नेभिगेशन
समाज

स्टेचरमा बोकेर ल्याएकी जेष्ठ नागरिकको बनेन राष्ट्रिय परिचयपत्र

सिमकोट         ।   पछिल्लो समय नेपाल सरकारले सबै निकायमा राष्ट्रिय परिचय पत्रलाई अनिवार्य गरेपछि दुर्गम गाँउका जेष्ठ नागरिकहरुलाई सास्ति भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–३ स्थित राया गाउँकी ८२ वर्षीया जेष्ठ नागरिक धनसरा बुढालाई गाउँबाट सदरमुकाम सिमकोट पुर्याउनका लागि स्टेचरमा बोकेर ल्याउनु पर्यो । गत साउन २७ गते मंगलबार घरबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला प्रशासन कार्यालयमा पुर्याएको उहाँका छोरा सत्या बुढाले बताउनुभयो ।

बुढाका अनुसार घरबाट करीव दुई घण्टा स्टेचरमा बोकेर गाडी सञ्चालन भएको मुख्य सडक रहेको बोक्च्या गौँडामा पुगाइयो । त्यहाँबाट सोही दिन ८ हजार रुपियाँमा गाडि रिर्जव गरेर सदरमुकाम सिमकोट पगियो ।   आँखा नदेख्ने र अन्य स्वास्थ्यमा निकै समस्या भएकी आमालाई राष्ट्रिय परिचयपत्र बनाउनकै लागि सिमकोट धाउनु पर्यो । नेपाल सरकारको निति अनुसार पछिल्लो समय अनिवार्य रुपमा सामाजिक सुरक्षा भत्ता र बैंक खाता खोल्नु पर्ने भएपछि अधिकांस नागरिक राष्ट्रिय परिचयपत्र बनाउन लागि परेका छन् ।

बुढेसकाल लागेर विरामीले थला परेकी आमाको राष्ट्रिय परिचयपत्र बनाउने उदेश्यमा सिमकोट पुगेका छोरा बुढा भन्नु हुन्छ, नत राष्ट्रिय परिचयपत्र बन्यो नत आर्थिक नै रहयो । राष्ट्रिय परिचयपत्र बनाउनका लागि आठ दिन विति सक्यो तर आमाको राष्ट्रिय परिचयपत्र बनेन ।
केही समय अघि जिल्ला प्रशासन कार्यालय हुम्लाका कर्मचारीले नै फर्म भरिदिने गरेको भए पनि पछिल्लो समय कर्मचारीले उक्त फर्म नभरेका कारण राष्ट्रिय परिचयपत्र बनाउनमा अन्यौल रहेको बुढाले गुनासो गर्नुभयो ।

उक्त प्रशासन कार्यालयमा जाँदा कहिले नेटइन्टरनेको समस्या देखाएर काम नगर्नेत कहिले फर्मको समस्या देखाएर दैनिक दिन रित्तो हातमा होटेलमा फर्कनु पर्ने बाध्यता रहेको बुढाको भनाई छ । जिल्ला प्रशासन कार्यालय हुम्लामा फर्म भर्ने सुविधा नभएका कारण स्थानीय नागरिकले बजारमा रहेका आइटिहरूमा धाउनु पर्ने बाध्यता र फर्म भर्ने ठाँउनै थाहा नभए का कारणले अन्यौलमै दिन बितेको बुढाले गुनासो गर्नुभएको छ ।
तर सदरमुकाम सिमकोटको एउटा मात्रै फर्म भर्ने आइटि पसल भएकाले ७६ वर्षीय टोपे बुढाको पनि उस्तै समस्या छ । उहाँको पनि तीनदिनदेखि राष्ट्रिय परिचयपत्र बन्न नसकेको उहाँका छोरा चिन बुढाले गुनासो गर्नुभयो ।  विहानदेखि वेलुकासम्म लाइनमा लागेर पनि पालो नआएपछि वेलुका रित्तो हातमा होटेलमा फर्कनु पर्ने बाध्यता रहेको बुढाको भनाई छ । बजारमा रहेको आइटि पसलमा स्थानीय नागरिकले २ सय ५० रुपियाँ तिर्नु पर्ने बाध्यता छ ।

यदि जिल्ला प्रशासन कार्यालय हुम्लामै फर्म भर्ने व्यवस्था भएको भए हामी जस्ता गरिवहरूलाई केही राहत हुने थियो, स्थानीय बुढाले भन्नुभयो । गाउँमा अधिकांस अपङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक लगायतले सदरमुकाम सिमकोट आएर राष्ट्रिय परिचयपत्र बनाउँदा खर्चिलो हुने गरेको छ ।  गाँउपालिका हुदै वडा स्तर सम्म राष्ट्रिय परिचयपत्र बनाउन सुरु भएको भए सबै खर्च पनि बच्चने र गाँउका नागरिकहरुले घर दैलोमा सिंहदरवार आएको महसुस गर्न पाउने स्थानियहरुको गुनासो रहेको छ ।

यस विषयमा प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले आफुलाई जानकारी नभएको र आठ दिनसमम के कती कारणले बनेन त्यसका लागि आफुलाई भेटेपछि तत्काल उहाँको समस्या समधान गर्ने प्रतिक्रिया दिनुभयो ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड हुम्लाद्वारा सहुलियत मूल्यमा खाद्यान्न बिक्री गरिने

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भदौ १ गतेदेखि सहुलियत मूल्यमा खाद्यान्न बिक्री वितरण गर्ने भएको छ । कम्पनीले चामल सहित विभिन्न खाद्य सामग्रीमा...
हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ

हुम्लाको सदरमुकाम सिमकोट बजारमा हुम्ली ढुङ्गा युवा समूह र बरगाउँ महिला समूहको संयुक्त पहलमा सरसफाइ अभियान सञ्चालन गरिएको छ । बजार क्षेत्रलाई स्वच्छ, सफा र व्यवस्थित बनाउने उद्देश्यले...
हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा  झिनीगीन्टी र बोर्ड भाइजर बरामद

हुम्लामा ५२ लाख बराबरको अवैध चिनियाँ मदिरा झिनीगीन्टी र बोर्ड भाइजर बरामद

जिल्ला प्रहरी कार्यालय हुम्लाले ठूलो परिणाममा अवैध चिनियाँ मदिरा बरामद गरेको छ । बिहिवार नाम्खा गाउँपालिका–२ को नावलथाङबाट ठूलो परिणामको अवैध चिनियाँ मदिरा बरामद गरि शुक्रबार पत्रकार सम्मेलन...
 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

 युवा दिवसमा रास्वपाद्धारा बजार सरसफाइ तथा बिरामीलाई फ्रुटी वितरण  

सरसफाइका क्रममा बजार क्षेत्रका सडक तथा सार्वजनिक स्थानमा जम्मा भएका फोहोर संकलन गरी व्यवस्थापन गरिएको उक्त पार्टीका जिल्ला सभापति लक्ष्यमण ऐडिले जानकारी दिनुभयो ।
भर्खरै