सिमकोट । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व ९ऋक्च्० कार्यक्रमअन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ ।
असोज २४ गते शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा बैंकका कर्मचारीहरूले उक्त स्वास्थ्य सामग्री बरगाँउ स्वास्थ्य चौकीका प्रतिनिधि तथा वडा नम्बर ३ का वडा अध्यक्ष पामा लामालाई हस्तान्तरण गरेका हुन् ।
बैंकले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष पामा लामाले उक्त सहयोगले गाउँका बिरामीहरूलाई उपचारमा ठूलो सहजता पुग्ने बताएका थिए ।
उनले भने, “अब अक्सिजनको कमीका कारण बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता समेत हटेको बताउनु भएको थियो । यो उपकरणले गाउँ स्तरमै उपचार सम्भव बनाएको वडा अध्यक्ष लामाको भनाइ थियो । उनले सांग्रिला डेभलपमेन्ट बैंकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा समेत व्यक्त गरेको बताउनु भयो । ।
उक्त उपकरण सञ्चालनमा आएसँगै अब स–साना स्वास्थ्य समस्यामा पनि बिरामीलाई तत्काल उपचार गर्न सहज हुने भएको सांग्रिला डेभलपमेन्ट बैंकका सह असिस्टेन्ट अमर बोहराले बताउनु भएको हो ।
गाउँकै स्वास्थ्यकर्मीहरूका अनुसार अक्सिजनको कमीले गर्दा दम, निमोनिया, हृदय समस्या र अन्य सास फेर्न गाह्रो हुने बिरामीहरूलाई उपचार गर्न निकै कठिनाइ हुने गरेको थियो । अहिले भने सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले तत्काल उपचार सम्भव हुने र आकस्मिक अवस्थामा पनि बिरामीको ज्यान जोगाउन सहज हुने बताएका छन् ।
अक्सिजन कन्सेन्ट्रेटरको सुविधा उपलब्ध भएपछि दुर्गम ग्रामीण बस्तीका स्थानीयवासीहरू खुशी देखिएका छन् । गाउँकै स्वास्थ्य संस्थामा अक्सिजन उपचारको सुविधा पाएपछि बिरामी तथा परिवारजनहरूले राहतको अनुभव गरेको बताएका छन् ।
सांग्रिला डेभलपमेन्ट बैंकका सह असिस्टेन्ट अमर बोहराले हाम्रो लक्ष्य दुर्गम क्षेत्रका नागरिकसम्म आधारभूत स्वास्थ्य सुविधा पु¥याउने हो । यो कार्यले गाउँका नागरिकको जीवनरक्षामा सहयोग पु¥याउनेछ भन्ने हामीलाई विश्वास गरेको बताउनु भएको हो ।
लामो समयदेखि स्वास्थ्य सामग्री र आधारभूत उपचार सुविधाको अभाव झेल्दै आएका स्थानीयले अब आफ्नै गाउँमै अक्सिजन सुविधा पाउने भएपछि ठूलो राहतको महसुस गरेका हुन् ।
पहिले अक्सिजनको कमीका कारण बिरामीलाई कठिनाइ हुने र सास फेर्न गाह्रो भएका बिरामीलाई सिमिकोटको जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो । अब भने गाउँमै उपचार गर्न सकिने भएपछि स्वास्थ्यकर्मीहरू पनि उत्साहित छन् ।
उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष पामा लामा, स्वास्थ्य चौकीका कर्मचारी तथा वडा नम्बर ३ का स्थानीयवासीहरूको उपस्थिति थियो ।