नेभिगेशन
समाज

बिकास पत्रकारिता पुरस्कार हुम्लाका राजन रावत पुरस्कृत

हुम्ला ।      कर्णाली बिकास पत्रारिकता पुरस्कार देशसञ्चारकर्मी राजन रावतलाई प्रदान गरिएको छ । यो पुरस्कार रावत र दैलेखका ओम शाहीलाई प्रदान गरिएको हो । 
कर्णाली प्रदेश सरकारले यसवर्षबाट प्रदान गर्न लागेको कर्णाली बिकास पत्रकारिता पुरस्कार रावत र शाहीलाई प्रदान गरिएको छ । बुधबार सुर्खेतमा एक कार्यक्रमकाबिच यो पुरस्कार प्रदन गरिएको थियो । बिहान हवाई यातायात सुचारु नभएको कारण रावत सो पुरस्कार ग्रहण कार्यक्रममा सहभागिता भने जनाउन पाएनन । यो पुरस्कारको राशी पैतीस हजार रहेको छ ।

त्यसैगरि कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई अन्य पुरस्कार तथा सम्मान प्रदान गरेको हो । बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो । यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रति सम्मानलाई थप विस्तार गरेको छ ।

७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार कालिकोटका प्रेमराज सिम्खडाले प्राप्त गरे भने ५० हजार रुपैयाँ राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तले हात पारेका छन् । यस्तै, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी लाई प्रदान गरिएको छ ।

कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन । यो पुरस्कारको राशी जसको राशि ३५ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारले हरेक वर्षजस्तै यसपटक पनि पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिएको जनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पुर्बमुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यहरुको उपस्थिती रहेको थियो ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।