नेभिगेशन
समाज

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा शिब मन्दिर सरसफाई

सिमकोट  । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा सिमकोट गाउँपालिका– ५ को शिब मन्दिरमा सरसफाई गरिएको छ । शिब मन्दिर क्षेत्रमा फोहोर बढ्दै जाँदा दुर्गन्धित हुन थालेपछि मङ्गबार सरसफाई गरिएको हो । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा फोहोर बढ्दै गएको शिब मन्दिर परिसरमा सरसफाई गर्ने कार्य भएको नेपाल ट्रेड युनियन काँग्रेस हुम्लका कअध्यक्ष राजन रावत बताए ।

530297775_1502371137882668_6822355779583367620_n-1754990312.jpg
 

ट्रेड युनियन काँग्रेसमा हरेका जिल्ला युवा समितिहरु पनि गठन गरिएका छन । ट्रेड युनियनको आयोजना र समितिको समन्वयमा सरसफाई कार्यक्रम गरिएको हो । खाली गोष्ठी र अन्र्तकृया गर्नु भन्दा पनि रचनात्मक कार्य गर्ने उद्धेश्यले मन्दिर क्षेत्रको सरसफाई गरिएको उहाँले बताउनुभयो ।

मानसरोवर कैलाशको दर्शन गर्ने भारतीय पर्यटकहरु सिमकोट आउने क्रममा शिब मन्दिरको दर्शनका लागि जाँदै आउनु भएको छ । पर्यटकहरुले पनि मन्दिर क्षेत्र फोहोर भएको गुनासो गर्दै आउनु भएको थियो । मन्दिर परिसरबाट सङ्कलन भएको फोहोर बोरामा हालेर शुक्रबार ट्याक्टरले डम्पिङ साईटमा लैजाने भएको कारण बजारमा लगेर राखिएको छ ।

532432454_1502371014549347_7610840206271036889_n-1754990358.jpg
 

सरसफाई गर्नका लागि नेपाली काग्रेसका प्रदेश कार्य समितिका सदस्य जयपति रोकाया, उपसभापति बसन्त रोकाया, सचिव कृष्णबहादुर बोहरा लगाएतको सहभागिता रहेको थियो ।

 532353318_24294299283565447_8105571209866283422_n-1754990312.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।