नेभिगेशन
समाज
हुम्लाका गाँउघरमा कोदो भित्र्याउने चटारो , खेतबारी भरिभराउ

हुम्लाका गाँउघरमा कोदो भित्र्याउने चटारो खेतबारी , भरिभराउ

 सिमकोट ।          हुम्लाको दक्षिण भेगका ग्रामीण क्षेत्रका किसानलाई कोदो टिप्न चटारो परेको छ । यहाँ चामल र गहुँपछि सबैभन्दा धेरै उपभोग गरिने खाद्यान्न कोदो हो । जेठ, असार र साउनको पहिलो हप्तासम्म खेति गरिसक्ने कोदो असोज महिना लाग्न साथ कोदो टिप्नमा चटारो देखीएको हो  । 


बर्षयाम ढिला भएको कारण साउनको दोस्रो हप्तादेखि भदौको दोस्रो हप्तासम्म कोदो रोप्ने काम भएको हो  । हिमाली जिल्ला हुम्लामा पुरुषभन्दा प्रायः महिला कोदो रोप्न सक्रिय हुने गरेका छन । गाउँमा पुरुषको बसोबास नभएकाले पनि कोदो रोप्ने र टिप्ने काम महिलाको संलग्नता बढी हुने गरेको छ । 


बिहानदेखि बेलुका सम्म कोदो टिप्ने काम भइरहेको सर्केगाड गाउपालिका–२, रिपकी स्थानीय कलसा परियारले बताउनुभयको छ । उहाँले भन्नुभयो, “भदौमा पाक्ने कोदो (अगन खाने कोदो) वैशाख÷जेठमा लगाउने र असोज÷ कात्तिक मा पाक्ने कोदो यो बेला टिप्नको चटारो देखीन्छ  ।


अहिलेको बर्ष कोदो रोप्ने बेला पानि ढिला परेको कारण ढिलो पाक्ने र उब्जाउ कम हुने विश्वास गरिएको छ । कोदो रोप्न ढिलाइ गर्दा राम्रोसँग फल्दैन । स्थानीय महिला दिनरात कोदो टिप्ने केलाउने, नल उखेल्ने र कोदो चुट्ने काममै व्यस्त हुने गरेका छन  । यहाँको पाखो र भिरालो तथा पानी नलाग्ने जमिनमा कोदो खेती हुन्छ ।

जेठासी बाली राम्रो उत्पादन नभए पनि हुम्लीका लागि कोदो छाक टार्ने र भोक मेटाउने आहार मात्र नभई पोषणयुक्त खाद्यका रूपमा लिने गरिन्छ । हिमाली जिल्ला हुम्लामा पुराना पुस्ताले कोदो खेती धेरै मात्रामा गर्ने गरेका भए पनि पछिल्लो पुस्ताले भने कोदोको व्यावसायिक खेती गर्न थालेका छन । 


कोदोको रोटी र ढिडो सहरी क्षेत्रमा लोकप्रिय बन्न थालेपछि कोदोको व्यावसायिक खेती हुन थालेको हो । गाउँ गाउँमा सडक पुगेपछि दलेको दाल र फलेको चामल घरमै पुग्ने गरेकाले कोदोका परिकार बनाएर खानेको सङ्ख्या पनि घट्न थालेको छ ।


हुम्लाका अधिकाँस खेती योग्य जमिनमा कोदो खेती हुन भएको कारण आर्थिक वर्ष ०८१।०८२ मा एक हजार ६२ हेक्टर जमिन कोदो लगाएर एक हजार १२५ मेट्रिकटन कोदो उत्पादन हुने कृषि बिकास कार्यालयका प्रमुख चुडामणी पन्तले बताउनु भएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।