नेभिगेशन
समाज

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शिब मन्दिर सरसफाई

सिमकोट  । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सिमकोट गाउँपालिका– ५ को शिब मन्दिरमा सरसफाई गरिएको छ । शिब मन्दिर क्षेत्रमा फोहोर बढ्दै जाँदा दुर्गन्धित हुन थालेपछि मङ्गबार सरसफाई गरिएको हो । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा फोहोर बढ्दै गएको शिब मन्दिर परिसरमा सरसफाई गर्ने कार्य भएको नेपाल ट्रेड युनियन काँग्रेस हुम्लका कअध्यक्ष राजन रावत बताए ।

530297775_1502371137882668_6822355779583367620_n-1754990312.jpg
 

ट्रेड युनियन काँग्रेसमा हरेका जिल्ला युवा समितिहरु पनि गठन गरिएका छन । ट्रेड युनियनको आयोजना र समितिको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो । खाली गोष्ठी र अन्र्तकृया गर्नु भन्दा पनि रचनात्मक कार्य गर्ने उद्धेश्यले मन्दिर क्षेत्रको सरसफाई गरिएको उहाँले बताउनुभयो ।

मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय पर्यटकहरु सिमकोट आउने क्रममा शिब मन्दिरको दर्शनका लागि जाँदै आउनु भएको छ । पर्यटकहरुले पनि मन्दिर क्षेत्र फोहोर भएको गुनासो गर्दै आउनु भएको थियो । मन्दिर परिसरबाट सङ्कलन भएको फोहोर बोरामा हालेर शुक्रबार ट्याक्टरले डम्पिङ साईटमा लैजाने भएको कारण बजारमा लगेर राखिएको छ ।

532432454_1502371014549347_7610840206271036889_n-1754990358.jpg
 

सरसफाई गर्नका लागि नेपाली काग्रेसका प्रदेश कार्य समितिका सदस्य जयपति रोकाया, उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा लगाएतको सहभागिता रहेको थियो ।

 532353318_24294299283565447_8105571209866283422_n-1754990312.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्