नेभिगेशन
समाज

घाँस काट्ने क्रममा लडेर एक जना महिलाको मृत्यु

हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका–२ उनापानी लेख गाउँमा एक महिलाको घाँस काट्ने क्रममा दुर्घटनावश मृत्यु भएको छ ।
स्थानीय अमृत फडेराकी पत्नी, करिब २४ वर्षीया धिक्क फडेराको सोमबार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको परिवारले जानकारी दिएको छ । उनी गाउँ नजिकैको धैनसैन भन्ने स्थानमा घाँस काट्न गएकी थिइन् ।
पतिको भनाइ अनुसार, आफु गोरु लगाउन केहीबेरका लागि अलि टाढा गएका बेला उनकी श्रीमती अचानक चिप्लिएर लडेर मृत्यु भएको जानकारी दिनु भएको छ ।  घाइते अवस्थामा उनलाई घरतर्फ ल्याइए पनि बिच बाटैमा उनको ज्यान गएको मृतकका श्रीमान अमृत फडेराले दुखेसो पोख्नुभयो ।
सोमबार साँझ करिब साढे चार बजे दुर्घटना भएको र उपचारको प्रयास गर्दै घरमा ल्याउँदा बाटोमै निधन भएको आफन्त लछमण कार्कीले बताए । मंगलबार बिहान हिन्दु संस्कार अनुसार गाउँमै उनको अन्त्येष्टि समेत  गरिएको जानकारी प्राप्त भएको छ ।
दशैका मुखमै यस दुखद घटनाले गाउँभर शोकको वातावरण छाएको छ । असमयमा २४ वर्षकै उमेरमा जीवन गुमाएकी धिक्क फडेरालाई श्रद्धाञ्जली अर्पण गर्दै गाउँलेहरूले परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।