नेभिगेशन
समाज

अविरल वर्षाले कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध

सिमकोट । अविरल वर्षाका कारण आइतबार विहानदेखि हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध छ । शनिबार रातीदेखि आइतबार विहानसम्म नियमीत अविरल वर्षा हुँदा खच्चा सडक खण्ड अवरुद्ध हुन पुगेको हो । सधैजसो अवरुद्ध हुने सडक यसपटकको वर्षाले पनि अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । खच्चा सडकखण्ड अवरुद्ध हुँदा दुबै तर्फिको सवारी साधन रोकिएका छन् । 

    आइतबार विहानदेखि अवरुद्ध भएको सडक डोजर खोजेर खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । वर्षाले सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रीने मालबाहक ट्रक, बोलेरो जीप लगायत अन्य सवारी उतै रोकिएका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने विभिन्न सवारी साधनपनि यतै रोकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

    अवरुद्ध भएको सडक नेपाल प्रहरी, स्थानीय लगायतले खुलाउने प्रयास जारी राखेका छन् । अविरल वर्षाका कारण खच्चा सडकमा पहिरो गएको हो । अस्थायी प्रहरी चौकी तुम्चमा कार्यरत प्रहरी टोली र स्थानीय मिलेर सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो । 

    खच्चा सडकखण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा वर्षाले पहिरो जाने र हिउँदयाममा सुख्खा पहिरो गइरहने गरेको छ । वर्षाको समय बाहेक पनि सुख्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारी साधन आउजाउमा समेत समस्या हुने गरेको छ । हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्ने गरेका छन् । कर्णाली कोरिडोर अन्तर्गतको खच्चा सडकखण्डको बैकल्पिक सडक नहुँदा सवारी साधन मात्रै नभएर यात्रुले समेत यस खण्डमा समस्या झल्दै आउनु परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला र शौचालय भवन उद्घाटन

हुम्लाको सिमकोट गाउँपालिका वडा आठमा रहेको स्याडा स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षालय, प्रयोगशाला (ल्याब) तथा शौचालय भवन हस्तान्तरण तथा उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। स्वास्थ्य चौकीमा आउने गर्भवती महिला,...
गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

गत कार्तिक २१ गते बरामद गरेको २४ लाख १२ हजार मूल्य बराबरको चिनियाँ मदिरा नष्ट

हुम्लामा अवैध रूपमा भित्र्याइएको २४ लाख १२ हजार रुपैयाँ मूल्य बराबरको चिनियाँ मदिरा (झिनिगिन्टी) नष्ट गरिएको छ ।
नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाद्धारा नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई स्टिल टेबल र कुसी सहयोग

नाम्खा गाउँपालिकाले नाम्ख्युङ महामाया आधारभूत विद्यालयलाई ४५ वटा स्टिल तथा कुर्सी सहयोग गरेको छ । विद्यालयमा आवश्यक फर्निचरको अभावका कारण विद्यार्थीलाई पठनपाठनमा असहज हुँदै आएको अवस्थामा गाउँपालिकाले सहयोग...
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
भर्खरै