नेभिगेशन
समाज

चंखेली गाउँपालिकामा जीप दुर्घटना परेका मृतकको संख्या ४ पुग्यो

सिमकोट ।          हुम्लाको चंखेली गाउँपालिका–४ स्थित देशीखोलामा शुक्रबार भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या चार जना पुगेको छ ।


दुर्घटनामा परि घाइते भएर थप उपचारका लागि कर्णाली प्रदेश राजधानी सुर्खेतमा रहेको कालागाउँ अस्पतालमा उपचारका क्रममा सिमकोट गाँउपालिका वडा नम्बर आठका महेन्द्र रोकायाकी छोरी जागृति रोकायाको उपचारको क्रममा शुक्रबार राती मृत्यु भएको जानकारी प्रापत भएको छ ।


उक्त दुर्घटनामा परि हालसम्म चार जनाको मृत्युभएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताउनुभयो ।

दुर्घटनामा अहिलेसम्म मृत्यु हुनेमा हुम्ला चंखेली गाउँपालिका–६ का अन्दाजी २८ वर्षीया मनबिर बुढा, उनका दुई वर्षीया छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया उनकी छोरी  अन्दाजी ३ वर्षीया जागृति रोकाया रहेका छन् ।  

 

मृतक सबैलाई आज हिन्दु परम्पर अनुसार दाह संस्कार गरिएको आफन्तले जानकारी दिनुभ्एको छ । अरु चारजना घाइतेको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।