्यु, पिडितले न्याय नपाउदासम्म अदानचुलीका सबै सडक बन्द

  सडक निर्माणको काम गर्ने क्रममा माथिबाट ढुङ्गा खसेर टाउकोमा लाग्दा घाईते भएका अदानचुली गाउँपालिका– २ का बुढावाडाका ४८ वर्षिय हिर बुढाको मृत्यु भएको छ । बुधबार अदानचुलीकै थलाहाल्नाको...
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
भर्खरै