नेभिगेशन
सिमकोट

क्वारेन्टाइनस्थल व्यवस्थापनमा एकरुपता नहुँदा सिमकोट गाउँपालिका युवाद्धारा साँझा विज्ञप्ती

जिल्लाको मुटु मानिने सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकाले क्वारेन्टाइन बस्दाको समयमा वडा एक देखि आठ सम्मका क्वारेन्टाइनस्थलहरुमा बसेका नागरीकलाई व्यवस्थापनमा एकरुपता नदेखाएको भन्दै क्वारेन्टाइन बसेका युवाहरुले आज साँझा विज्ञप्ती निकालेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस कोभिड १९ ले देशलाई आक्रान्त पारीरहेको समयमा जिल्ला बाहिर रहेका सिमकोट गाउँपालिकाका नागरीक घर पुगे सँगै सम्बन्धित वडा कार्यालय र गाउँपालिकाले व्यवस्थापन गर्न नसेको भन्दै आज वडा एक देखि आठ सम्मका युवाहरुले सिमकोट गाउँपालिका अध्यक्ष पदम बहादुर लामालाई माग सम्बोधन गर्न भन्दै साँझा विज्ञप्ती निकालेर पेश गरेका छन् ।

१४ दिन क्वारेन्टाइनमा बस्दाको समयमा वडा कार्यालय र सिमकोट गाउँपालिकाले व्यवस्थापन गर्न नसक्दा बारम्बार सम्बन्धित निकाय र जनप्रतिनिधिलाई ध्यानआकर्षण गराउदा कुनै सुनुवाई नभएकाले वडा एक देखि आठ सम्मका नागरीकहरुको माग पुरा नभएका थप आन्दोलनका कार्यक्रम सन्चालन गरीने विज्ञप्तीमा भनिएको छ ।

सिमकोट गाउँपालिका अन्तरगत वडा एक देखि आठ सम्मका क्वारेन्टाइनहरुमा व्यवस्थापनमा एकरुपता नभएको, यस कोभिड १९ महामारीको समयमा खर्च भएको आर्थिक पारदर्शिता रुपमा सार्वजनीक गर्न, पिसिआर रिर्पोट सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन उनीहरुले माग गरेका छन् ।

सिमकोट गाउँपालिकाले पहिलो पटक जिल्ला भित्रीएका आफ्ना नागरीकलाई १४ दिन क्वारेन्टाइन बसेकाहरुलाई दिनको पाँच सयका दरले सात हजार दिएको हो । भने पछिल्लो यस पालिकामा ठुलो संख्यामा भित्रीएका नागरीकलाई खाना खर्च वापतको रकम दिन नसकेपछि पछि आएका आठ सय ५८ जनालाई प्रतिव्यक्ति १० केजी चामल, पाँच केजी दाल,नुन र तेल दिने गाउँकार्यपालिकाले निर्णय गरेपछि यि खाद्ययन्न सामग्री वितरण गर्दा क्वारेन्टाईन बसेका नागरीकहरुले एकरुपता नदेखाएको भन्दै विरोध जनाएका हुन् । सिमकोट गाउँपालिकाले कसैलाई नगद रकम दिने कसैलाई दाल, चामल दिएर पक्षपात गरेको उनीहरुले दोष लगाएका हुन् ।

आर्थिक पारदर्शिरुपमा एक रुपता नभएको भन्दै सार्वजनीक गर्न माग गरेपछि सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले भने प्रदेश सरकारले पठाएको १५ लाख बजेट पहिलो पटक यस गाउँपालिकामा भित्रीएका २ सय ५६ जनाको खाना खर्चमा सकिएको छ । यस्तै सम्झौत ागर्न बाँकी रहेका करिब आठ वटा योजनाको रकमबाट दश लाखको आईसोलेसनमा खर्च, ६ लाख पिसिआर मेसिनमा, र साठे आठ लाख सावुनमा खर्च भभएको उनले जानकारी दिनुभयो ।

यस्तै सिमकोट गाउँपालिकाले अहिले सम्म कोरोनाका नाममा अन्दाजी ६० लाख रुपैया बराबरको खर्च भएको बताउँदै आएको छ । वडा एक देखि आठ सम्मका वडाध्यक्षलाई उपसमिती जिम्बा लगाएर क्वारेन्टाइन व्यवस्थापन गर्न गाउँपालिकाले निर्देशन दिएता पनि वडाध्यक्षहरुले अटेर गरेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सिमकोट
सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

सिमकोट गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चित घोषणा

हुम्लाको सिमकोट गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ । गाउँपालिकाका आठ वटै वडालाई पूर्ण खोप घोषणा गरिसकेपछि एक औपचारिक कार्यक्रमका बीच सिमकोट गाउँपालिकालाई पूर्ण खोप...
सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

सिमकोट गाउँपालिकाद्वारा २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

हुम्लाको सिमकोट गाउँपालिकाले शिक्षामा सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले २० वटा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ। करिब ४५ लाख रुपैयाँ बराबरको लागतमा कम्प्युटर वितरण गरिएको गाउँपालिकाले...
सिमकोट गाउँपालिकाको  ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकाको ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

सिमकोट गाउँपालिकामा ९ करोड भन्दा बढी बेरुजु

हुम्लाको सिमकोट गाउँपालिकाको बेरुजु रकम ९ करोडभन्दा बढी पुगेको तथ्य सार्वजनिक भएको छ । महालेखा परीक्षकको कार्यालयले शुक्रबार राष्ट्रपतिलाई बुझाएको ६३ औँ वार्षिक प्रतिवेदन अनुसार गाउँपालिकाको हालसम्मको अध्यावधिक...
भर्खरै