नेभिगेशन
खार्पुनाथ

खार्पुनाथ गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन

खार्पुनाथ गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाको अनुगमन गरिएको छ । खार्पुनाथ गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकाभित्र रहेका पाँच वटै वडाका स्वास्थ्य संस्थाहरूको अनुगमन आईतबारबाट सुरु भएको हो । गाउँपालिका भित्र संचालनमा रहेका चारवटा स्वास्थ्यचौकी र नौ वटा स्वास्थ्य इकाइ मध्ये खार्पुनाथ गाउँपालिका १ लालीमा रहेका सबै स्वास्थ्य संस्थाको अनुगमन हिजो गरिएको र आज वडा नम्बर २ को थालीमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्र, ३ को राया स्वास्थ्य चौकी र कारङगको सामुदायिक स्वास्थ्य इकाइको अनुगमन गरिएको खार्पुनाथ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले जानकारी दिनु भएको । 

वडा १ मा रहेको लाली  स्वास्थ्य चौकीमा दरबन्दी अनुसार कर्मचारी नभएको स्वास्थ्य चौकीका प्रमुख धन बहादुर बोहराले बताउनु भएको छ र उत्तल स्वास्थ्य चौकीमा वेवी वार्मर नहुदा भर्खर जन्मेका शिशुलाई न्यानो गर्न समस्या भएको स्वास्थ्य चौकीम कार्यरत जुलफी शाहीले बताउनु भएको ।

गाउँपालिकाका उपाध्यक्ष ज्ञनबहादुर सिंहको नेतृत्वमा गएको टोलीले विगत एक वर्षमा स्वास्थ्य संस्थाले गरेका गतिविधि, सेवा प्रदानको अवस्था, सेवाग्राहीको अबस्था, चुनौती र समस्या सम्बन्धी विवरण संकलन गरिने काम भइरहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख शाहीका सबै स्वास्थ्य संस्थाको अधिकांस प्राप्त नतिजा सकारात्मक रहेको घेरबार र खानेपानीको समस्या भएके बताउनु भएको छ । 

अनुगमनका क्रममा समुदायबाट प्राप्त सुझाव, सल्लाह गुनासालाई समेत प्राथमिकताका साथ स्वास्थ्यकर्मीहरूसँग सोधपुछ गरिएको कार्यलयमा उपस्थित नभएका कर्मचारीको हाजिरीमा रातो चिन्हसमेत लगाइएको र अनुगमनमा देखिएका समस्या तथा चुनौतीहरु गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत सँग समन्वय गरी समाधानतर्फ लैजाने तयारी रहेको स्वास्थ्य शाखा प्रमुख शाहीले बताउनु भयो । आईतबारदेखि सुरु भएको अनुगमन भोली मंगलबारसम्म जारी रहने स्वास्थ्य शाखाले जनाएको छ । 

खार्पुनाथ गाउँपालिका भित्रका स्वास्थ्य संस्थाहरुको अनुगमन टोलीमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष ज्ञानबहादुरसिंह, प्रशासकीय अधिकृत दीपक शाही, स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाही, खार्पुनाथ आधारभूत अस्पतालका अहेव जैमल शाही तथा संचारकर्मीहरूको सहभागिता रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खार्पुनाथ
रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

रैथाने बाली उत्पादन प्रवद्र्धनका लागि खार्पुनाथ गाउँपालिकाद्वारा कृषि प्रशोधन मेसिन वितरण

खार्पुनाथ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ को वार्षिक कार्यक्रमअन्तर्गत रैथाने बालीको उत्पादन, संरक्षण तथा बजारीकरणलाई प्रवद्र्धन गर्ने उद्देश्यले कृषक समूह तथा सहकारी संस्थाहरूलाई कृषि प्रशोधन मेसिन वितरण गरेको छ...
खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब  र प्रिन्टर बितरण

खार्पुनाथ गाउपालिकाद्धारा बिधालयमा स्मार्टबोर्ड, ल्यापटब र प्रिन्टर बितरण

हुम्लाको खार्पुनाथ गाउँपालिकाले विद्यालय शिक्षालाई प्रविधिमैत्री बनाउने उद्देश्यका साथ विभिन्न विद्यालयहरूमा स्मार्ट शिक्षासम्बन्धी सामग्री वितरण गरेको छ। गाउँपालिकाले स्मार्ट स्कुलको अवधारणालाई प्रवद्र्धन गर्दै ५ वटा स्मार्टबोर्ड, १० वटा...
खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथले ल्यायो आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट

खार्पुनाथ गाउँपालिकाले आगामी आर्थिक वर्ष ०८३।०८४ का लागि ४९ करोड भन्दा बढीको वजेट ल्याएको छ । मंगलबार भएको १९ औं गाउँसभाबाट खार्पुनाथ गाउँपालिकाले उक्त बजेट पारित गरेको छ...
खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

खार्पुनाथ ५ मा रहेको जोगराज आधारभूत विद्यालयको दुई कोठे भवन निर्माण कार्य सम्पन्न ।।

हुम्लाको खार्पुनाथ गाउँपालिकाको वडा नम्बर–५ याङचुस्थित जोगराज आधारभूत विद्यालयको दुई कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । खार्पुनाथ गाउँपालिकाको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत निर्माण गरिएको...
भर्खरै