नेभिगेशन
समाज

    हुम्लाको चंखेलीमा जिप दुर्घटना, तीन जनाको घटनास्थमै मृत्यु, घाइतेलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगियो

हुम्लाको चंखेली गाउँपालिका ४ को देसीखोलामा जिप दुर्घटना भएको छ ।  शुक्रबार बिहान देसीखोलामा जिप दुर्घटना हुदा तिन जनाको घटनास्थलमै मृत्यु भएको छ ।  आज बिहान बोलेरो जिप हुदा मृत्यु हुनेमा चंखेली गाउँपालिका– ६ का मनबीर बुढा, सिमकोट गाउँपालिका–८ की बसन्ती बुढा र उहाँकी छोरीकोे मृत्यु भएको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाहीले बताउनुभयो । 

हुम्लाको मेल्छामबाट सुर्खेततर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ च १०९१ नम्बरको डबल क्याब जिप आज बिहान करिब ११ बजे दुर्घटना भएको हो । त्यहाँ रहेको प्रहरी चौकीका प्रहरी र सर्वसाधारण घटनास्थलमा पुगेर घाईतेको उद्धार गर्नु भएको थियो । जीप तीन सय मिटर तल खसेको थियो । दुर्घटना परेका तीन जना घाइतेहरुको नेपाली सेनाको हेलिकोप्टरमार्फत थप उपचारका लागि अहिले प्रादेशिक अस्पताल सुर्खेतमा उद्धार गरिएको छ ।

घाइते भएका सिमकोट गाउँपालिका–८ का महेन्द्र रोकाया, उहाँको छोरा र चंखेली गाउँपालिका–४ की पार्वती सिराको उद्धार गरिएको हो । अन्य घाइते भएकालाई हेलिकप्टर फेरी लिन आउने भएको छ भने मध्यम खालका घाइतेलाई जिल्लाअस्पतालमा ल्याउनको लागी सिमकोटबाट ऐम्बुलेन्स गएको जिल्लाप्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक शंखर पोखरेलले बताउनु भएको छ ।  

गाउँपालिका– ६ को मेल्छामबाट गाउँपालिका केन्द्र पिप्लाङ हुँदै सुर्खेत जाने क्रममा जीप दुर्घटनामा परेको थियो । चंखेलीका बहादुर लामाले चलाएको सो जिप सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।