नेभिगेशन
समाज
    दशैं बिदा सकिए पनि खार्पुनाथ–३ राया वडा कार्यालय अझै बन्द

    दशैं बिदा सकिए पनि खार्पुनाथ–३ राया वडा कार्यालय अझै बन्द


सिमकोट ।      नेपाल सरकारले बडा दशैंका अवसरमा असोज १३ गतेदेखि १८ गतेसम्म सार्वजनिक बिदा दिएको र १९ गतेदेखि सबै सरकारी कार्यालय खुला रहने गरी कामकाजमा सञ्चालन गर्न निर्देशन दिएको थियो । तर हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिका–३ राया स्थित वडा कार्यलय भने दशैं बिदा सकिएर तिहार नजिकिँदासम्म पनि बन्द रहेको पाइएको छ ।


वडा कार्यलय बन्द रहँदा स्थानीय नागरिकहरू जन्म, मृत्यु, विवाह दर्ता, नागरिकता तथा राष्ट्रिय परिचयपत्रको सिफारिस लगायतका दैनिक सेवा पाउनबाट वञ्चित भएका छन् ।


स्थानिय राया गाउँका गोरसिंह रावलले आफ्नो छोराको नागरिकता बनाउन वडा कार्यलय पुगे पनि ताला चावि लगाइएको कारण रित्तो हात फर्किनुपरेको दुखेसो व्यक्त गर्नुभयो । दिन दिनै वडा कार्यलय धाउँछु तर सचिवलाई फोन गर्दा आउँछु भन्छन् तर आउँदैनन्, पछि फोन पनि काटेर सम्परक बिहनि भएको जानकारी दिनु भएको छ ।  


स्थानीयवासीहरूले वडा कार्यालयको यो अनियमितता र सेवामा ढिलाइका कारण धेरै समस्या भोग्नु परेको बताएका छन् ।  त्यसैगरी वडामा राखिएका कर्मचारीहरु समेत आफ्नै घरको कात्तिके काममा व्यस्त रहेका छन् । नागरिकहरुले सेवा प्राप्त गर्न खटिएका कर्मचारीको स्थानमा गएर सिफारिसका लागि कुरा गर्दा मात्र हुन्छ भन्ने जानकारी दिएका छन्, तर वास्तविक काम भने गरिएका छैनन्।


जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता र नागरिकता सिफारिस जस्ता सेवाका लागि वडा कार्यालयमा जाने बित्तिकै सचिव र कर्मचारी नपाइने, कार्यालय प्रायः बन्द हुने कारण सेवाग्राहीहरू रित्तो हात लिएर घर फर्किन बाध्य हुने समस्या अहिले मात्र होइन, विगतदेखि नै देखिने गरेको छ ।

 

वडा नम्बर ३, राया गाउँका स्थानीय युवा अनमोल बुढाका अनुसार कार्यालयका कर्मचारीहरु महिना भरि केवल कहिलेकाहीँ मात्र देखिनुहुन्छ, जसले गर्दा कार्यालयको उपस्थितिलाई लगभग अनियमित नै ठान्न सकिने भएको जानकारी दिनु भएको छ । 


वडा नम्बर तीनका सचिवलाई वडा कार्यालयमा भेट्न निकै गाह्रो भइरहेको छ र प्रायः सचिव गाउँपालिकामा नै बस्ने गरेका छन् । यस कारणले गर्दा स्थानीय नागरिकहरू सेवा प्राप्तिमा असुविधामा परेका छन् भन्ने जानकारी अनमोल बुढाले दिएका छन् । 


सामान्य सिफारिसका लागि पनि धेरै चोटी वडा कार्यलय धाउनु पर्ने बल्ल तल्ल धौं धौं गरेर सिफारीस समेत पाउनु परेको वडा नम्बर तीनका स्थानिय बासिन्दाहरूको ठूलो दुखेसो रहेको छ ।  अहिले सिफारिस पाउनका लागि, वडा कार्यालयमा जाने भन्दा पहिला सचिव र खरिदारलाई खोज्नु पर्ने बाध्यता जस्तो स्थिति उत्पन्न भएको छ बुढाले जानकारी दिनु भएको छ । 


वडा नम्बर तीनको वडा कार्यालयमा एक जना सचिव, एक जना खडदार, दुई जना कार्यालय सहयोगी र अन्य जनप्रतिनिधि कर्मचारी कार्यरत छन् । कार्यालयमा दुई जना सहयोगी भएता पनि कार्यालयको झ्यालको सिसा भत्किएको छ र अन्य व्यवस्थापनमा पनि धेरै लापरबाही देखिएको छ ।

 

स्थानीय बासिन्दाहरुका अनुसार, कार्यालय सहयोगीहरूले कार्यालयको हेरचाह गर्नुपर्ने अवस्था हुँदाहुँदै, उनीहरूबाट कार्यलयको व्यवस्थापनमा कमी देखिएको छ ।  कार्यलय सहयोगीहरू कार्यलयको हेरचाह गर्नुपर्ने भए पनि, स्थानीयहरूका अनुसार उनीहरू प्राय आफ्नो घरको काममा धेरै बिजि भएको जनाकारी दिनु भएको छ ।  


सिंहदरबार गाउँमा आएको” भन्ने सरकारको नारा अहिले सपना मात्रै बनेको छ । सिंहदरबार गाउँमा आएको भनिए पनि हाम्रो वडामा सामान्य सिफारिसका लागि पनि सचिव र कर्मचारी खोज्दै धाउनु पर्ने बाध्यता रहेको छ । 


यस कारण वडा नम्बर ३ का सर्वसाधारण नागरिकहरू अत्यावश्यक प्रशासनिक सेवा पाउन कठिनाइमा परेका छन् ।  स्थानिय बासिन्दाहरुले समयमै सेवा पाउनुपर्ने भए पनि कार्यालय बन्द वा सेवा प्रक्रियामा ढिलाइले जनताको समस्या बढाएको बताउँदै आएका छन् ।
48110c97-e976-47be-95fd-7787f7b74318-1760672460.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।