नेभिगेशन
समाज
 संविधान दिवसको अवसरमा बौद्धिक अपाङ्गता र छात्रालाई सरसफाईका सामाग्री बितरण 

 संविधान दिवसको अवसरमा बौद्धिक अपाङ्गता र छात्रालाई सरसफाईका सामाग्री बितरण 

सिमकोट ।    सदरमुकाम सिमकोटमा अध्ययनरत बौद्धिक अपाङ्गता र छात्रालाई सरसफाईका सामाग्री सहयोग गरिएको छ । ११ औं संविधान दिवसको अवसर पारी शनिबार ती सामाग्री बिधार्थीहरु अध्ययन गर्ने संस्थामा पुगेर सहयोग गरिएको हो ।

संविधान दिवस जिल्ला स्तरीय समारोह समितिको निर्णय अनुसार तीन वटा संस्थामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बिधार्थी र छात्रालाई सरसफाईका सामाग्रीहरु सहयोग गर्ने निर्णय भए अनुसार सरसफइका सामग्री सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनु भएको छ  । 


संविधान दिवसको अवसरका समय अभावको कारण यी सामाग्री प्रदान गर्न नभ्याएपछि शनिबार बिधार्थीहरु अध्ययन गरि रहेका संस्था मै पुगेर सामाग्री प्रदान गरिएको प्रजिअ रेग्मीले बताउनु भएको हो  । यसरी सरसफाईका सामाग्री पाउन छात्रा तथा बौद्धिक अपाङ्गता भएका बिधार्थीहरुमा महिला फिडर छात्रावासमा अध्ययनरत चौबीस जना छाात्रा, हिमाली बौद्धिक अपाङ्गा आवासीय विद्यालयका चालीस र हिमाली शिक्षा र बिकास ( हेड) नेपालमा अध्ययनरत ५२ जना गरि ११६ जना बालबालिका लाई सरसफाइका सामाग्री बितरण गरिएको हो  ।


बिधार्थीहरुलाई सहयोग ठुलो नभए पनि सरसफाईका सामाग्री सहयोगले ब्यक्तिगत सरसफाईमा मद्धत पुग्ने बिस्वास समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए । 


ताँजाकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका आर्थिक सहयोगमा सरसफाईका सामानहरुमाा एक वटा मुख धुने साबुन, एउटा कपडा धुने सावन, एउटा ब्रस, एउटा मञ्जन र एक वटा नेलकटर रहेका छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै