नेभिगेशन
समाज
कर्णाली नदीमा बगेकी बालिकाको शकुसल उद्धार

कर्णाली नदीमा बगेकी बालिकाको शकुसल उद्धार

सिमकोट ।     हुम्लाको अदानचुली गाउँपालिका–२ गल्फागाड खोलामा नुहाउने क्रममा बगेकी ७ बर्षिया बालिकाको कर्णाली नदीबाट सकुशल उद्धार गरिएको छ । 

सोमबार अपरान्ह अदानचुली गाउँपालिका–२ स्थित गल्फागाड खोलामा नुहाउने क्रममा एक्कासी बगेकी अदानचुली २ का लाले भण्डारीकी छोरी अन्दाजी ७ बर्षिया अस्मिता भण्डारीको कर्णाली नदीमा उद्धारा गरिएको हो ।

अदानचुली गाउँपालिका–२ गल्फागाड बेलीब्रिज नजिकै नहुउने क्रममा एक्कासी खोलामा बगेकी भण्डारीको कर्णाली नदि र खोलाको दोभानबाट श्रीनगर प्रहरी चौकी गल्फागाडका हवल्दार योगेन्द्र ऐडी र स्थानिय नागरीको सहयोगमा उद्धार गरिएको प्रहरी चौकी गल्फागाडका हवल्दार ऐडीले बताउनु भयो । बेलीब्रिजबाट गल्फागाड खोला हुदै कर्णाली मिसन अन्दाजी ४ सय मिटरको दुरीमा बालिकालाइ शकुसल उद्धार गरिएको छ ।

आफ्नो ज्यानको परबाह नगरी बालकलाई नदीबाट उद्धार गर्ने प्रहरी हवल्दार ऐडीलाइ स्थानियले धन्यवाद दिएका छन । चेकपोष्टको नियमित डियुटीमा रहेका हवल्दारले कुनैपनि सुरक्षा सम्यन्त्र न अपनाइ आफ्नो ज्यानको प्रवाह नगरी शकुसल उद्धार गर्न सफल भएको भन्दै स्थानियले धन्यवाद दिनुका साथै प्रहरी प्रति नागरीकको बिश्वास बढेको निजका बुवा लाले भण्डारीले बताउनु भयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज
रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

रिप अगलागीमा घाइते लैबालाई जिल्ला बाहिर रिफर 

अस्पतालमा ल्याउने बित्तिकै इमेरजन्सी उपचार गरिएको जानकारी दिनु भएका जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख डा. उमाकान्त तिवारीले श्रीमान् लैबाको शरिर ५४ प्रतिशत जलेको जानकारी दिए । 
सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

सर्केगाडको रिपमा आगालीः २ घाइते, ३ घरमा क्षती 

‘आगलागीबाट रिप गाउँका लैबा फडेरा, जयराम फडेरा, रमेश महतारा, मोहन महतारा, क्रान्ती फडेराको घर जलेको अवस्थामा छन्, घरको अधिकांश भाग जलेको छ । कति क्षती भएको भन्ने एकिन...
एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

एकिकृत सामुदायिक विकास परियोजनाद्धारा विपन्न परिवारलाई वस्तुगत सहायता हस्तान्तरण (भिडियोसहित)

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा किर्डाक नेपाल र स्नोल्याण्ड एकिकृत विकास केन्द्र हुम्लद्धारा सञ्चालित उक्त परियोजनाले सहयोग गरेका सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ४५ जना...
एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

एकिकृत सामुदायिक विकास परियोजनाको जिल्ला परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न 

जिल्लाका सिमकोट, खार्पुनाथ, सर्केगाड र चंखेली गरेर चार गाउँपालिकाका लागु भएको परियोजना अन्तरगत सामुदायिक विद्यालयमा अध्ययनरत एक हजार ६ सय ५४  जना विभिन्न वालवालिकाहरुलाई शैक्षिक सामाग्री, विद्यालयको पोसाक...
भर्खरै