नेभिगेशन
समाज

घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–२ उनापानी लेख गाउँमा एक महिलाको घाँस काट्ने क्रममा दुर्घटनावश मृत्यु भएको छ ।
स्थानीय अमृत फडेराकी पत्नी, करिब २४ वर्षीया धिक्क फडेराको सोमबार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको परिवारले जानकारी दिएको छ । उनी गाउँ नजिकैको धैनसैन भन्ने स्थानमा घाँस काट्न गएकी थिइन् ।
पतिको भनाइ अनुसार, आफु गोरु लगाउन केहीबेरका लागि अलि टाढा गएका बेला उनकी श्रीमती अचानक चिप्लिएर लडेर मृत्यु भएको जानकारी दिनु भएको छ ।  घाइते अवस्थामा उनलाई घरतर्फ ल्याइए पनि बिच बाटैमा उनको ज्यान गएको मृतकका श्रीमान अमृत फडेराले दुखेसो पोख्नुभयो ।
सोमबार साँझ करिब साढे चार बजे दुर्घटना भएको र उपचारको प्रयास गर्दै घरमा ल्याउँदा बाटोमै निधन भएको आफन्त लछमण कार्कीले बताए । मंगलबार बिहान हिन्दु संस्कार अनुसार गाउँमै उनको अन्त्येष्टि समेत  गरिएको जानकारी प्राप्त भएको छ ।
दशैका मुखमै यस दुखद घटनाले गाउँभर शोकको वातावरण छाएको छ । असमयमा २४ वर्षकै उमेरमा जीवन गुमाएकी धिक्क फडेरालाई श्रद्धाञ्जली अर्पण गर्दै गाउँलेहरूले परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

अदानचुलीका ३५ जना ठेउलाका बिरामी भेटिए

गाउँका बिरामी नागरीकहरुमा ठेउलाको लक्षणसँग मिल्ने उक्त रोग देखिएको आशंका गरिएको हो । गाउँमा रोगको महामारी फैलीको खबर स्वास्थ्य शाखामा आए लगत्तै गरिएको शिबिरबाट उक्त बिरामी फेला परेको...
खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

खार्पुनाथको थालीमा आगलागी २ वर्षीया बालकको मृत्यु 

छेपी जेठरा र रामराज जेठाराको घरमा अचालन आगलागि हुँदा घर भित्र भएकी उनकी आमा कराउँदै आगो नियन्त्रणका लागि गुहार माग्दै बाहिर निस्केको प्रत्यक्षदर्सी तिलविर रावलले जानकारी दिए । 
  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन

  लागु औषध दुव्र्यसनी र बालश्रम बालबिबाह अन्त्यका लागि सडक नाटक प्रदर्शन