नेभिगेशन
समाज

सांग्रिला डेभलपमेन्ट बैंकले बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन हस्तान्तरण

 सिमकोट  ।      सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व  ९ऋक्च्० कार्यक्रमअन्तर्गत हुम्लाको सिमकोट गाउँपालिका–३ स्थित बरगाँउ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण गरेको छ ।

असोज २४ गते शुक्रबार आयोजित एक औपचारिक कार्यक्रममा बैंकका कर्मचारीहरूले उक्त स्वास्थ्य सामग्री बरगाँउ स्वास्थ्य चौकीका प्रतिनिधि तथा वडा नम्बर ३ का वडा अध्यक्ष पामा लामालाई हस्तान्तरण गरेका हुन् ।


बैंकले स्वास्थ्य क्षेत्रमा सहयोग गर्ने उद्देश्यका साथ अक्सिजन कन्सेन्ट्रेटर उपलब्ध गराएको जनाएको छ । कार्यक्रममा वडा अध्यक्ष पामा लामाले उक्त सहयोगले गाउँका बिरामीहरूलाई उपचारमा ठूलो सहजता पुग्ने बताएका थिए ।

उनले भने, “अब अक्सिजनको कमीका कारण बिरामीलाई जिल्ला अस्पताल धाउनुपर्ने बाध्यता समेत हटेको बताउनु भएको थियो । यो उपकरणले गाउँ स्तरमै उपचार सम्भव बनाएको वडा अध्यक्ष लामाको भनाइ थियो ।  उनले सांग्रिला डेभलपमेन्ट बैंकप्रति आभार व्यक्त गर्दै भविष्यमा पनि यस्तै सहयोगको अपेक्षा समेत व्यक्त गरेको बताउनु भयो । ।

उक्त उपकरण सञ्चालनमा आएसँगै अब स–साना स्वास्थ्य समस्यामा पनि बिरामीलाई तत्काल उपचार गर्न सहज हुने भएको सांग्रिला डेभलपमेन्ट बैंकका सह असिस्टेन्ट अमर बोहराले बताउनु भएको हो ।

गाउँकै स्वास्थ्यकर्मीहरूका अनुसार अक्सिजनको कमीले गर्दा दम, निमोनिया, हृदय समस्या र अन्य सास फेर्न गाह्रो हुने बिरामीहरूलाई उपचार गर्न निकै कठिनाइ हुने गरेको थियो । अहिले भने सांग्रिला डेभलपमेन्ट बैंकको सहयोगमा प्राप्त अक्सिजन कन्सेन्ट्रेटरले तत्काल उपचार सम्भव हुने र आकस्मिक अवस्थामा पनि बिरामीको ज्यान जोगाउन सहज हुने बताएका छन् ।

अक्सिजन कन्सेन्ट्रेटरको सुविधा उपलब्ध भएपछि दुर्गम ग्रामीण बस्तीका स्थानीयवासीहरू खुशी देखिएका छन् । गाउँकै स्वास्थ्य संस्थामा अक्सिजन उपचारको सुविधा पाएपछि बिरामी तथा परिवारजनहरूले राहतको अनुभव गरेको बताएका छन् ।

 

सांग्रिला डेभलपमेन्ट बैंकका सह असिस्टेन्ट अमर बोहराले हाम्रो लक्ष्य दुर्गम क्षेत्रका नागरिकसम्म आधारभूत स्वास्थ्य सुविधा पु¥याउने हो । यो कार्यले गाउँका नागरिकको जीवनरक्षामा सहयोग पु¥याउनेछ भन्ने हामीलाई विश्वास गरेको बताउनु भएको हो ।

लामो समयदेखि स्वास्थ्य सामग्री र आधारभूत उपचार सुविधाको अभाव झेल्दै आएका स्थानीयले अब आफ्नै गाउँमै अक्सिजन सुविधा पाउने भएपछि ठूलो राहतको महसुस गरेका हुन् ।

पहिले अक्सिजनको कमीका कारण बिरामीलाई कठिनाइ हुने र सास फेर्न गाह्रो भएका बिरामीलाई सिमिकोटको जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता थियो । अब भने गाउँमै उपचार गर्न सकिने भएपछि स्वास्थ्यकर्मीहरू पनि उत्साहित छन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा अध्यक्ष पामा लामा, स्वास्थ्य चौकीका कर्मचारी तथा वडा नम्बर ३ का स्थानीयवासीहरूको उपस्थिति थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
विश्व रेडक्रस दिवसका अवसरमा सिमकोटमा सरसफाइ कार्यक्रम सम्पन्न

विश्व रेडक्रस दिवसका अवसरमा सिमकोटमा सरसफाइ कार्यक्रम सम्पन्न

आज मे ८ का दिन विश्वभर “मानवताका लागि एकबद्ध होऔँ भन्ने नाराका साथ विश्व रेडक्रस दिवस मनाइएको छ । रेडक्रसका जन्मदाता को जन्मदिनको अवसर पारेर हरेक वर्ष यो...
वाल विवाहका कारण अँझै जिल्लाका २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यलयको खुलासा

वाल विवाहका कारण अँझै जिल्लाका २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी हुने गरेको स्वास्थ्य कार्यलयको खुलासा

जिल्लाका सातवटै गाउँपालिकामा २०८२ साउनदेखि चैत मसान्तसम्म २५ प्रतिशत किशोरी १९ वर्षभन्दा कम उमेरमा सुत्केरी भएको स्वास्थ्य सेवा कार्यालयको तथ्याङ्कले देखाएको हो । यो अवधिमा जिल्लाका सात वटै...
विपद व्यवस्थापन समितिको बैठक बस्यो, पुर्व तयारीका साथ बस्न आग्रह

विपद व्यवस्थापन समितिको बैठक बस्यो, पुर्व तयारीका साथ बस्न आग्रह

बैठकमा जिल्ला विपद् व्यवस्थापन समितिका यसअघिका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे समीक्षा तथा विश्लेषण गरिएको थियो । साथै वर्षायाम तथा मनसुनको समयमा मा हुने आवागमनलाई निर्वाध रूपमा सञ्चालन गर्न आवश्यक...
काठको मुडाले च्यापेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

काठको मुडाले च्यापेर एक जना बालकको मृत्यु, २ जना प्रहरीको नियन्त्रणमा

काठ च्यात्ने क्रममा काठको मुडा लागेर एक जना बालकको मृत्यु भएको छ । सर्केगाड गाउँपालिका वडा नं ८ फुचा गाउँका जोगविर बुढाका १४ वर्षिय छोरा कविन्द्र बुढाको मृत्यु...