नेभिगेशन
समाज
कर्णाली नदीमा बगेकी बालिकाको शकुसल उद्धार

कर्णाली नदीमा बगेकी बालिकाको शकुसल उद्धार

सिमकोट ।     हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी ७ बर्षिया बालिकाको कर्णाली नदीबाट सकुशल उद्धार गरिएको छ । 

सोमबार अपरान्ह अदानचुली गाउँपालिका–२ स्थित गल्फागाड खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली २ का लाले भण्डारीकी छोरी अन्दाजी ७ बर्षिया अस्मिता भण्डारीको कर्णाली नदीमा उद्धारा गरिएको हो ।

अदानचुली गाउँपालिका–२ गल्फागाड बेलीब्रिज नजिकै नहुउने क्रममा एक्कासी खोलामा बगेकी भण्डारीको कर्णाली नदि र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हवल्दार योगेन्द्र ऐडी र स्थानिय नागरीको सहयोगमा उद्धार गरिएको प्रहरी चौकी गल्फागाडका हवल्दार ऐडीले बताउनु भयो । बेलीब्रिजबाट गल्फागाड खोला हुदै कर्णाली मिसन अन्दाजी ४ सय मिटरको दुरीमा बालिकालाइ शकुसल उद्धार गरिएको छ ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाइ स्थानियले धन्यवाद दिएका छन । चेकपोष्टको नियमित डियुटीमा रहेका हवल्दारले कुनैपनि सुरक्षा सम्यन्त्र न अपनाइ आफ्नो ज्यानको प्रवाह नगरी शकुसल उद्धार गर्न सफल भएको भन्दै स्थानियले धन्यवाद दिनुका साथै प्रहरी प्रति नागरीकको बिश्वास बढेको निजका बुवा लाले भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई  न्यानो कपडा सहयोग गर्ने

कर्मफ्लाइट्स फाउण्डेशनले सिमकोटका पन्ध्र सय बालबालिकालाई न्यानो कपडा सहयोग गर्ने

वालवालिकाका क्षेत्रमा काम गर्दै आएको कर्मफ्लाइट्स फाउण्डेशन नेपालले सिमकोट गाउँपालिकाका १७ विद्यालयका १ हजार पाँच सय विद्यार्थीका लागि ज्याकेट, जुत्ता र मोजा उपलब्ध गराउने सम्झौता अनुसार उक्त सामाग्र...
 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

 ‘कर्णालीको पत्रकारिता’ सार्वजनिक 

प्रेस काउन्सिल नेपालको सभाकक्षमा आयोजित एक कार्यक्रमका बीच ‘कर्णालीको पत्रकारिता’ पुस्तक सार्वजनिक गरिएको छ। कर्णाली क्षेत्रका अग्रज पत्रकार, लेखक तथा अनुसन्धानकर्ताहरूको उपस्थितिमा उक्त पुस्तक सार्वजनिक गरिएको हो।
 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

 मुचु नाम्खाको उत्कृष्ट स्वास्थ्य संस्था 

गाउँपालिकाको स्वास्थ्य शाखाले गरेको वार्षिक समिक्षा कार्यक्रममा गएको आर्थिक वर्ष मुचुले उत्कृष्ट कार्य सम्पादन गरेको भन्दै पुरस्कृत गरेको स्वास्थ्य शाखा संयोजक ग्याछो लामाले जानकारी दिए । 
त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

त्रिशूलीमै अस्ताए ताँजकोटका  नवकुल

गोरखा जिल्लाको गण्डकी गाउँपालिका–८ भर्खेघाटस्थित त्रिशूली नदी किनारमा भेटिएको शव शर्माकै भएको पुष्टी गरेर आफन्तले बुझेको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र शर्माले पुष्टी गर्नुभयो ।