नेभिगेशन
समाज
   सिमकोटको वडा नम्बर–७ डाँडाफयामा भालुको आतंक, मौरी घारमा ठुलो क्षति  

   सिमकोटको वडा नम्बर–७ डाँडाफयामा भालुको आतंक, मौरी घारमा ठुलो क्षति  

सिमकोट ।      हुम्ला जिल्ला सिमकोट गाउँपालिका वडा नम्बर ७ डाँडाफयामा जङ्गली भालुले ठुलो क्षति पु¥याएको खबर प्राप्त भएको छ। स्थानीयका अनुसार भालु घर–आँगनमै पसेर मौरी घार तोडफोड गरी सबै मह खाएर नोक्सानी गरेको छ । 


कार्तिक महिनामा मह निकाल्ने मुख्य सिजन चलिरहेका बेला भालुले मौरी घार नष्ट गरेपछि किसानहरू चिन्तित बनेका छन्। मौरीको मह बिक्री गरेर घरखर्च चलाउने योजना बनाएका किसानहरू अहिले ठूलो आर्थिक क्षतिमा परेका छन् ।


स्थानीय मौरीपालक देवी शाहीका दुईवटा, धनबहादुर शाही (सार्की) का तीनवटा र जङ्गसुर शाहीका तीनवटा गरी जम्मा आठवटा मौरी घारमा भालुले क्षति पु¥याएको सञ्चारकर्मी मन्दिर सिंहले जानकारी दिनुभयो । सिंहको अनुसार देवी शाहीको घरमा रहेको कुकुर समेत भालुले मारेको छ।


अहिले मौरिको घारमा भालुले क्षति गरेको छ । यदि भालुलाई नियन्त्रण नगरेमा गाउँमा पशुचौपायदेखि मानवीय क्षतिसम्म हुन सक्ने भएकाले भालुलाई नियन्त्रणमा लिन सकेसम्म छिटो उपाय निकाल्न आग्रह गरिएको सिँहले जानकारी दिनु भएको छ । 


सञ्चारकर्मी सिंहले भालु नियन्त्रणमा नलिए ठूलो जनधनको क्षति हुन सक्ने भन्दै गाउँका सबैलाई सावधानी अपनाउन र बस्ती नजिकको जंगलमा नजान आग्रह गर्नुभएको छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।