नेभिगेशन
समाज

आज हुम्लामा पनि महाअष्टमी मनाइयो

सिमकोट ।    नेपालीहरुको महान् चाड बडादसैँको आठौँ दिन आज हुम्लामा माता दुर्गा भवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ । 


आजको दिनलाई दुर्गा भवानीको विशेष शक्ति प्रकट भएको दिनका रूपमा मानिन्छ । विशेषगरी राँगा, बाख्रा, बोका लगायतका बलि चढाएर देवीलाई प्रसन्न तुल्याउने धार्मिक विश्वास रहिआएको छ । हुम्लाका गाउँ–गाउँका मन्दिरमा बिहानैदेखि श्रद्धालु भक्तजनहरुले दुर्गा भवानी मन्दिरमा बोकाको बली लिएर  पूजाआजा गरेर महाअष्टमी मनाईएको जानकारी प्राप्पत भएको छ । 

हुम्लाको नामखा गाउँपालिका बाहेक सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र तााजाकोट गाउँपालिकामा आज घर घरमा खसी बोकाको बली चडाई अष्टमी मनाएका हाम्रा स्थानिय संवाददाताले खबर पठाउनु भएको छ । 
  आज दसै घर तथा जमरा कोठामा दुर्गा भवानी, महाकाली, महासरस्वती र महालक्ष्मीको प्रतीकका रूपमा काँक््रmा, मुला, फर्सि, आलु , करेला, खुर्सानी, र बाख्रा बोका आदि नौ वटा  बली चढाए दुर्गा भवानीलाई खुसि बनाउने र आफ्नो घर परिवारको दान सोरुप बली चढाउने परम्परा रहि आएको छ ।  

महाअष्टमीका दिन दिदीबहिनी, दाजुभाइ तथा इष्टमित्रलाई घरमा निम्त्याई मिठो–मसिनो खानेकुरा खाने रमाईलो गर्न र दान–दक्षिणा गर्ने परम्परा पनि छ । धार्मिक विश्वासअनुसार नवरात्रका अवसरमा देवी दुर्गाको आराधना गरे शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने मान्यता रहिआएको छ । 


धनिलाई दशैँ आएजस्तो लाग्छ, तर गरिबलाई त दसा आएको जस्तो देखिन्छ ।  एक स्थानीय बासिन्दाले दुखेसो पोख्दै भने हामीजस्ता गरिबका लागि दशैँ भनेको ऋण खोज्ने, कसरी चाड मनाउने भन्ने चिन्तामात्र हो । 


स्थानीयहरूका अनुसार दशैँको दिनमा धनी परिवारले नयाँ लुगा र स्वादिष्ट भोजनमा रमाइलो गर्दा आर्थिक अभावले ग्रस्त गरिब परिवारहरूलाई भने दैनिक गुजारा मिलाउनै मुस्किल परेको छ । दशैँ मनाउने नाममा ऋणमा परेर वर्षभरिको कमाइ तिर्नुपर्ने अवस्था धेरै घर परिवारमा देखिएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
भर्खरै