नेभिगेशन
समाज
   सिमकोटको वडा नम्बर–७ डाँडाफयामा भालुको आतंक, मौरी घारमा ठुलो क्षति  

   सिमकोटको वडा नम्बर–७ डाँडाफयामा भालुको आतंक, मौरी घारमा ठुलो क्षति  

सिमकोट ।      हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नम्बर ७ डाँडाफयामा जङ्गली भालुले ठुलो क्षति पु¥याएको खबर प्राप्त भएको छ। स्थानीयका अनुसार भालु घर–आँगनमै पसेर मौरी घार तोडफोड गरी सबै मह खाएर नोक्सानी गरेको छ । 


कार्तिक महिनामा मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरी घार नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्। मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले ठूलो आर्थिक क्षतिमा परेका छन् ।


स्थानीय मौरीपालक देवी शाहीका दुईवटा, धनबहादुर शाही (सार्की) का तीनवटा र जङ्गसुर शाहीका तीनवटा गरी जम्मा आठवटा मौरी घारमा भालुले क्षति पु¥याएको सञ्चारकर्मी मन्दिर सिंहले जानकारी दिनुभयो । सिंहको अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ।


अहिले मौरिको घारमा भालुले क्षति गरेको छ । यदि भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशुचौपायदेखि मानवीय क्षतिसम्म हुन सक्ने भएकाले भालुलाई नियन्त्रणमा लिन सकेसम्म छिटो उपाय निकाल्न आग्रह गरिएको सिँहले जानकारी दिनु भएको छ । 


सञ्चारकर्मी सिंहले भालु नियन्त्रणमा नलिए ठूलो जनधनको क्षति हुन सक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जंगलमा नजान आग्रह गर्नुभएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै