नेभिगेशन
समाज

    एसियाको उत्कृष्ट एक सय बैज्ञानीकहरूको सूचीमा हुम्लाका लामा

सिमकोट ।     हिमाली जिल्ला हुम्लाको दुर्गम बस्तीमा जन्मनु भएका रिन्जिन फुन्जोक लामा एसियाका एक सय जना उत्कृष्ट बैज्ञानीकमा पर्न सफल भएका छन । ‘एशियन साइण्टिस्ट’ नामक पत्रिकाले प्रकाशित एसियाका उत्कृष्ट एक सय बैज्ञानीकहरूको सूचीमा लामाको नाम उल्लेख गरिएको हो । 

473144912_18480123370054783_2949021806064434147_n-1758890598.jpg

बिज्ञानमा स्नातक सकिएपछि बन्यजन्तु संरक्षणका क्षेत्रमा सन २०१३ देखि काम गर्दै आउनु भएका सिमकोट गाउँपालिका– ३ को बरगाउँमा युवा बैज्ञानीक रिन्जीन फुन्जोक लामाले एसियन साईनटिष्ट नामको पत्रिकाले सार्वजनिक गरेको एसियाका एक सय जना बैज्ञानिकको नाममा आफ्नो पनि परेको गत मङ्गलबार बेलुका मात्र जानकारी प्राप्त गरेको बताए । उक्त पत्रिकाले ख्याती प्राप्त अवार्ड बिजेतालाई आधार मान्दै ती नाम सार्वजनिक गरेको बताउदै यसमा नाम उल्लेख हुुनुमा धेरै कुराले सहयोग गरेको उनले बताए ।


 यसअघि लामाले बन्यजन्तु संरक्षणका क्षेत्रमा उल्लखनीय काम गरेको भन्दै सन २०२२ मा साँढे दुई करोड राशीफलको रोलेक्स अवाडी र २०२३ मा ७५ लाख राशीको नेचर अवार्ड प्राप्त गरेका थिए । सो राशीबाट पनि हुम्ला जिल्लाको नाम्खा गाउँपालिका– ६ को लिमी क्षेत्रका हिम चितुवको सङ्या गणना गर्ने र त्यसको संरक्षणका क्षेत्रमा काम गर्दै आएका छन ।

473740091_10170551234005403_1229463628454526227_n-1758890596.jpg

 हाल बन्यजन्तु संरक्षणका क्षेत्रमा काम गर्नेगरि उकाली परियोजनाको निर्देशकका रुपमा कार्यरत छन । दिनमा अधिकाँस समय काममा खटिने गरेको र आफ्नो कामको मुल्याङ्कन भएको उनले बताए । यसले बयजन्न्तु संरक्षाणका क्षेत्रमा थप काम गर्ने हौसला मिलेको बताउदै आफुले हालसम्म मनाङ, मुस्ताङ र हुम्ला जिल्लाका उच्च हिमाली क्षेत्रमा काम गरिएको उनले बताए । हाल युवा बैज्ञानिक लामाले माथिल्लो सेती र माथिल्लो कर्णालीका बाजुरा, बझाङ र हुम्ला जिल्लामा बन्यजन्तु संरक्षणको क्षेत्रमा काम गर्दै आएका छन । 


यसमा हिम चितुवाको गणना, संरक्षण र बासस्थानका दिगोपनाको अध्ययन गर्ने कार्य समेत गरि रहनु भएको छ । उक्त परियोजनाले नेपाल सरकरको बन बिभागसंग समन्वय गरेर काम गरि रहेको उनको भनाई छ । सानैमा पढाईमा अब्बल लामाले दुरदराजमा जन्मेर पनि अन्तराष्ट्रिय स्तरको ख्याती प्राप्त गर्नु जिल्लावासीका लागि गर्वको विषय भएको हुम्ला स्वतन्त्र फोटोग्राफर अभिनास लामाले बताए । लामाको सो ख्यातीले देशको शिर समेत उचो राख्ने काम गरेको उनको भनाई छ ।
473619206_10170536415420403_6123946649326707971_n-1758890593.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै