नेभिगेशन
समाज

बिकास पत्रकारिता पुरस्कार हुम्लाका राजन रावत पुरस्कृत

हुम्ला ।      कर्णाली बिकास पत्रारिकता पुरस्कार देशसञ्चारकर्मी राजन रावतलाई प्रदान गरिएको छ । यो पुरस्कार रावत र दैलेखका ओम शाहीलाई प्रदान गरिएको हो । 
कर्णाली प्रदेश सरकारले यसवर्षबाट प्रदान गर्न लागेको कर्णाली बिकास पत्रकारिता पुरस्कार रावत र शाहीलाई प्रदान गरिएको छ । बुधबार सुर्खेतमा एक कार्यक्रमकाबिच यो पुरस्कार प्रदन गरिएको थियो । बिहान हवाई यातायात सुचारु नभएको कारण रावत सो पुरस्कार ग्रहण कार्यक्रममा सहभागिता भने जनाउन पाएनन । यो पुरस्कारको राशी पैतीस हजार रहेको छ ।

त्यसैगरि कर्णाली प्रदेश सरकारले प्रदेश स्थापना दिवसको अवसरमा यस वर्ष पनि कर्णालीका पत्रकारहरूलाई अन्य पुरस्कार तथा सम्मान प्रदान गरेको हो । बुधबार वीरेन्द्रनगरस्थित रंगशालामा आयोजित विशेष समारोहमा सात जना पत्रकारलाई विभिन्न विधामा पुरस्कार तथा सम्मान गरिएको हो । यसअघि प्रदेश सरकारले प्रत्येक वर्ष तीन जना पत्रकारलाई मात्र पुरस्कार दिने गरेको भए पनि यसपटक सात जनासम्म पुरस्कृत गर्दै क्षेत्रीय पत्रकारिताप्रति सम्मानलाई थप विस्तार गरेको छ ।

७५ हजार रुपैयाँ राशिको कर्णाली प्रादेशिक पत्रकारिता पुरस्कार कालिकोटका प्रेमराज सिम्खडाले प्राप्त गरे भने ५० हजार रुपैयाँ राशिको कर्णाली वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार प्रकाश पन्तले हात पारेका छन् । यस्तै, कर्णाली सशक्त सञ्चारकर्मी पुरस्कार हेमन्त केसी लाई प्रदान गरिएको छ ।

कर्णाली समावेशी पत्रकारिता पुरस्कार सिर्जना बुढाथोकी डाँगी र नौरते नेपालीले प्राप्त गरेका छन । यो पुरस्कारको राशी जसको राशि ३५ हजार रुपैयाँ रहेको छ । प्रदेश सरकारले हरेक वर्षजस्तै यसपटक पनि पत्रकारिता, सञ्चार र सार्वजनिक सेवामा योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गर्दै आएको परम्परालाई निरन्तरता दिएको जनाएको छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री, पुर्बमुख्यमन्त्री, मन्त्री, प्रदेश सभाका सदस्यहरुको उपस्थिती रहेको थियो ।
 
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

निर्वाचन प्रहरीको फिजिकल परिक्षणबाट १ हजार ५२ जना उत्रिर्णः लिखित परिक्षा आज सकियो

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाल प्रहरीले थालेको भर्ना अभियानको फिजिकल तर्फ एक हजार ५२ जना उत्रिर्ण भएका छन् । एक सातादेखि शुरु भएको...

निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

निर्वाचन आचारसंहिता लागु, उम्मेरदवार मनोनयनमा दश वटा झण्डा र २५ जनाको मात्रै सहभागिता गराउने

हुम्लाका मुख्य निर्वाचन अधिकृत निलकण्ठ बरालका अनुसार हुम्लामा कुनैपनि राजनितिक दलले १० वडा झण्डा भन्दा बढी प्रयोग गर्न नपाइने र कुनै र्यालीमा २५ जनाको मात्र सहभागिता गराउनु पर्ने...
कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले ५० प्रतिशत व्यवस्थापन गर्न नसक्दा एचडिपी स्याउ बगैचा स्थापनाका लागी बिरुवा वितरण कायक्रम कार्यान्वयनमा चुनौती

कृषकले व्यहोर्नु पर्ने ५० प्रतिशत रकम जोहो गर्न नसक्ने भएपछि राष्ट्यि कृषि आधुनिकिकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन इकाईको आर्थिक वर्ष २०८२÷८३ लागी छनोट भएकोे एचडिपी स्याउ बगैचा स्थापनाका लागी...
भर्खरै