नेभिगेशन
समाज

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाद्धारा चार हजार, दुई ३३ जनाको नि: शुल्क उपचार

सिमकोट । हुम्लामा रहेको आयुवेद स्वास्थ्य सेवा केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा चार हजार दुई सय ३३ जना नागरिकले स्वास्थ्य सेवा लिएको छन । सामान्य चेकजाँच देखी पुर्वकर्म र पंचकर्म सेवाबाट दुई हजार ३५ महिला र दुई हजार एक सय ९८ पुरुष गरी चार हजार दुई सय ३३ जनाले स्वास्थ्य सेवा लिएको आयुर्वेद स्वास्थ्य सेवा केन्द्र हुम्लाका प्रमुख चाहाना शर्माले जानकारी दिनुभयो । 

    ल्याव सेवाबाट चार सय ३३ जना, पुर्वकर्म पंचकर्म सेवाबाट दुई सय २७ जना, योग सेवाबाट दुई सय ९ जना, जेष्ठ नागरिक सेवाबाट नौ सय ७१ जना, स्तनपायी आमाहरुलाई स्तन वर्धक औषधी वितरण एक सय ७९, गाउँघर शहरी किलिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम अन्र्तगत पाँच सय १८ जनाले सेवा लिएको प्रमुख शर्माको भनाई थियो । 

   यस्तै विद्यालय आयुर्वेद तथा योग शिक्षा अन्तरगत चार सय २५ जना, महिला स्यास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद तथा स्थानिय जडिवुटी सम्बन्धी अभिमुखिकरण ४० जना, आयुर्वेद तथा योग सम्बन्धी नि: शुल्क स्वास्थ्य शिविर मार्फत एक हजार १९ जना, स्वस्थ जीवनशैली कार्यक्रम मार्फत ५३ जना र क्षारसुत्र व्यवस्थापन कार्यक्रम अन्र्तगत ५५ जनाको यस आर्थिक वर्षमा उपचार तथा सेवा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले जनाएको छ । 

   प्रमुख रोगहरु मध्ये आमवात, सन्धिवात, अम्लपित, श्वास कास, छाला सम्बन्धी रोग, पिसाब एवं स्त्री प्रसुती सम्बन्धी रोग, मलद्धार सम्बन्धी समस्या उच्च रक्तचाप, मधुमेह आदी रोगको उपचार गरिएको प्रमुख शर्माले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन