नेभिगेशन
समाज

जेनजी आन्दोलनमा सम्पर्कविहीन थुक्तेन अझै भेटिएनन्

सिमकोट :  हुम्लाको नाम्खा गाउँपालिका- ३ खगालगाउँका थुक्तेन पाल्वर लामा एक महिनादेखि सम्पर्कविहीन छन्। उनी काठमाडौँमा गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा बेपत्ता भएको र अझै सम्पर्कमा नआएको उनका परिवारजनले बताएका छन्।  

२४ वर्षीय थुक्तेन काठमाडौँको तीनचुलीमा बस्दै आएका थिए। नारायणथान गुम्बामा लामा ज्ञानको अध्ययन सकाएर एक वर्षअघिदेखि तीनचुलीमा भतिजासँगै बस्दै आए पनि आन्दोलन भएको दिनदेखि सम्पर्कमा नआएको बुबा टैछिरिङ लामाले बताए। उनका अनुसार भदौ २३ गतेको आन्दोलनमा सहभागी भएर थुक्तेन सकुशल कोठा पुगेका थिए। 

भदौ २४ गते कोठाबाट निस्केको र त्यसपछि बेपत्ता भएको थुक्तेनका बुबा टैछिरिङले बताए । बेपत्ता छोराको खोजी गरिदिन उनले सबैसँग आग्रह गरे। बेपत्ता थुक्तेन उहाँका कान्छा छोरा हुन्। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

हुम्लामा निशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरिने

सिमकोट, नाम्खा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष, सामाजिक बिकास कार्यालयका प्रमुख, आधार बिकास कार्यालयका प्रमुखहरुको बसेको बैठकले यस्तो निर्णय गरेको छ ।
कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

कैलास आधारभुत बिधालयमा कक्षा कोठाको अभाव, पठनपाठनमा समस्या

खार्पुनाथ गाउँपालिका वडा नं १ को पिडामा रहेको कैलास आधारभुत बिधालयका कक्षा कोठाको अभाब भएको छ । कक्षा कोठाको अभाव हुदा पठनपाठनमा समस्या भएको प्रध्यानाध्यापक लाल बहादुर शाहीले...