नेभिगेशन
समाज
चंखेली गाउँपालिकामा सरकारी बाइक निजी प्रयोजनमा प्रयोग

चंखेली गाउँपालिकामा सरकारी बाइक निजी प्रयोजनमा प्रयोग

सिमकेट ।     हुम्ला जिल्लाको दक्षिण–पूर्वी क्षेत्रस्थित चंखेली गाउँपालिकामा सरकारी बाइकहरूको चरम दुरुपयोग भइरहेको तथ्य बाहिर आएको छ । 


गाउँपालिकाका वडा नं. १ देखि ६ सम्मका वडा कार्यालयहरूले कर्मचारीहरूका लागि वितरण गरेका सरकारी मोटरसाइकलहरू व्यक्तिगत प्रयोजनका लागि प्रयोग भइरहेको स्थानीयले बताएका छन् ।  सार्वजनिक विदा, शनिबारलगायतका दिनमा समेत ती बाइकहरू जथाभावी रूपमा चलाइने, कार्यालयका कामभन्दा पनि कर्मचारीका आफन्त, छोरा, नातेदार र साथीहरूले आफ्ना निजी कामका लागि प्रयोग गर्ने गरेको स्थानीयवासीले आरोप लगाएका छन् ।


चंखेली गाउँपालिका स्थानीय दिनेश परियारका अनुसार, आफूले सरकारी सवारी साधनको दुरुपयोगबारे आवाज उठाउँदा उल्टै कुटपिट र धम्की समेत पाएको बताइएको छ । उनका अनुसार गाउँपालिका र वडा अध्यक्षका छोरा, भतिजा तथा निकट व्यक्तिहरूले गाउँपालिकाको बाइक भन्दै आफ्ना व्यक्तिगत काम, बजारका सामान किन्न र घुम्नसम्म प्रयोग गर्ने गरेका छन्।


स्थानीयहरूले भने सरकारी स्रोत र साधन जनताको सेवाका लागि प्रयोग हुनुपर्ने हो, तर अहिले त यसको उल्टो भइरहेको छ । उनीहरूले गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरूले यो विषयमा हालसम्म कुनै चासो नदेखाएको, न निगरानी व्यवस्था मिलाएको र नैतिक जिम्मेवारी पनि नलिएको आरोप लगाएका छन्। 

स्थानीयवासीहरूले सम्बन्धित निकाय र सरोकारवाला अधिकारीहरूलाई तत्कालै ध्यान दिन, सरकारी सम्पत्तिको दुरुपयोगमा संलग्नहरूलाई कानूनी कारबाही र चेतावनी दिन माग गरेका छन् ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।