नेभिगेशन
समाज
 संविधान दिवसको अवसरमा बौद्धिक अपाङ्गता र छात्रालाई सरसफाईका सामाग्री बितरण 

 संविधान दिवसको अवसरमा बौद्धिक अपाङ्गता र छात्रालाई सरसफाईका सामाग्री बितरण 

सिमकोट ।    सदरमुकाम सिमकोटमा अध्ययनरत बौद्धिक अपाङ्गता र छात्रालाई सरसफाईका सामाग्री सहयोग गरिएको छ । ११ औं संविधान दिवसको अवसर पारी शनिबार ती सामाग्री बिधार्थीहरु अध्ययन गर्ने संस्थामा पुगेर सहयोग गरिएको हो ।

संविधान दिवस जिल्ला स्तरीय समारोह समितिको निर्णय अनुसार तीन वटा संस्थामा अध्ययनरत बौद्धिक अपाङ्गता भएका बिधार्थी र छात्रालाई सरसफाईका सामाग्रीहरु सहयोग गर्ने निर्णय भए अनुसार सरसफइका सामग्री सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले बताउनु भएको छ  । 


संविधान दिवसको अवसरका समय अभावको कारण यी सामाग्री प्रदान गर्न नभ्याएपछि शनिबार बिधार्थीहरु अध्ययन गरि रहेका संस्था मै पुगेर सामाग्री प्रदान गरिएको प्रजिअ रेग्मीले बताउनु भएको हो  । यसरी सरसफाईका सामाग्री पाउन छात्रा तथा बौद्धिक अपाङ्गता भएका बिधार्थीहरुमा महिला फिडर छात्रावासमा अध्ययनरत चौबीस जना छाात्रा, हिमाली बौद्धिक अपाङ्गा आवासीय विद्यालयका चालीस र हिमाली शिक्षा र बिकास ( हेड) नेपालमा अध्ययनरत ५२ जना गरि ११६ जना बालबालिका लाई सरसफाइका सामाग्री बितरण गरिएको हो  ।


बिधार्थीहरुलाई सहयोग ठुलो नभए पनि सरसफाईका सामाग्री सहयोगले ब्यक्तिगत सरसफाईमा मद्धत पुग्ने बिस्वास समन्वय समितिका प्रमुख शिबराज शर्माले बताए । 


ताँजाकोट, खार्पुनाथ र नाम्खा गाउँपालिका आर्थिक सहयोगमा सरसफाईका सामानहरुमाा एक वटा मुख धुने साबुन, एउटा कपडा धुने सावन, एउटा ब्रस, एउटा मञ्जन र एक वटा नेलकटर रहेका छन । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।