नेभिगेशन
समाज
चंखेली गाउँपालिकामा सरकारी बाइक निजी प्रयोजनमा प्रयोग

चंखेली गाउँपालिकामा सरकारी बाइक निजी प्रयोजनमा प्रयोग

सिमकेट ।     हुम्ला जिल्लाको दक्षिण–पूर्वी क्षेत्रस्थित चंखेली गाउँपालिकामा सरकारी बाइकहरूको चरम दुरुपयोग भइरहेको तथ्य बाहिर आएको छ । 


गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका वडा कार्यालयहरूले कर्मचारीहरूका लागि वितरण गरेका सरकारी मोटरसाइकलहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग भइरहेको स्थानीयले बताएका छन् ।  सार्वजनिक विदा, शनिबारलगायतका दिनमा समेत ती बाइकहरू जथाभावी रूपमा चलाइने, कार्यालयका कामभन्दा पनि कर्मचारीका आफन्त, छोरा, नातेदार र साथीहरूले आफ्ना निजी कामका लागि प्रयोग गर्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।


चंखेली गाउँपालिका स्थानीय दिनेश परियारका अनुसार, आफूले सरकारी सवारी साधनको दुरुपयोगबारे आवाज उठाउँदा उल्टै कुटपिट र धम्की समेत पाएको बताइएको छ । उनका अनुसार गाउँपालिका र वडा अध्यक्षका छोरा, भतिजा तथा निकट व्यक्तिहरूले गाउँपालिकाको बाइक भन्दै आफ्ना व्यक्तिगत काम, बजारका सामान किन्न र घुम्नसम्म प्रयोग गर्ने गरेका छन्।


स्थानीयहरूले भने सरकारी स्रोत र साधन जनताको सेवाका लागि प्रयोग हुनुपर्ने हो, तर अहिले त यसको उल्टो भइरहेको छ । उनीहरूले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरूले यो विषयमा हालसम्म कुनै चासो नदेखाएको, न निगरानी व्यवस्था मिलाएको र नैतिक जिम्मेवारी पनि नलिएको आरोप लगाएका छन्। 

स्थानीयवासीहरूले सम्बन्धित निकाय र सरोकारवाला अधिकारीहरूलाई तत्कालै ध्यान दिन, सरकारी सम्पत्तिको दुरुपयोगमा संलग्नहरूलाई कानूनी कारबाही र चेतावनी दिन माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

सात वर्षमा हुम्ला भित्र ७३ वटा सवारी दुर्घटनाः३६ जनाको मृत्यु

हुम्लामा आन्तरिक रुपमा सडक सञ्चालनमा आए लगत्तै हेलिकोप्टरमार्फत गाडी ढुवानी गरेर आन्तरिक रुपमा चल्न थालेको आर्थिक वर्ष ०७६/७७ देखि हालसम्म ७३ वटा सवारी साधन दुर्घटनामा ३६ जनाको मृत्यु...
सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

सहुलियत नुनमा ७० प्रतिशत अतिरित्त मूल्य असुल्दै वडा कार्यालय (भिडियो रिर्पोटसहित)

नुन ढुवानीका नाममा सर्केगाड–१ का पाँच सय १२ घरधुरीबाट प्रति केजि ६ रुपैयाँका दरले ६४ हजार २ सय रकम असुल्ने काम भएको छ । नागरिकको कमजोर आर्थिक अवस्थालाई...
सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण

सिमकोट राइजिङ क्लबद्वारा न्यानो कपडा वितरण गरिएको छ । ३४ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसर पारी सिमकोट गाउँपालिका वडा नम्बर ५ का जेष्ठ नागरिक तथा अपाङ्ग भएका व्यक्तिलाई...
भर्खरै