नेभिगेशन
समाज
    सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधीको अभाव

    सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधीको अभाव

सिमकोट ।          हुम्ला जिल्ला दरमुकाम रहेको सिमकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको छ । गाउँपालिकाले यस आर्थिक वर्षका लागि नयाँ औषधीको ब्यवस्था नगर्दा स्वास्थ्य संस्थामा औषधीको अभाव देखिएको बिरामीले चेकजाँच पछि खाली हत फर्कनु पर्ने अबस्था आएको हो । 


स्वास्थ्य चौकीका औषधी नभएको कारण पन्द्र दिनदेखि औषधी सेवन गर्न छुटेको बताउदै आफ्नो स्वास्थ्यमा समस्या आई रहेको छारे रोगबाट पिडित सिमकोट गाउँपालिका – ७ को डाँँडाफया गाउँका नवराज सिंहले बताएका छन  । दैनिक एक पटक स्वास्थ्य चौकीमा पुगेर औषधी आएको बारे बुझ्न जाने गरेको भएपनि छैन भन्ने जवाफ मात्र आउने गरेको उनको भनाई रहेको छ । 


असारदेखि स्वास्थ्य चौकीमा औषधीको अभाव भई रहेको सिमकोट गाउँपालिका– ७ को डाँडाफया स्वास्थ्य चौकीका इन्चार्ज सन्तोस बोहराले बताए । उनले एकातिर स्वास्थ्य चौकीमा ९८ प्रकारका औषधीहरु निशुल्क उपलब्ध हुने ब्यवस्था भएपनि आफ्नो डाँडाफया स्वास्थ्य चौकी ३५ देखि ४० प्रकारका औषधी मात्र वर्षेनी आउने गरेको र बाँकी औषधी बिरामीले अन्यत्रबाट ब्यवस्था गर्ने गरेको बताउनु भएको छ  ।स्वास्थ्य चौकीमा व्रोफिन, एसी लग, डिपो लगाएत परिवार नियोजनका अन्य औषधी पनि अभाव रहेको उहाँँले बताउनुभयो । 


दुई महिनादेखि औषधीको अभाव भई रहेको बताउदै बिरामी उपचारका लागि आए रित्तो हात फर्काउनुको बाध्या भएको ठेहे स्वास्थ्य चौकीका इन्चार्ज दान बहादुर बोहराले बताएका छन । आईरन , जिउदुख्ने, सिटिजृेट, चिलाउने लगाएतका रोगको औषधी स्वास्थ्य चौकीमा नभएपनि समस्या भई रहेको भनाई उनको छ । उहाँले त्यसैगरि प्रत्येक दुई महिनामा गर्नु पर्ने अल्ट्रासाउण्ड पनि नभएको बताउदै यो ब्यवस्था गाउँपालिका गर्नु पर्ने भएपनि गर्न नसकेको उनले बताए ।

गाउँपालिकामा चार वटा स्वास्थ्य चौकी, तीन वटा सामुदायीक स्वास्थ्य इकाई र पाँच वटा आधारभूत सामुदायीक स्वास्थ्य केन्द्र रहेका छन । यी मध्य स्याँडा र र चौगानफया आधारभूत सामुदायीक स्वास्थ्य केन्द्रमा आधार बिकास नेपाल तथा बरगाउँ स्वास्थ्य चौकीमा नेपाल ट्रष्टले औषधी सहयोग गर्ने भएको कारण केही कम अभाव भएपनि अन्य नौ वटा स्वास्थ्य संस्थाहरुमा भने बढी औषधीको बढी अभाव रहेको छ ।

सिमकोट गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले यस आर्थिक वर्षका लागि औषधी खरिदको ब्यवस्था गर्न नसकिएको कारण स्वास्थ्य संस्थाहरुमा औषधी अभाव भएको बताउनु भएको छ  । मन्त्रालयले नयाँँ खटाएको प्रमुख प्रशासकीय अधिकृत पनि कार्यालयमा आई नसकेको कारण खाता समेत सञ्चालनमा नआएकोले पनि समस्या भई रहेको उनको भनाई छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

हेल्थ अश मेडिकल सेन्टरद्वारा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन, शिविरबाट करिब ५५० जना लाभान्वीत

हेल्थ अश मेडिकल सेन्टरको आयोजनामा सर्केगाड गाउँपालिका–८ को रादेउ र रोडिकोटमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । ग्रामीण भेगका नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा...
हुम्ला  पुर्ण खोप जिल्ला घोषणा

हुम्ला पुर्ण खोप जिल्ला घोषणा

जिल्लाका सातवटै स्थानीय तहमा नियमित खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भएको, लक्षित उमेर समूहका बालबालिकाले राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गरेको तथा खोप सेवा निरन्तर सञ्चालन...
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।
हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

हुम्लाका प्रमुख जिल्ला अधिकारी रेग्मीको सरुवा, भोलानाथ गुरागाईं नयाँ प्रमुख जिल्ला अधिकारी

नेपाल सरकारले देशभरका १५ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा तथा पदस्थापन गरेको छ।
भर्खरै