नेभिगेशन
समाज

आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाद्धारा चार हजार, दुई ३३ जनाको नि: शुल्क उपचार

सिमकोट । हुम्लामा रहेको आयुवेद स्वास्थ्य सेवा केन्द्रबाट आर्थिक वर्ष २०८१÷८२ मा चार हजार दुई सय ३३ जना नागरिकले स्वास्थ्य सेवा लिएको छन । सामान्य चेकजाँच देखी पुर्वकर्म र पंचकर्म सेवाबाट दुई हजार ३५ महिला र दुई हजार एक सय ९८ पुरुष गरी चार हजार दुई सय ३३ जनाले स्वास्थ्य सेवा लिएको आयुर्वेद स्वास्थ्य सेवा केन्द्र हुम्लाका प्रमुख चाहाना शर्माले जानकारी दिनुभयो । 

    ल्याव सेवाबाट चार सय ३३ जना, पुर्वकर्म पंचकर्म सेवाबाट दुई सय २७ जना, योग सेवाबाट दुई सय ९ जना, जेष्ठ नागरिक सेवाबाट नौ सय ७१ जना, स्तनपायी आमाहरुलाई स्तन वर्धक औषधी वितरण एक सय ७९, गाउँघर शहरी किलिनिक तथा नसर्ने रोग व्यवस्थापन कार्यक्रम अन्र्तगत पाँच सय १८ जनाले सेवा लिएको प्रमुख शर्माको भनाई थियो । 

   यस्तै विद्यालय आयुर्वेद तथा योग शिक्षा अन्तरगत चार सय २५ जना, महिला स्यास्थ्य स्वयंसेविकाहरुलाई आयुर्वेद तथा स्थानिय जडिवुटी सम्बन्धी अभिमुखिकरण ४० जना, आयुर्वेद तथा योग सम्बन्धी नि: शुल्क स्वास्थ्य शिविर मार्फत एक हजार १९ जना, स्वस्थ जीवनशैली कार्यक्रम मार्फत ५३ जना र क्षारसुत्र व्यवस्थापन कार्यक्रम अन्र्तगत ५५ जनाको यस आर्थिक वर्षमा उपचार तथा सेवा प्रदान गरिएको आयुर्वेद स्वास्थ्य केन्द्र हुम्लाले जनाएको छ । 

   प्रमुख रोगहरु मध्ये आमवात, सन्धिवात, अम्लपित, श्वास कास, छाला सम्बन्धी रोग, पिसाब एवं स्त्री प्रसुती सम्बन्धी रोग, मलद्धार सम्बन्धी समस्या उच्च रक्तचाप, मधुमेह आदी रोगको उपचार गरिएको प्रमुख शर्माले बताउनुभयो । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।