नेभिगेशन
समाज

    एसियाको उत्कृष्ट एक सय बैज्ञानीकहरूको सूचीमा हुम्लाका लामा

सिमकोट ।     हिमाली जिल्ला हुम्लाको दुर्गम बस्तीमा जन्मनु भएका रिन्जिन फुन्जोक लामा एसियाका एक सय जना उत्कृष्ट बैज्ञानीकमा पर्न सफल भएका छन । ‘एशियन साइण्टिस्ट’ नामक पत्रिकाले प्रकाशित एसियाका उत्कृष्ट एक सय बैज्ञानीकहरूको सूचीमा लामाको नाम उल्लेख गरिएको हो । 

473144912_18480123370054783_2949021806064434147_n-1758890598.jpg

बिज्ञानमा स्नातक सकिएपछि बन्यजन्तु संरक्षणका क्षेत्रमा सन २०१३ देखि काम गर्दै आउनु भएका सिमकोट गाउँपालिका– ३ को बरगाउँमा युवा बैज्ञानीक रिन्जीन फुन्जोक लामाले एसियन साईनटिष्ट नामको पत्रिकाले सार्वजनिक गरेको एसियाका एक सय जना बैज्ञानिकको नाममा आफ्नो पनि परेको गत मङ्गलबार बेलुका मात्र जानकारी प्राप्त गरेको बताए । उक्त पत्रिकाले ख्याती प्राप्त अवार्ड बिजेतालाई आधार मान्दै ती नाम सार्वजनिक गरेको बताउदै यसमा नाम उल्लेख हुुनुमा धेरै कुराले सहयोग गरेको उनले बताए ।


 यसअघि लामाले बन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लखनीय काम गरेको भन्दै सन २०२२ मा साँढे दुई करोड राशीफलको रोलेक्स अवाडी र २०२३ मा ७५ लाख राशीको नेचर अवार्ड प्राप्त गरेका थिए । सो राशीबाट पनि हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ६ को लिमी क्षेत्रका हिम चितुवको सङ्या गणना गर्ने र त्यसको संरक्षणका क्षेत्रमा काम गर्दै आएका छन ।

473740091_10170551234005403_1229463628454526227_n-1758890596.jpg

 हाल बन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्नेगरि उकाली परियोजनाको निर्देशकका रुपमा कार्यरत छन । दिनमा अधिकाँस समय काममा खटिने गरेको र आफ्नो कामको मुल्याङ्कन भएको उनले बताए । यसले बयजन्न्तु संरक्षाणका क्षेत्रमा थप काम गर्ने हौसला मिलेको बताउदै आफुले हालसम्म मनाङ, मुस्ताङ र हुम्ला जिल्लाका उच्च हिमाली क्षेत्रमा काम गरिएको उनले बताए । हाल युवा बैज्ञानिक लामाले माथिल्लो सेती र माथिल्लो कर्णालीका बाजुरा, बझाङ र हुम्ला जिल्लामा बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन । 


यसमा हिम चितुवाको गणना, संरक्षण र बासस्थानका दिगोपनाको अध्ययन गर्ने कार्य समेत गरि रहनु भएको छ । उक्त परियोजनाले नेपाल सरकरको बन बिभागसंग समन्वय गरेर काम गरि रहेको उनको भनाई छ । सानैमा पढाईमा अब्बल लामाले दुरदराजमा जन्मेर पनि अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त गर्नु जिल्लावासीका लागि गर्वको विषय भएको हुम्ला स्वतन्त्र फोटोग्राफर अभिनास लामाले बताए । लामाको सो ख्यातीले देशको शिर समेत उचो राख्ने काम गरेको उनको भनाई छ ।
473619206_10170536415420403_6123946649326707971_n-1758890593.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।