नेभिगेशन
समाज
सांग्रिला डेभलपमेन्ट बैंकले बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन हस्तान्तरण

सांग्रिला डेभलपमेन्ट बैंकले बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन हस्तान्तरण

 सिमकोट  ।      सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व  ९ऋक्च्० कार्यक्रमअन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ ।

असोज २४ गते शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा बैंकका कर्मचारीहरूले उक्त स्वास्थ्य सामग्री बरगाँउ स्वास्थ्य चौकीका प्रतिनिधि तथा वडा नम्बर ३ का वडा अध्यक्ष पामा लामालाई हस्तान्तरण गरेका हुन् ।


बैंकले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष पामा लामाले उक्त सहयोगले गाउँका बिरामीहरूलाई उपचारमा ठूलो सहजता पुग्ने बताएका थिए ।

उनले भने, “अब अक्सिजनको कमीका कारण बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता समेत हटेको बताउनु भएको थियो । यो उपकरणले गाउँ स्तरमै उपचार सम्भव बनाएको वडा अध्यक्ष लामाको भनाइ थियो ।  उनले सांग्रिला डेभलपमेन्ट बैंकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा समेत व्यक्त गरेको बताउनु भयो । ।

उक्त उपकरण सञ्चालनमा आएसँगै अब स–साना स्वास्थ्य समस्यामा पनि बिरामीलाई तत्काल उपचार गर्न सहज हुने भएको सांग्रिला डेभलपमेन्ट बैंकका सह असिस्टेन्ट अमर बोहराले बताउनु भएको हो ।

गाउँकै स्वास्थ्यकर्मीहरूका अनुसार अक्सिजनको कमीले गर्दा दम, निमोनिया, हृदय समस्या र अन्य सास फेर्न गाह्रो हुने बिरामीहरूलाई उपचार गर्न निकै कठिनाइ हुने गरेको थियो । अहिले भने सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले तत्काल उपचार सम्भव हुने र आकस्मिक अवस्थामा पनि बिरामीको ज्यान जोगाउन सहज हुने बताएका छन् ।

अक्सिजन कन्सेन्ट्रेटरको सुविधा उपलब्ध भएपछि दुर्गम ग्रामीण बस्तीका स्थानीयवासीहरू खुशी देखिएका छन् । गाउँकै स्वास्थ्य संस्थामा अक्सिजन उपचारको सुविधा पाएपछि बिरामी तथा परिवारजनहरूले राहतको अनुभव गरेको बताएका छन् ।

 

सांग्रिला डेभलपमेन्ट बैंकका सह असिस्टेन्ट अमर बोहराले हाम्रो लक्ष्य दुर्गम क्षेत्रका नागरिकसम्म आधारभूत स्वास्थ्य सुविधा पु¥याउने हो । यो कार्यले गाउँका नागरिकको जीवनरक्षामा सहयोग पु¥याउनेछ भन्ने हामीलाई विश्वास गरेको बताउनु भएको हो ।

लामो समयदेखि स्वास्थ्य सामग्री र आधारभूत उपचार सुविधाको अभाव झेल्दै आएका स्थानीयले अब आफ्नै गाउँमै अक्सिजन सुविधा पाउने भएपछि ठूलो राहतको महसुस गरेका हुन् ।

पहिले अक्सिजनको कमीका कारण बिरामीलाई कठिनाइ हुने र सास फेर्न गाह्रो भएका बिरामीलाई सिमिकोटको जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो । अब भने गाउँमै उपचार गर्न सकिने भएपछि स्वास्थ्यकर्मीहरू पनि उत्साहित छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष पामा लामा, स्वास्थ्य चौकीका कर्मचारी तथा वडा नम्बर ३ का स्थानीयवासीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
मानसरोवरमा मृत्यु भएका भारतीय नागरिक जैनको लाश भारत लगिने 

मानसरोवरमा मृत्यु भएका भारतीय नागरिक जैनको लाश भारत लगिने 

शुक्रबार रातीसम्म मृतक जैनको लाशलाई हेलिकोप्टरमार्फत ल्याउने कुरा भएपनि शनिबार आज भन्सारमा कागजात मिलाएर लाश नेपालतर्फ निकास गरे लगत्तै गाडीमा नेपालगञ्जतर्फ लगिएको हो । नेपालगञ्ज हुदैं उक्त लाश...
बिदाको दिनमा पनि हुम्लाको सामाजिक विकास कार्यालयद्वारा सेवा प्रवाह

बिदाको दिनमा पनि हुम्लाको सामाजिक विकास कार्यालयद्वारा सेवा प्रवाह

हुम्लाको सामाजिक विकास कार्यालयले असार मसान्तको चापलाई मध्यनजर गर्दै सार्वजनिक बिदा तथा अन्य बिदाका दिनमा समेत सेवा प्रवाह गर्ने व्यवस्था गरेको छ । कार्यालय प्रमुख ईश्वरबहादुर सिंहका अनुसार...
म माथिको ‘तस्कार करार’ र 'रानीखर्क'को वास्तविकता

म माथिको ‘तस्कार करार’ र 'रानीखर्क'को वास्तविकता

राया गाविसले त तत्काल छलफल नहुञ्जेल नापी नगर्नु भनि पत्राचार समेत गरिसकेको कुरालाई बाजुराको नापी कार्यालयले कसरी जानकारी गराएको छ ? त्यो सरकारले गठन गरेको समितिले थप अध्ययन...