नेभिगेशन
समाज

    हुम्लाको चंखेलीमा जिप दुर्घटना, तीन जनाको घटनास्थमै मृत्यु, घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगियो

हुम्लाको चंखेली गाउँपालिका ४ को देसीखोलामा जिप दुर्घटना भएको छ ।  शुक्रबार बिहान देसीखोलामा जिप दुर्घटना हुदा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  आज बिहान बोलेरो जिप हुदा मृत्यु हुनेमा चंखेली गाउँपालिका– ६ का मनबीर बुढा, सिमकोट गाउँपालिका–८ की बसन्ती बुढा र उहाँकी छोरीकोे मृत्यु भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । 

हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो । त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाईतेको उद्धार गर्नु भएको थियो । जीप तीन सय मिटर तल खसेको थियो । दुर्घटना परेका तीन जना घाइतेहरुको नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि अहिले प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उहाँको छोरा र चंखेली गाउँपालिका–४ की पार्वती सिराको उद्धार गरिएको हो । अन्य घाइते भएकालाई हेलिकप्टर फेरी लिन आउने भएको छ भने मध्यम खालका घाइतेलाई जिल्लाअस्पतालमा ल्याउनको लागी सिमकोटबाट ऐम्बुलेन्स गएको जिल्लाप्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंखर पोखरेलले बताउनु भएको छ ।  

गाउँपालिका– ६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो । चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...