नेभिगेशन
समाज

आज हुम्लामा पनि महाअष्टमी मनाइयो

सिमकोट ।    नेपालीहरुको महान् चाड बडादसैँको आठौँ दिन आज हुम्लामा माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ । 


आजको दिनलाई दुर्गा भवानीको विशेष शक्ति प्रकट भएको दिनका रूपमा मानिन्छ । विशेषगरी राँगा, बाख्रा, बोका लगायतका बलि चढाएर देवीलाई प्रसन्न तुल्याउने धार्मिक विश्वास रहिआएको छ । हुम्लाका गाउँ–गाउँका मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुले दुर्गा भवानी मन्दिरमा बोकाको बली लिएर  पूजाआजा गरेर महाअष्टमी मनाईएको जानकारी प्राप्पत भएको छ । 

हुम्लाको नामखा गाउँपालिका बाहेक सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र तााजाकोट गाउँपालिकामा आज घर घरमा खसी बोकाको बली चडाई अष्टमी मनाएका हाम्रा स्थानिय संवाददाताले खबर पठाउनु भएको छ । 
  आज दसै घर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा काँक््रmा, मुला, फर्सि, आलु , करेला, खुर्सानी, र बाख्रा बोका आदि नौ वटा  बली चढाए दुर्गा भवानीलाई खुसि बनाउने र आफ्नो घर परिवारको दान सोरुप बली चढाउने परम्परा रहि आएको छ ।  

महाअष्टमीका दिन दिदीबहिनी, दाजुभाइ तथा इष्टमित्रलाई घरमा निम्त्याई मिठो–मसिनो खानेकुरा खाने रमाईलो गर्न र दान–दक्षिणा गर्ने परम्परा पनि छ । धार्मिक विश्वासअनुसार नवरात्रका अवसरमा देवी दुर्गाको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहिआएको छ । 


धनिलाई दशैँ आएजस्तो लाग्छ, तर गरिबलाई त दसा आएको जस्तो देखिन्छ ।  एक स्थानीय बासिन्दाले दुखेसो पोख्दै भने हामीजस्ता गरिबका लागि दशैँ भनेको ऋण खोज्ने, कसरी चाड मनाउने भन्ने चिन्तामात्र हो । 


स्थानीयहरूका अनुसार दशैँको दिनमा धनी परिवारले नयाँ लुगा र स्वादिष्ट भोजनमा रमाइलो गर्दा आर्थिक अभावले ग्रस्त गरिब परिवारहरूलाई भने दैनिक गुजारा मिलाउनै मुस्किल परेको छ । दशैँ मनाउने नाममा ऋणमा परेर वर्षभरिको कमाइ तिर्नुपर्ने अवस्था धेरै घर परिवारमा देखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।