नेभिगेशन
समाज

अविरल वर्षाले कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध

सिमकोट । अविरल वर्षाका कारण आइतबार विहानदेखि हुम्लाको सर्केगाड गाउँपालिका–१ अन्तर्गत कर्णाली कोरिडोरको खच्चा सडक अवरुद्ध छ । शनिबार रातीदेखि आइतबार विहानसम्म नियमीत अविरल वर्षा हुँदा खच्चा सडक खण्ड अवरुद्ध हुन पुगेको हो । सधैजसो अवरुद्ध हुने सडक यसपटकको वर्षाले पनि अवरुद्ध बनाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक शंकर पोखरेलले बताउनुभयो । खच्चा सडकखण्ड अवरुद्ध हुँदा दुबै तर्फिको सवारी साधन रोकिएका छन् । 

    आइतबार विहानदेखि अवरुद्ध भएको सडक डोजर खोजेर खुलाउने प्रयास भइरहेको प्रहरी नायव उपरीक्षक पोखरेलले बताउनुभयो । वर्षाले सडक अवरुद्ध हुँदा जिल्ला बाहिरबाट सदरमुकाम सिमकोटसहित आसपासमा भित्रीने मालबाहक ट्रक, बोलेरो जीप लगायत अन्य सवारी उतै रोकिएका छन् भने हुम्लाबाट जिल्ला बाहिर जाने विभिन्न सवारी साधनपनि यतै रोकिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । 

    अवरुद्ध भएको सडक नेपाल प्रहरी, स्थानीय लगायतले खुलाउने प्रयास जारी राखेका छन् । अविरल वर्षाका कारण खच्चा सडकमा पहिरो गएको हो । अस्थायी प्रहरी चौकी तुम्चमा कार्यरत प्रहरी टोली र स्थानीय मिलेर सडक खुलाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको हो । 

    खच्चा सडकखण्ड क्षेत्रमा हरेक वर्ष वर्षायाममा वर्षाले पहिरो जाने र हिउँदयाममा सुख्खा पहिरो गइरहने गरेको छ । वर्षाको समय बाहेक पनि सुख्खा पहिरोले सडक अवरुद्ध हुने गरेको छ । यसले गर्दा सवारी साधन आउजाउमा समेत समस्या हुने गरेको छ । हरेक वर्ष अवरुद्ध हुँदै आएको सडक मर्मतमा बेवास्ता हुँदा हुम्ला, मुगु र बाजुरा गरी तीन जिल्लाका यात्रु मर्कामा पर्ने गरेका छन् । कर्णाली कोरिडोर अन्तर्गतको खच्चा सडकखण्डको बैकल्पिक सडक नहुँदा सवारी साधन मात्रै नभएर यात्रुले समेत यस खण्डमा समस्या झल्दै आउनु परेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन