नेभिगेशन
समाज

  हुम्ला मावि रायाको विव्यस अध्यक्षमा शाही सर्वसहमत चयन 

समिकोट ।   हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ३ रहेको हुम्ला माध्यामिक विद्यालय रायाकोे विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा जगत बहादुर शाहीको नेतृत्वमा सर्वसहमतबाट समिति गठन गरिएको जानकारी प्राप्त भएको छ ।


अध्यक्षमा शाही , सदस्यहरुमा बसन्ती बुढा,गोले रावल,जैधन टमटा,नर बहादुर रावल , धनसिंङ बुढा, कर्मसिंह बुढा र शिक्षक बिबि रावल सचिबमा  गरी आठ सदस्यीय विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा पूर्ण बहादुर रोकाय नेतत्वमा  आठ (८) सदस्यीय समिति गठन गरि विद्यालयका लेखा प्रमुख टेक बहादुर बुढाले बताउनु भएको छ ।

शिक्षक अभिभावक संघको अध्यक्ष रोकाया , सदस्यहरुमा लक्षुवान खत्री, कर्ण बहादुर रावल, पिङ्गोली बुढा , खास बहादुर रनवल, हुनी कामि, बसन्त बुढा र विकुम बुढा लगाएत आठ सदस्य सर्वसहमत बाट चयन गरिएको लेखा प्रमुख बुढाले बताउनु भएको छ । 


केही दिनदेखि विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक संघको पदाधिकारीका लागि सहमती जुटाउने प्रयास भए ढिलो कारणले पनि आज सर्वसहमत रुपमा  विद्यालयको समिति गठन गरिएका जानकारी प्राप्त भएको छ ।
 साउन २७ गतेको दिन राया गाँउमा  रहेको हुम्ला माध्यामिक विद्यालय राया बासि अभिभावक,शिक्षा प्रेमि,नागरीक समाजका प्रर्तिनिधी , स्थानिय राजनिती दलका प्रर्तिनिधी , शिक्षक बिद्यार्थी हरुको उपस्थिती रहेको र विद्यालयका लेखा प्रमुख टेक बहादुर बुढाले बताउनु भएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।