नेभिगेशन
समाज

चंखेली गाउँपालिकामा जीप दुर्घटना परेका मृतकको संख्या ४ पुग्यो

सिमकोट ।          हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा शुक्रबार भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार जना पुगेको छ ।


दुर्घटनामा परि घाइते भएर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको कालागाउँ अस्पतालमा उपचारका क्रममा सिमकोट गाँउपालिका वडा नम्बर आठका महेन्द्र रोकायाकी छोरी जागृति रोकायाको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको जानकारी प्रापत भएको छ ।


उक्त दुर्घटनामा परि हालसम्म चार जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेमा हुम्ला चंखेली गाउँपालिका–६ का अन्दाजी २८ वर्षीया मनबिर बुढा, उनका दुई वर्षीया छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया उनकी छोरी  अन्दाजी ३ वर्षीया जागृति रोकाया रहेका छन् ।  

 

मृतक सबैलाई आज हिन्दु परम्पर अनुसार दाह संस्कार गरिएको आफन्तले जानकारी दिनुभ्एको छ । अरु चारजना घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...