नेभिगेशन
सर्केघार्ड

खुकुरी प्रहारबाट एक महिला घाइते

हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकामा खानेपानीको विषयलाई लिएर एक जना महिला माथि खुकुरी प्रहार भएको छ । वडा चार सायाँ गाउँका ४५ वर्षिय हजारी थापामाथी खानेपानीको विषयलाई लिएर छिमेकीले खुकुरी प्रहार गर्दा गम्बिर घाइते भएका छन् ।

खानेपानीको विषयलाई लिएर छिमेकी संगको विवादले ठुलो रुप लिदा पिडित थापाको टाउकोमा कुखुरी प्रहार गरी गम्भीर घाईते भएको पिडितका छोरा दन्त साउदले बताए । खेतमा काम गरेर घर फर्किने बेला सो गाउँका नेत्र थापाका आमा छोरा र अन्य एक जना युवा मिलेर खुकुरी तथा ढुङ्गा प्रहार गरी साउदलाई घाईते बनाएको उनले बताएका छन ।

घाईते साउदको साँया स्वास्थ्य चौकीमा प्राथमिक उपचार भइरहेको भएपनि स्वास्थ्यकर्मीले जिल्ला बाहिर रिफर गरेका छन । खुकुरी प्रहारबाट घाईते साउदले दुई पटक बान्ता समेत गरेको उनका छोराले बताए । बिबादमा संलग्न महिला झला थापा पनि घाईते भएर स्वास्थ्य चौकीमा उपचार गरी रहेको र उनको अबस्था सामान्य रहेको साउदले बताए ।

त्यहाँका स्थानीय प्रत्येक्ष दर्शीहरु भने झगडा हुँदा पिडकको हातमा बन्चरोको बिड देखिएको तर धटना कसरी किन भएको थाहा नपाएको बताएका छन् ।
खुकुरी प्रहार गर्ने थापा सहित अर्का एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरिक्षक सुर्य प्रसाद सुवेदीले जानकारी दिए ।

घाईतेको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि लैजाने व्यवस्थाका लागि गृह मन्त्रालयमा लेखी पठाएको भोली उद्धार हुने प्रमुख जिल्ला अधिकारी चिरन्जीबी गिरीले बताए ।

थप अनुसन्धान र मुद्धा दर्ताका लागि उनीहरुलाई जिल्लामा ल्याउने तयारी भई रहेको छ । घटना स्थल सदरमुकाम सिमकोटबाट डेढ दिन पैदल लाग्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप सर्केघार्ड
“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

“चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत ४८ किसानलाई आवश्यक सामग्री वितरण

हुम्लाको सर्केगाड गाउँपालिकाले “चरन खर्क सुधार“ कार्यक्रम अन्तर्गत किसानलाई आवश्यक सामग्री वितरण गरेको छ । पशुपालन तथा चरन व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले गाउँपालिकाका १ देखि ८ वटै...
सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

सर्केगाड उपनिर्वाचनमा ६६ प्रतिशत मतदान 

आइतबार बिहान ७ बजेबाट सुरु भएको १२ वटा मतदान स्थल र १ मतदान केन्द्रमा गरी जम्म ६६ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रशाद बरालले बताए ।...
भर्खरै