नेभिगेशन
समाज

हुम्लामा मनाइयो विश्व स्तनपान सप्ताह

सिमकोट । हुम्लाको सदरमुकाम सिमकोटमा विश्व स्तनपान सप्ताह मनाइएको छ । हरेक वर्ष अगस्ट १ देखि ७ तारिखसम्म विश्वभर स्तनपान सप्ताह मनाउने गरिन्छ । यसको सुरुवात विश्व स्वास्थ्य संगठन र युनिसेफको आह्वानमा सन् १९९० देखि भएको हो । जिल्ला सदरमुकाम सिमकोटमा र्याली निकाली एक कार्यक्रमको आयोजना गरी मनाइएको हो । स्तनपानको महत्व र फाइदाका बारेमा जानकारी गराउँदै यो दिवस मनाइएको सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक नर बहादुर भण्डारीले बताउनुभयो । 

सिमकोट गाउँपालिका, एसआइडिसि, स्वास्थ्य सेवा कार्यालय, एमडिआइ नेपाल, वान हर्टको आयोजनामा विश्व स्तनपान सप्ताह मनाइएकोहो । विश्व स्तानपान सप्ताहमा जिल्ला सदरमुकाम सिमकोटमा रहेका शिशु र आमा बुदैको स्वास्थ्यमा ख्याल कसरी गर्न सकिन्छ भन्ने बारेमा जानकारी गराइएको थियो । यस्तै महिला स्वास्थय स्वयम सेविकालाई बोलाएर उनीहरुलाई स्तनपानका विषयमा जानकारी गराइएको थियो । 

स्तनपानले बालबालिकामा लाग्ने रोग प्रतिरोधात्मक क्षमता बढ्नुका साथै पुड्कोपना, कुपोषण, होचोपना लगायतका रोगबाट बचाउने गर्दछ भन्ने जानकारी गराइएको हो । स्तनपानले आमालाई गर्भ निरोधकको रुपमा समेत काम गर्छ । शिशुलाई स्वास्थ्य वृद्धि विकास, सम्पूर्ण आहारा, पानीको स्रोतका रूपमा आमाको दूध रहेको छ भन्ने विषयमा जानकारी गराइएको स्वास्थय सेवा कार्यालयका प्रमुख उमाकान्त तिवारीले बताउनुभयो । विश्व स्तनपान सप्ताहको अवसरमा आमा र बच्चा दुवैलाई कुनै रोग लागेको छ वा छैन् भनेर उनीहरुको स्वास्थ्य परीक्षण समेत गरिएको थियो । उनीहरुमा त्यस्तो खालको रोग नदेखिएको प्रमुख तिवारीले बताउनुभयो ।

526558183_3448321481976395_6536604966104790109_n-1754193870.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
भर्खरै